default_image

lokpriya

August 26, 2019

मैत्रीपूर्ण खेलमा नेपाल पछाडि

कठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा पछि परेको छ । मलेसियाको सुपर लिग च्याम्पियन क्लब जोहोर दारुलसँगको मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपाल १–० ले पछि परेको हो । नेपाली टोली तेस्रो मिनेटमै पछि परेको थियो । निकोलस अबर्टोले फ्रिकिकमा गोल गर्दै जोहोरलाई अग्रता दिलाएका हुन् । विश्व कप छनोटको तयारीका सिलसिलामा […]

August 26, 2019

१६ वर्षीय फातीको बार्सिलोनाबाट डेब्यु

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार रियल बेटिसविरुद्ध ५-२ को जितमा बार्सिलोनाका लागि १६ वर्षीय अन्सुमान फातीले डेब्यु गरेका छन् । एन्टोइन ग्रिज्मनले नयाँ क्लबका लागि गोलको खाता खोलेर महत्त्वपूर्ण जित दिलाएको खेलमा बार्सिलोनाले युवा फरवार्ड फातीलाई अवसर दिएको हो । खेलको ७८ औं मिनेटमा कार्लेस पेरेजको स्थानमा मैदान प्रवेश गर्दै फाती ला लिगाको […]

August 26, 2019

नेपाली टोली र मलेसियन क्लबबीचको खेल आज

कठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोली टोलीले आज मलेसियाको सुपर लिग च्याम्पियन क्लब जोहोर दारुलसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल नेपाली समय अनसुार साँझ ६ः३० बजे सुरु हुनेछ । मिडफिल्डर सुजल श्रेष्ठको कप्तानीमा नेपाली टोली मैदान उत्रनेछ । नियमित कप्तान विराज महर्जन तथा उपकप्तानद्वय भरत खवास र किरण चेम्जोङ […]

August 26, 2019

सर्वाधिक धनराशिको पुरुष भलिबल यसै महिना, विजेतालाई ५ लाख!

काठमाडौं (हाम्रो खेलकुद) – स्वर्गीय प्रकाश दाहालको स्मृतिमा राजधानीमा भदौ अन्तिम साता सर्वाधिक धन राशिको ‘प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । सामाजिक कार्यसँगै खेलकुदमा कार्य गर्नेगरी स्थापना भएको प्रगतिशिल युवा नेपालले घरेलु भलिबलमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता यही भदौ २४ गतेबाट […]

August 26, 2019

पीएसजीको प्रभावशाली जित

एजेन्सी – वैकल्पिक खेलाडी इरिक म्याक्सिम चुपो मोटिङ चम्कँदा साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा शानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार भएको खेलमा पीएसजीले टोलुसोमाथि ४–० को फराकिलो जित निकालेको हो । पीएसजीको फराकिलो जितमा इरिक म्याक्सिम चुपो मोटिङले दुई तथा मार्किनेसले एक गोल गरे । एक गोल उपहार […]

August 26, 2019

ग्रिजमनको दुई गोलमा बार्सिलोनाको फराकिलो जित

एजेन्सी – मुख्य फरवार्डद्धय कप्तान लियोनेल मेस्सी र लुइस सुआरेज नभएको अवस्थामा यसै सिजन क्लबमा अनुबन्ध भएका एन्टोइन ग्रिजमनले दुई गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा पहिलो जित निकालेको छ । बर्सिलोनाले घरेलु मैदानमा रियल बेटिसमाथि ५–२ को फराकिलो जित निकालेको हो ।बार्सिलोनाको फराकिलो जितमा एन्टोइन ग्रिजमनले दुई तथा कार्लेस पेरेज, जोर्डी अल्वा र आर्टुरो […]

August 25, 2019

टोटेनहम न्यु क्यासलसँग स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम न्यु क्यासल युनाइटेडसँग स्तब्ध बनेको छ । टोटेनहम घरेलु मैदानमै न्यु क्यासलसँग १–० ले स्तब्ध बनेको हो । खेलको २७औं मिनेटमा जोइलिन्टनले गरेको गोल नै न्यु क्यासलको जितमा पर्याप्त बन्दा टोटेनहम स्तब्ध बन्न पुग्यो । खेलभर नै न्यु क्यासललाई दवावमा राखेपनि टोटेनहमले न्यु क्यासलको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा […]

August 25, 2019

हरेराम स्मृति टेबल टेनिसमा आरिश र अनुष्का च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सिसिआरसिका आरिश महर्जन पुरुष र अनुष्का प्रसाईं महिलातर्फ १४ औं हरेराम स्मृति टेबलटेनिस प्रतियोगिताको खुलामा च्याम्पियन बनेका छन् । हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको फाइनलमा आरिशले एभरेष्टका हिमाल विष्टलाई ११–९, ११–६, ११–८, ८–११ र ११–६ ले हराए । ललितपुरका रुविन महर्जन तथा समिप श्रेष्ठ संयुक्त रुपमा तेश्रो भए । लैनचौरस्थित राष्ट्रिय […]

August 25, 2019

स्टोक्सको शतकसँगै इंग्ल्यान्ड १ विकेटले विजयी

एजेन्सी – बेन स्टोक्सको उत्कृष्ट शतकसँगै इंग्ल्यान्डले अष्ट्रेलियालाई १ विकेटले पराजित गर्दै एसेज सिरिज १-१ को बराबरीमा ल्याएको छ । लिड्समा जारी टेस्टको चौथो दिन ३ सय ५९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ९ विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्यो । स्टोक्सले नटआउट १ सय ३५ रनको उत्कृष्ट इनिङ खेल्दै इंग्ल्यान्डलाई जितसम्म डोर्याए । उनले २ सय […]

August 25, 2019

अगुएरोको दुई गोलमा सिटीको जित

एजेन्सी – अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोको दुई गोलमा साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगअन्तर्गत आईतबार बर्नमाउथलाई ३-१ ले पराजित गरेको छ । अगुएरोको गोलमा सिटीले १५ औं मिनेटमा अग्रता लिएको थियो । उनले केभिन डे ब्रूएनको पासमा गोल गरेका थिए । ४३ औं मिनेटमा रहिम स्टरलिङले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । घरेलु […]

Success

Thank you for your time.