default_image

lokpriya

August 3, 2019

आरा रारा गोल्डकपको बचत निक्कै घट्यो

पोखरा (हाम्रो खेलकुद) – फुटबल प्रतियोगिताको आम्दानीबाट एकेडेमी चलाउने पोखरा को सहारा क्लब देशकै एकमात्र क्लब हो । हरेक वर्ष आयोजना हुने आहा रारा गोल्ड कप फुटबल प्रतियोगितानै क्लबको एकेडेमी चलाउने मुख्य आयश्रोत हो । हरेक वर्ष क्लबले २० लाख भन्दा बढी रुपैयाँको बचत गर्दै र त्यहि रकमबाट एकेडेमी सञ्चालन गर्दै आएको छ । तर, […]

August 3, 2019

पहिलो ओडीआई जित अनि १ रनको रोमान्च

काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम बल अनि १ रनको जित । त्यो खुसी, त्यो क्षण नेपाली क्रिकेटकै एक महत्वपूर्ण सफलता । अर्थात नेपालले आजकै दिन गत वर्ष अन्तर्राष्ट्रिय एक दिवसिय मान्यता (ओडीआई) पहिलो जित निकालेको थियो । आजकै दिन नेदरल्यान्डलाई १ रनले हराउँदै पहिलो ओडीआई जित्दै नेपालले इतिहास मात्रै रचेन, विश्व क्रिकेटमा नेपाली क्रिकेटको सुन्दर […]

August 3, 2019

मेस्सीलाई तीन महिना प्रतिबन्ध!

एजेन्सी – कोपा अमेरिका २०१९ दौरान प्रतियोगिताबारे नकारात्मक टिप्पणी गरेका कारण अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीलाई तीन महिना प्रतिबन्ध लाग्ने भएको छ । उनलाई राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लागेको हो । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका ३२ वर्षीय मेस्सी कोपा अमेरिकाको तेसोर स्थानको खेलमा चिलीविरुद्ध रातो कार्ड खाँदै बाहिरिएका थिए । यसक्रममा उनले […]

August 3, 2019

अब खेलाडीको वर्गीकरण हुने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको खेलकुद इतिहासमा पहिलो पटक खेलाडीहरुको वर्गीकरण गरिने भएको छ । खेलाडी आउने दिनमा खेलाडी राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलाडीका रुपमा वर्गीकृत हुनेछन् । संसदिय समितिले संसोधन गरेको राष्ट्रिय खेलकुद विधेकलाई राष्ट्रिय सभाले बिहीबार पास गरेको छ । मुख्यतः खेलाडीहरुलाई दुई वर्गमा विभाजन गरिने भएको छ । अन्तर्राष्ट्रिय खेलाडी तिनलाई भनिनेछ जसले […]

August 3, 2019

म्याच फिक्सिङमा संलग्न भए ६ वर्ष जेल!

काठमाडौं (हाम्रो खेलकुद)– खेल मिलेमतो (म्याच फिक्सिङ) लाई नेपाली कानुनले पहिलो पटक सम्बोधन गरेको छ । राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो (म्याच फिक्सिङ) गरेको प्रमाणित भएमा ६ वर्ष सम्मको जेल सजाय हुने भएको छ । राष्ट्रिय सभाले बिहीबार पास गरेको राष्ट्रिय खेलकुद विकास विधेयकमा यस्तो प्रावधान राखिएको छ । विगतमा पूर्व कप्तान सागर थापासहित ५ […]

August 2, 2019

निरन्तर निरीक्षणमा सदस्य–सचिव सिलवाल

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो महिना राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्त भएयता रमेशकुमार सिलवालले खेलकुदका भौतिक पूर्वाधार निर्माणको निरक्षणलाई निरन्तरता दिदै आएका छन् । यसै सिलसिलामा उनले हेटौंडाको गौरीटारस्थित केन्द्रीय खेलकुद प्रतिष्ठानको शुक्रबार निरीक्षण गरेका छन् । प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेलको उपस्थितिमा सदस्य–सचिव सिलवालले प्रतिष्ठानको निरीक्षण गर्ने क्रममा त्यहाँ […]

August 2, 2019

महिला टोली र खड्कालाई अर्को एउटा मौका !

प्रकाश तिमल्सिना, काठमाडौं नेपाली फुटबलका सफल स्ट्राइकर मध्येका एक हरि खड्का । राष्ट्रिय फुटबल टोलीबाट उनको र नीराजन रायमाझीको नाममा रहेको समान १३ गोलको कीर्तिमान अहिले सम्म तोडिएको छैन । खेल जीवनबाट विश्राम लिएपछि खड्काले प्रशिक्षणतर्फ आफुलाई मोडे । नेपाल पुलिस क्लबलाई केहि समय प्रशिक्षण दिए । तर, दुर्भाग्य मोफसलमा उनले टोली सम्हाल्दा पुलिसले अधिकांश […]

August 2, 2019

टेष्ट राष्ट्रलाई पछि पार्दै स्कटल्यान्ड यू१९ विश्वकपमा

एजेन्सी – स्कटल्यान्डको यू१९ टोली आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकपको लागि छनोट भएको छ । आईसीसी यू१९ विश्वकप छनोट युरोप रिजनमा शीर्ष स्थानमा रहँदै विश्वकपको लागि छनोट भएको हो । स्कटल्यान्ड सबै ५ खेलमा जित निकाल्दै शीर्षस्थानमा रहेर विश्वकपमा पुगेको हो । स्कटल्यान्डले टेष्ट राष्ट्र आयरल्यान्डलाई पछि पारेको थियो । स्कटल्यान्डले टेष्ट आयरल्यान्ड, […]

August 2, 2019

टियू क्रिकेट मैदानको घाँस काट्न सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान टियू मैदानको घाँस काट्न सुरु भएको छ । घाँस काट्ने मेसिन बिग्रेपछि मर्मत नहुँदा मैदान घाँसबारीमा परिणत भई रहेको बेला राष्ट्रिय खेलकुद परिषद(राखेप) ले शुक्रबार दिउँसो नयाँ मेसिनपठाएपछि घाँस काट्न थालिएको हो । यस अघि टियू मैदान गाउँ घरमा हुने सामान्य चौर भन्दापनि खराब […]

August 2, 2019

अल्भेस ब्राजिलियन क्लबमा आबद्ध

एजेन्सी – बार्सिलोना तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का पूर्व सेन्टर ब्याक डानी अल्भेस ब्राजिलियन क्लब साउ पाउलोमा तीन वर्ष वर्ष आबद्ध भएका छन् । फ्रान्सेली महारथी पिएसजीबाट उनी यो गत सिजनको अन्त्यसँगै खाली भएका थिए । उनले स्वदेशी क्लबसँग सन् २०२२ को डिसेम्बर सम्मका लागि सम्झौता गरेका छन् । उनीमाथि प्रिमियर लिगका क्लबले पनि […]

Success

Thank you for your time.