default_image

lokpriya

November 5, 2025

नेपालले टस हार्यो, कुशल मल्ललाई मौका

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले आइसिसी क्रिकेट विश्व कप लिग टु अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा घरेलु टोली विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। युएईले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको छ। सिरिजमा नेपालले यसअघि ३ खेलमा हार बेहोरेको छ ‌। युएईले एक मात्र खेलमा नेपाललाई हराएको थियो। अमेरिकाले भने नेपाल र युएई दुबैलाई […]

November 5, 2025

पिएसजीमाथि बायर्नको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बायर्न म्युनिखले १० खेलाडीमा सीमित हुँदै पनि साविक विजेता पेरिस सेन्ट जर्मेन ( पिएसजी) लाई २-१ ले हराएको छ। बायर्नका लागि दुबै गोल लुइस डियाजले गोल गरे । डियाजले चौथो मिनेटमा गोल गर्दै बायर्नका लागि अग्रता दिलाए। त्यसपछि ३० औं मिनेटमा कमजोर डिफेन्सको फाइदा उठाउँदै उनले दोस्रो गोल थपे। तर […]

November 4, 2025

जेन-जी फ्रन्टद्वारा एन्फा नेतृत्वको राजीनामा माग

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जेन जी फ्रन्टले अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको राजीनामा मागेको छ। एन्फा र केही क्लबहरूबीच यो वर्ष राष्ट्रिय लिग गर्ने र अर्को वर्ष मात्र ‘ए’ डिभिजन लिग आयोजना गर्ने सहमति भएको खबरप्रति फ्रन्टले गम्भीर ध्यानाकर्षण भएको छ जनाएको छ । ‘यो नेपाली फुटबलको भविष्यमाथि गरिएको खुला हमला र […]

November 4, 2025

रश्मिको ह्याट्रिकसँगै एपिएफको सानदार जित

हिमाल खरेल/ दिपक बोहोरा , बिर्तामोड एपिएफ फुटबल झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७-० को फराकिलो अन्तरले पराजित गर्दै एपिएफ अन्तिम चारमा पुगेको हो। एपिएफका लागि रश्मि कुमारी घिसिङले ह्याट्रिक गरिन्। खेलको सुरुवातीदेखि नै बल नियन्त्रणमा राख्दै आक्रमणमा केन्द्रित एपिएफले २९औं मिनेटमा […]

November 4, 2025

काठमान्डु गोर्खाजमा इंग्ल्यान्डका विकेट किपर

काठमाडौं ( हाम्रो खेलकुद)- इंग्ल्यान्ड टोलीबाट खेलिसकेका जोहन सिम्पसनले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण खेल्ने भएका छन्। काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले एनपिएल २ का लागि सिम्सनलाई अनुबन्ध गरेको हो । ३७ वर्षे सिम्पसनले इंग्ल्यान्डबाट ३ ओडिआई खेलिसकेका छन् । सन् २०२१ मा पाकिस्तानले गरेको बेलायत भ्रमणमा […]

November 4, 2025

इडब्लुभीका बाँकी खेल यसै महिना हुने 

काठमाडौं (हाम्रो खेलकुद)- जन जी आन्दोलनका स्थगित एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को बाँकी खेल यसै महिनाको अन्तिममा हुने भएको छ। पोखरामा इडब्लुभीको‌ दोस्रो संस्करण जारी रहँदा भदौं २३ र २४ को‌ आन्दोलनका कारण स्थगित भएको थियो। इडब्लुभीको बाँकी खेल काठमाडौं कात्तिक २६ देखि २९ (नोभेम्बर १२ देखि १५ ) गते सम्म पुनः सञ्चालन हुने […]

November 4, 2025

जनकपुर बोल्ट्सको नयाँ जर्सी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको लागि जर्सी सार्वजनिक गरेको छ। जर्सीमा प्रयोग भएको  बैजनी रङले जोश , गाढा निलो रङले तागत र सेतो रङले स्पष्टताको प्रतिनिधित्व गर्दै समग्र मधेशलाई एकताको भाव झल्किने गरि जर्सी निर्माण जनकपुर बोल्ट्सले जनाएको छ।‌ सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुरले पहिलो सिजनमा च्याम्पियन […]

November 4, 2025

एपिएफ सिक्किमको सिंग्लिङसँग भिड्दै

हिमाल खरेल/दिपक बोहोरा, झापा झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा आजको दोस्रो क्वार्टरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लब र भारतको सिक्किमस्थित सिंग्लिङ स्पोर्टिङ क्लब आमनेसामने हुँदैछन् । अघिल्ला सिजनसम्मका सबै महिला गोल्डकप उपाधि जित्न सफल एपिएफ यसपटक पनि उपाधिको मुख्य दाबेदारको रूपमा मैदानमा उत्रने तयारीमा छ । नियमित गोलरक्षक एन्जिला […]

November 4, 2025

सन्डरल्यान्ड र एभर्टनको बराबरी

एजेन्सी – सन्डरल्यान्डले घरेलु मैदानमा अपराजित यात्रा कायम राखेको छ। इंग्लिस प्रिमियर लिगमा सोमवार एभर्टन र सन्डरल्यान्डले १-१ को बराबरी खेलेका छन्। स्टेडियम अफ लाइटमा कप्तान ग्रानिट झाकाको गोलमा सन्डरल्यान्डले बराबरी गरेको हो । खेलमा एभर्टनले अग्रता लिएको थियो। १५औं मिनेटमा इलिमान एनडियाएले गोल गर्दै एभर्टनलाई अग्रता दिलाए। उनले लगातार तेस्रो खेलमा गोल गरेका छन् […]

November 4, 2025

नेपाल र कीर्गिस्तान खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकामा काभा महिला यु १९ च्याम्पियनसिपमा आज सुरु हुँदैछ। नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानको सामना गर्नेछ। खेल नेपाली समयअनुसार साँझ ५:१५ बजे सुरु हुनेछ। त्यसअघि आयोजक श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ। च्याम्पियनसिपमा ४ टोलीको मात्र सहभागिता छ। राउन्ड रोबिन लिगपछि अंक तालिकाको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ। […]

Success

Thank you for your time.