default_image

lokpriya

July 25, 2019

गौरिका र एलेक्जेन्डरको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियामा जारी १८ औं फिना विश्व च्याम्पियनसिपमा नेपाली पौडीबाज गौरिका सिंह र एलेक्जेन्डर शाहले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । गौरिकाले १ सय मिटर फ्रिस्टाइलमा आफ्नै पुरानो कीर्तिमान तोड्न सफल भएकी हुन् । उनले बिहीबार १ मिनेट ६२ मिलिसेकेन्डमा निर्धारित दुरी पुरा गर्दै १ मिनेट ७९ मिलिसेकेन्डको पुरानो कीर्तिमान […]

July 25, 2019

कप्तान पारससहित नेपाललाई २ दिन विश्राम

सुबास हुमागाईं, सिंगापुर आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले बुधबार र बिहीबार विश्राम पाएको छ । सोमबार कतारसँग पराजित नेपालले मंगलबार मलेसियालाई हराउँदै प्रतियोगितामा फर्केको संकेत दिएको छ । कतारविरुद्ध पहिलो खेलमा हार बेहोरेको नेपालका लागि कप्तान पारस खड्का घाइते हुनु अर्को खराब पक्ष रहयो । पारसले बुधबार मलेसियाविरुद्ध खेलमा सहभागिता जनाएनन् । उनको […]

July 25, 2019

मेस्सीलाई एक खेल मात्र प्रतिबन्ध!

एजेन्सी – कोपा अमेरिका २०१९ दौरान रेफ्रीको निर्णयमा अपात्ति जनाउँदै आक्रोशित रुपमा अव्यावहारिक अभिव्यक्ति दिएको भन्दै दक्षिण अमेरिकी फुटबलको सर्वोच्च संस्था कन्मेबलले अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीलाई १ खेल प्रतिबन्ध गर्ने निर्णय गरेको छ । कोपा अमेरिकाको तेस्रो स्थानको खेलमा चिलीका ग्यारी मेडेलसँग ठेलठाल मात्र भएको अवस्थामा रेफ्रीले रातो कार्ड दिएपछि मेस्सीले रेफ्रीको विरुद्ध बोलेका थिए […]

July 25, 2019

तीन उपाधिमा रोनाल्डोको दाबेदारी !

एजन्सी – क्रिस्टियानो रोनाल्डोले यसपटक फेरि तीन वटा व्यक्तिगत उपाधि जित्ने सम्भावना बलियो देखिएको छ । उनी बालोन डी ओर, फिफ दि बेस्ट र युइएफएको प्लेयर अफ दी एयरको अवार्ड जित्ने बलियो सम्भावना भए मध्येका एक हुन् । पछिल्लो सिजन उनले युभेन्ट्स र पोर्चुगलका लागि उच्च प्रदर्शन गरेका छन् । गत सिजन युभेन्ट्स पुगेका उनले […]

July 25, 2019

नेयमार भित्राउने बार्सिलोनाको प्रयास जारी

एजेन्सी – बार्सिलोनाले नेयमारलाई क्लबमा भित्राउने प्रयासलाई अझै छाडेको छैन । पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई फिलिप्पे काउटिन्हो दिनुका साथै केहि रकम तिरेर नेयमारलाई क्लब भित्राउने तयारीमा बार्सिलोना रहेको छ । नेयमारका ब्राजिलियन सहकर्मी काउटिन्हो पिएसजीलाई दिएर ६३ मिललियन पाउन्ड थप्ने योजनमा बार्सिलोना रहेको छ । नेयमार पिएसजी छाड्नेमा दृढ रहेपछि उनलाई भित्राउन बार्सिलोनाले प्रयास […]

July 24, 2019

युभेन्ट्सको जितमा रोनाल्डोको गोल

एजेन्सी – प्रि सिजनका लागि एसिया भ्रमणमा रहेको युभेन्ट्सले बुधबार जित हासिल गरेको छ । केहि दिन अघि प्रिमियर लिग टोली टोटेनह्यामसँग पराजित युभेन्ट्सले इन्टरनेसनल च्याम्पियन्स कपमा सिरि ए टोली इन्टर मिलानलाई हराएको छ । चीनको नानजिङ ओलम्पिक रंगशालामा युभेन्ट्सले इन्टरलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएको छ । निर्धारित समय १-१ को बराबरीमा टुंगिएपछि पेनाल्टीमा […]

July 24, 2019

राष्ट्रपति रनिङ शिल्ड सकिएको १५ दिनपछि पुरस्कार

अर्जुन कार्की बागलुङ- आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकिएको १५ दिनपछि विजेताले बागलुङमा बुधबार पुरस्कार वितरण गरिएको छ । असार २३ र २४ गते सञ्चालन भएको प्रतियोगितामा १० स्वर्ण, ७ रजत र १ कास्य पदकसहित सिगाना मावि च्याम्पियन बनेको थियो । सिगानाले उपाधिसहित १५ हजार रुपैयाँ प्राप्त गर्यो । १० स्वर्ण, ३ रजत र १० […]

July 24, 2019

‘म अरुलाई उत्तर दिन क्रिकेट खेलेको होइन’– ज्ञानेन्द्र

सिंगापुर (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले आफु आलोचकलाई उत्तर दिनको लागि क्रिकेट नखेलेको बताएका छन् । लामो समय देखी खराब प्रर्दशनको कारण चौतर्फी आलोचना खेपिरहेका ज्ञानेन्द्रले बुधबार मलेसियासँग कीर्तिमानी विष्फोटक अर्धशतक प्रहार गरेपछि हाम्रो खेलकुदसँग कुरा गर्दै यस्तो बताएका हुन् । ‘राम्रो जित हो । हामीलाई यहि आवश्यक पनि थियो’, उनले […]

July 24, 2019

नेपालको जितमा नायक ३ खेलाडी

सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी २० विश्वकप एसिया छनोट प्रतियोगितामा पहिलो जित हात पारेको छ । बुधबार आफ्नो दोस्रो खेलमा मलेसियामाथि ७ विकेटको सानदार जित निकाल्दै अघिल्लो चरणको सम्भावना कायमै राखेको हो । अघिल्लो दिन नेपाल कतारसँग ४ विकेटले स्तब्ध भएको थियो । टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ९ ओभरमा ७ […]

July 24, 2019

खेलकुद मन्त्रायलबाट खेलाडी र पत्रकार सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले खेलकुद विकासमा योगदान पु¥याएको भन्दै खेलाडी, प्रशिक्षक, अफिसियल र पत्रकारलाई बुधबार एकै थलोमा सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्रालय सिहंदरबारमा बुधबार आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत सुनार विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ […]

Success

Thank you for your time.