September 28, 2025
शारजहा (हाम्रो खेलकुद) – नेपालले शारजहा क्रिकेट मैदानमा ऐतिहासिक जित हात पारेको छ। नेपालले युनिटी टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा २ पटकको विश्व विजेता वेस्ट इन्डिजलाई १९ रनले हराएको छ। यो खेलमा नेपालका कप्तान रोहित पौडेल प्लेयर अफ दि म्याच बन्न सफल भएका छन्। उनले ३५ बल खेल्दै ३ चौका र १ छक्का सहित […]
September 27, 2025
एजेन्सी – इङ्लिस प्रिमियर लिग (इपिएल) मा चेल्सी र म्यान्चेस्टर युनाइटेड पराजित भएको छन्। चेल्सीलाई ब्राइटनले ३-१ गोल अन्तरले हरायो। खेलको २४ औं मिनेटमा फर्नान्डेजको गोलमा चेल्सीले पहिले अग्रता बनायो। १-० ले पछि परेको ब्राइटन सानदार पुनरागमन गर्न सफल रहयो। ७७ औं मिनेटमा ब्राइटनका वेलबेकले बराबरी गोल फर्काए। निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा […]
September 27, 2025
एजेन्सी – इङ्लिस प्रिमियर लिग (इपिएल) मा म्यानचेस्टर सिटीले बर्नलीलाई ५-१ को फराकिलो अन्तरमा हराएको छ। सिटीको जितमा एर्लिङ हालन्डले २ होल गर्दा बर्नलीका म्याक्सिम इस्टिभले २ गोल उपहार दिए। खेलको १२औं मिनेटमा म्याक्सिम इस्टिभले आत्मघाती गोल गरे। सिटीले यही गोलमा सुरूवातमा अग्रता बनायो। तर ३८ औं मिनेटमा बर्नलीले बराबरी गोल फर्काउन सफल रहयो। जेडन […]
September 27, 2025
एजेन्सी – लिडर लिभरपुलले इङ्लिस प्रिमियर लिग (इपिएल) मा सिजनको पहिलो हार भोगेको छ। क्रिस्टल प्यालेसले आज लिभरपुललाई २-१ गोल अन्तरले हरायो। इस्माएला सारले नवौं मिनेटमा क्रिस्टल प्यालेसलाई सुरुवाती अग्रता दिलाए। यो गोलमा क्रिस्टल प्यालेसले पहिलो हाफमा १-० को अग्रता बनायो। खेलमा फर्कन आतुर लिभरपुलले खेल सकिन ३ मिनेटमा बाकी छँदा बराबरी गोल फर्कायो। फेड्रिको […]
September 27, 2025
दुबई (हाम्रो खेलकुद) – नेपालले पहिलो टी–२० आई खेलमा वेष्टइण्डिजलाई १ सय ४९ रनको लक्ष्य दिएको छ । शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४८ रन बनायो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ३८, कुशल मल्लले ३० र गुल्शन झाले २२ रन बनाए […]
September 27, 2025
शारजाह (हाम्रो खेलकुद)- नेपाल र वेस्ट इण्डिजबीचको ऐतिहासिक सिरिज युनिटी कपको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। शारजहा क्रिकेट स्टेडियममा टस जितेर पहिले वेस्ट इन्डिजले पहिले फिल्डिङ गर्ने निर्णय गर्यो। यो सँगै नेपाल पहिले ब्याटिङमा उत्रनेछ। यो खेलमा नेपालका स्टार बलर सन्दीप लामिछाने बेन्चमा छन्। ललित नारायण राजवंशीलाई प्रशिक्षक स्टुवार्ट लले प्लेइङ इलेभेनमा […]
September 27, 2025
सुशील पन्त क्षेत्री , चितवन चितवन जिल्ला खेलकुद विकास समितिले बृहत खेलकुद तथा व्यापार महोत्सव आयोजना गर्ने भएको छ । समितिले कात्तिक १८ गतेदेखि महोत्सव गर्न लागेको हो । समितिले आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत नारायण नदी किनारको प्रदर्शनी मैदानमा हुने महोत्सव मंसिर २ गतेसम्म चल्ने जानकारी दिएको छ । समितिका अध्यक्ष राजन कार्कीले महोत्सवमा […]
September 27, 2025
एजेन्सी – बायर्न म्युनिखले बुन्डेसलिगामा विजय यात्रालाई जारी राखेको छ। हेरी केनले २ गोल गरेको शुक्रवारको खेलमा बायर्नले वेर्डर ब्रेमेनमाथि ४-० को जित निकाल्यो । केन युरोपका शीर्ष ५ लिगमध्ये कुनै क्लबका लागि सबै भन्दा छिटो १ सय गोल पूरा गर्ने खेलाडी बने। इङ्ल्यान्ड कप्तान केनले पहिलो हाफको अन्त्यमा पेनाल्टीमा गोल गरे । ६५ औँ […]
September 27, 2025
शारजाह (हाम्रो खेलकुद)- ऐतिहासिक युनिटी कप भोलि देखि युएईको शारजाह क्रिकेट स्टेडियममा सुरू हुँदैछ। नेपालले कुनै पनि टेष्ट राष्ट्रसँग खेल्न लागेको पहिलो सिरिज भएको कारण यसको महत्व छुट्टै छ। सिरिज अगाडि नेपाल र वेस्ट इन्डिजले प्रि म्याच कन्फ्रेन्समा उत्कृष्ट क्रिकेट खेल्ने बताएका छन् । वेस्ट इन्डिजका कप्तान सकिल होसेनले युनिटी कपमा नेपालसँग खेल्न पाएकोमा खुशी […]
September 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले शुक्रवार नयाँ लोगो सार्वजनिक गरको छ । साविक विजेता जनकपुरले एनपिएलको दोस्रो संस्करणका लागि पुरानो लोगोमा परिवर्तन गर्दै नयाँ लोगो सार्वजनिक गरेको हो । मधेश प्रदेशको क्रिकेट प्रेम र संस्कारको प्रतिबिम्ब बन्ने यस लोगोले ठूलो, धमाकेदार र उद्देश्यपरक भावनालाई समेट्ने विश्वास लिएका जनकपुरले जनाएको छ। […]