April 23, 2019
एजेन्सी – लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीसँग बराबरीमा रोकिएको छ । प्रिमियर लिग अन्तरगत सोमबार राति भएको खेलमा घरेलु टोली चेल्सी बर्नलीसँग २–२ गोलको बराबरीमा रोकिएको हो । बराबरीसँगै चेल्सीले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । चेल्सीको ३५ खेलबाट ६७ अंक पुगेको छ । एक खेल कम खेलेको टोटेनहमको पनि समान […]
April 23, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४० औं खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्स अंक तालीकामा शीर्षस्थानमा उक्लिएको छ । १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले ४ बल अगाडीनै ४ विकेटको क्षतिमा पुरा गर्यो । दिल्लीको जितमा विकेटकीपर ऋषभ पन्तले ३६ बलमा ४ छक्का र ६ चौका प्रहार गर्दै […]
April 22, 2019
एजेन्सी – ओपनर अजिंक्या रहाणेले आफ्नो आईपीएल करियरकै उत्कृष्ट शतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ४० औं खेलमा राजिस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १ सय ९२ रनको विशाल लक्ष्य दिएको छ । घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङ थालेको राजिस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रन बनायो । राजस्थानका […]
April 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४० औं खेलमा दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानलाई राजस्थान रोयल्सविरुद्ध बेन्चमा राखेको छ । राजस्थानको घरेलु मैदान जयपुरमा दिल्लीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । राजस्थानले जवाफी ब्याटिङ केहि समयमा गर्ने छ । दिल्लीका कप्तान श्रेयस ऐरले बुझाएको प्लेईङ ११ को […]
April 22, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – ओलम्पियन गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीतर्फ दोस्रो दिनको खेलमा पनि आफ्नो उच्च लयलाई निरन्तरता दिएकी छिन् । पहिलो दिन दुई स्वर्ण र एक राष्ट्रिय कीर्तिमान कायम गरेकी गौरिकाले दोस्रो दिन सोमबार पनि दुई स्वर्ण जित्ने क्रममा एक कीर्तिमान कायम गरिन् । महिला १ सय मिटर फ्रीस्टाइलमा त्रिभुवन आर्मी क्लबकी गौरिकाले […]
April 22, 2019
नेपालगन्ज (हाम्रो खेलकुद)- आठौं राष्ट्रिय खेलकुद अन्तर्गत जिम्न्याष्टिक प्रतियोगितामा एपिएफका राजु राईले ५ वटा स्वर्ण पदक जितेका छन् । राजुले थप एक रजत पदक पनि जिते । पूर्वाञ्चलमा दुई वर्षअघि भएको सातौं राष्ट्रिय खेलकुदमा भने राजुले ७ स्वर्ण जितेका थिए । नेपालगन्ज कारकाँडोस्थित जुडो हलमा भएको प्रतियोगितामा राजुले पुरुष फ्लोरमा ७.७५ अंक जोड्दै स्वर्ण जिते […]
April 22, 2019
प्रकाश तिमल्सिना, नेपालगन्ज तत्कालिन पूर्वाञ्चल (हालको प्रदेश १) मा दुई वर्ष अघि सातौं राष्ट्रिय खेलकुद आयोजना हुँदा भौतिक पूर्वाधार निर्माण पूर्ण रुपमा सम्पन्न नभई सकेकोले निकै आलोचना भएको थियो । अधुरा संरचना र कतिपय खेल त्रिपालमुनी सम्पन्न गरियो भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चर्को ओलोचनाको शिकार हुनु परेको थियो । त्यसबाट थोरै पाठ सिकेको […]
April 22, 2019
नेपालगन्ज (हाम्रो खेलकुद)– उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यततामा प्रदेश ५ मा जारी आठौं राष्ट्रिय खेलकुदको समापन हुने भएको छ । आठौंको समापन वैशाख ११ गते नेपालगन्ज रंगशालामा हुँदैछ । समापनमा उपराष्ट्रपति प्रमुख अतिथि रहने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले बताएका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली समापनको प्रमुख अतिथि रहने […]
April 22, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४० औं खेलमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच प्रतिस्प्रर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ देखी राजस्थानको घरेलु मैदान जयपुरमा सुरु हुनेछ । प्लेअफको संभावना कायमै राख्न राजस्थानले आजको खेल जित्नै पर्ने हुन्छ । दिल्ली आजको खेलमा विजयी भए प्ले अफ नजिक पुग्ने […]
April 22, 2019
एजेन्सी – फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा फरवार्ड केलियन एमबाप्पेले अर्काे सिजन पनि पीएसजीमै रहने बताएका छन् । लिग वानमा मोनाकोलाई ३–१ ले पराजित गर्दै पीएसजीलाई लिग च्याम्पियन बनाएसँगै एमबाप्पेले आफू अर्काे सिजन पनि पीएसजीमै रहने बताएका हुन् । मोनाकोविरुद्ध एमबाप्पेले ह्याट्रिक पुरा गरेका थिए । पीएसजीलाई च्याम्पियन बनाएसँगै अब कता भन्ने […]