default_image

lokpriya

October 27, 2025

भारतविरुद्ध अन्जना, दिपा र मनमाया पहिलो रोजाइमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतसँगको खेलका लागि इरानसँगको खेलेको पहिलो रोजाइमा ३ खेलाडी परिवर्तन गरेको छ। महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नविन न्यौपानेले गोलकिपरमा अन्जना राना मगर , मिडफिल्डर दिपा शाही र डिफेन्डर मनमाया दमाईलाई पहिलो रोजाइमा मौका दिएका छन्। इरान विरुद्धको पहिलो रोजाइमा खेलेका गोलकिपर एन्जिला तुम्बापो सुब्बा तथा डिफेन्डर निशा थोकर र हिरा […]

October 27, 2025

नेपाल र भारत भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा आज भारतको सामना गर्दैछ। सिलोङको जवाहरलाल नेहरु रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ।यो खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ। किनकी प्रतियोगीतामा इरान च्याम्पियन बनिसकेको छ। इरानले नेपाल ३-० र भारतलाई २-० हराउँदै च्याम्पियन बनेको हो। त्यसैले दुई चिरप्रतिद्वन्द्वी भारत र नेपाल आज प्रतिष्ठाको […]

October 27, 2025

भूपेन्द्रलाई विश्व मार्सल आर्ट्समा स्वर्णसहित ३ पदक

काठमाडौं (हाम्रो खेलकुद)- भूपेन्द्र गुरुङले विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा ३ पदक जितेका छन् । अमेरिकाको बोस्टनमा आइतवार प्रतियोगितामा भूपेन्द्रले ३ फरक स्पर्धामा २ स्वर्ण र १ रजत पदक जितेका हुन् । वर्ल्ड फाइटिङ मार्सल आर्ट्स फेडरेसनको आयोजनामा भएको प्रतियोगितामा भूपेन्द्रले ताइची छ्वान ओपन ह्यान्ड र छाङ छ्वानमा स्वर्ण पदक जिते । उनले ताइची छ्वान […]

October 27, 2025

रिकार्डोले काठमान्डु गोर्खाजबाट एनपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो सिजनका लागि पहिलो विदेशी खेलाडीको रुपमा विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोसलाई अनुबन्ध गरेको छ । दक्षिण अफ्रिकामा जन्मिएका रिकार्डो हाल इंग्ल्यान्डको घरेलु क्रिकेटमा खेल्दै आएका छन् । रिकार्डोलाई काठमान्डु गोर्खाजले पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जन्मिएका रिकार्डोले दक्षिण अफ्रिकाको यु […]

October 27, 2025

झापा महिला गोल्डकपको खेल तालिका सार्वजनिक

बिर्तामोड (हाम्रो खेलकुद)- एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । कात्तिक १५ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक झापा महिला गोल्डकपले आज सोमवार खेल तालिका सार्वजनिक गरेको हो । आयोजक झापा महिला गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार उद्घाटन खेल नेपाल पुलिस क्लबको महिला टिम र […]

October 27, 2025

जुडोकी समिता एसियाली युथ गेम्स खेल्न जाँदै

काठमाडौं (हाम्रो खेलकुद)- बहराइनमा जारी तेश्रो एसियाली युथ गेम्समा सहभागी हुन नेपाली जुडो टोली आज त्यसतर्फ जाने भएको छ । एसियाली युथ गेम्स सुरु भइसकेपनि जुडोको प्रतिस्पर्धा बुधवार सुरु हुनेछ । जुडोमा नेपालबाट महिला ४४ केजीमुनि समिता नेपालीले चुनौती प्रस्तुत गर्ने छिन् । समितासहित उनको स्पर्धामा १३ प्रतिस्पर्धी छन् । समिता बन्दी सहायता नियोग (पाम) […]

October 27, 2025

दक्षिण एसियाली एथलेटिक्स च्याम्पियनसिप – नेपाललाई २ रजत र ४ कास्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतको राँचीमा भएको चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा २ रजत र ४ कास्य पदक जितेको छ। आइतवार सम्पन्न च्याम्पियनसिपमा सन्तोषी श्रेष्ठ र सोमबहादुर कुमालले दोहोरो पदक जितेका छन्। सोमले ८ सय मिटर दौडमा रजत र ४ गुणा ४ सय मिक्स रिले दौडमा कास्य पदक जितेका छन् । सोमले पुरुष ८ […]

October 26, 2025

‘एल क्लासिको’ मा रियल म्याड्रिडको जित

एजेन्सी – एल‌ क्लासिकोमा यस पटक रियल म्याड्रिडले सफलता प्राप्त गरेको छ । प्रतिस्पर्धा खेलमा रियलले बार्सिलोनामाथि २-१ को रोमाञ्चक जित निकाल्यो । सान्टियागो बेर्नाबेउमा भएको यो खेलमा केलियन एमबाप्पे र जुड बेलिङ्घमका गोलले रियल विजयी भयो । २२ औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरे। फर्मिन लोपेजले ३९ औं मिनेटमा बराबरी गोल गरे। मार्कस रासफोर्डको […]

October 26, 2025

सिटी स्तब्ध, आर्सनल थप मजबुत

एजेन्सी – एस्टन भिल्लाले प्रिमियर लिगमा उच्च प्रदर्शन जारी राख्दै आज म्यानचेस्टर सिटीलाई १-० ले हराएको छ। भिल्ला पार्कमा भएको खेलमा डिफेन्डर म्याटी क्यासले १९ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। यो जितसँगै एस्टन भिल्लाले लगातार चौथो जित हासिल गरेको छ। प्रशिक्षक युनाई एमरीको टोलीले खेलभर मजबुत डिफेन्स गर्दै सिटीका स्टार खेलाडीलाई रोक्न सफल भयो। […]

October 26, 2025

नेपालको लज्जास्पद हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले आइसिसी विश्वकप लिग टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा आज अमेरिकासँग १ सय ६ रनको लज्जास्पद हार बेहोरेको छ। जितसँगै अमेरिका लिग टु अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। टि-ट्वान्टी विश्व कप छनोटमा सानदार प्रदर्शन गरेको नेपालले आज अत्यन्त कमजोर प्रदर्शन गर्यो। नेपाल ब्याटिङ र बलिङ दुवैमा फितलो रह्यो। अमेरिकाको जितमा हर्मित सिंहको […]

Success

Thank you for your time.