August 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको इन्डोनेसियन क्लबले लिगा वानमा फेरि अर्को बराबरी खेलेको छ । पर्सिजाले शनिबार पर्सेबाया सुरबायासँग १-१ को बराबरी खेलेको छ । खेलमा लिएको अग्रता जोगाउन नसक्दा पर्सिजाले अर्को बराबरीमा चित्त बुझाउनु परेको हो । १२ औं खेलमा टोलीको यो सातौ. बराबरी हो । ६९ औं मिनेटमा मार्को […]
August 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – शैयद हम्जा शाहले हंगेरीका बुढापेस्टमा आयोजना भएको सातौ फिना विश्व जुनियर च्याम्पियनसमा आनन्द लेप्चाले राखेको २० बर्षअघि राखेको पुरानो राष्ट्रिय किर्तिमानलाई भंग गरेका छन् । हम्जाले १०० मिटर बटरफ्लाईमा १ मिनट १.२२ सेकेन्ड समयका साथ नयाँ राष्ट्रिय किर्तिमान कायम गरेको नेपाल पौडी संघले जनाएको छ । यसअघि आनन्द लेप्चाले १९८९ मा […]
August 24, 2019
धरान (हाम्रो खेलकुद) – इटहरी स्ट्याग्सले होराइजन ‘ए’ लाई पराजित गर्दै नेपाल बास्केटबल लिग इस्ट थ्रि बाई थ्रि अन्तर्गत धरानको उपाधि जितेको छ । धरानको इन्डोर बास्केटबल कोर्टमा भएको एक दिने प्रतियोगिताको फाइनलमा इटहरीले होराइजन ‘ए लाई १३–१० को झिनो अन्तरले पराजित गर्दै उपाधि जितेको हो । इटहरी स्ट्याग्स र होराइजन ‘ए’ ले भदौ १० […]
August 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा अर्को महिना आयोजना हुने साफ यू १५ महिला च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक छनोटबाट ४२ खेलाडीलाई प्रशिक्षणमा डाकेको छ । ४२ मध्ये ७ खेलाडी वैकल्पिक हुन् । असोज २२ देखि २८ आयोजना हुने च्याम्पियनसिपमा नेपाल, भुटान, भारत र बंगलादेशको सहभागिता रहेको छ । केहि साताको प्रशिक्षण […]
August 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)– कीर्गिस्तानले पाँचौं एभिसी सेन्ट्रल सिनियर पुरुष सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा उज्वेकिस्तानलाई ३–० ले हराउँदै कीर्गिस्तान च्याम्पियन बनेको हो । कीर्गिस्तानले उज्वेकिस्तानलाई २६–२४,२७–२५ र २५-१९ले हराएको थियो । कीर्गिस्तानले दोस्रो पटक यो उपाधि जितेको हो । यसअघि तेस्रो संस्करणको पनि उपाधि कीर्गिस्तानले जितेको थियो […]
August 24, 2019
काठमाडौं (हाम्रो खेलकुद)– एसीसी यू १९ एसिया कप क्रिकेटको अन्तिम तयारीका लागि नेपाली युवा टोली शनिबार आयोजनास्थल श्रीलंका प्रस्थान गरेको छ । एसिया कप भदौ १९ गतेदेखि २८ गते सम्म आयाजना हुँदैछ । प्रतियोगिता सुरु हुनु १२ दिन अघि नै रोहितकुमार पौडेलको कप्तानीमा रहेको युवा टोली त्यसतर्फ गएको हो । एसिया कप अघि नेपाली टोलीले […]
August 24, 2019
प्रकाश तिमल्सिना काठमाडौं –राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिनाले अन्ततः नेपाल ओलम्पिक कमिटी (एनओसी) मा ‘इन्ट्री’ मारेका छन् । नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले निर्वाचनका बेला गरेको सहमति पालना गरेपछि तिम्सिनाको एनओसी यात्रा पक्का भएको थियो । राखेपका तत्कालिन सदस्य सचिव केशवकुमार विष्टले निर्वाचनका लागि समय दिन पटक पटक आलटाल गरेपछि […]
August 24, 2019
एजेन्सी – पोर्चुगलका युवा मिडफिल्डर रेनाटो सान्चेसले अन्तत: बायर्न म्युनिख छाडेका छन् । उनी १५ मिलियन युरोमा फ्रान्सेली क्लब लिल पुगेका छन् । सन् २०१६ को युरोमा पोर्चुगलका लागि प्रभावशाली प्रदर्शन गर्दै बायर्न पुगेका सान्चेसले जर्मनीमा भने राम्रो प्रदर्शन गर्न सकेनन् । पोर्चुगललाई युरो कपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेपछि बायर्नले मोटो रकम खर्चेर […]
August 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एभिसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधिका लागि आज सेन्ट्रल एसियाका दुई राष्ट्र किर्गिस्तान र उज्वेकिस्तनबीच खेल हुँदैछ । खेल दिउँसो २ बजेपछि ललितपुरको लगनखेलमा रहेको नेपाली सेनाको कभर्डहलमा हुनेछ । नेपाली भलिबलको इतिहासमा पहिलोपटक आयोजना भएको सेन्ट्रल जोन च्याम्पियनसिपको फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ […]
August 24, 2019
एजेन्सी – बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा लगातार दोस्रो जित निकालेको छ । डर्टमन्डले शुक्रबार राति भएको खेलमा डर्टमन्डले एफसी कोलोग्नीलाई ३–१ ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । डर्टमन्डले यसअघि पहिलो खेलमा अग्सवर्गमाथि ५–१ को फराकिलो जित निकालेको थियो । कोलोग्नीको घरेलु मैदानमा डर्टमन्डले एक गोलले पछि परेको अवस्था उल्ट्याएर जित निकालेको […]