default_image

lokpriya

September 20, 2025

टोटेनहम र ब्राइटनको बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा ब्राइटन एण्ड होभ आल्बियन र टोटेनहम हट्सपरबीचको खेल २-२ को बराबरीमा सकिएको छ । ब्राइटनले घरेलु मैदानमा लिएको २-० को अग्रता जोगाउन नसक्दा खेल बराबरीमा सकिएको हो । यान्कुबा मिन्टेले काउन्टर अट्याकमा पाएको अवसरलाई गोलरक्षक समेत छलाउँदै गोल गरेका थिए । उनले आठौं मिनेटमा नै अग्रता […]

September 20, 2025

श्रेष्ठको नेतृत्वमा चितवन तेक्वान्दोमा नयाँ कार्यसमिति

सुशील पन्त क्षेत्री,चितवन चितवन जिल्ला तेक्वान्दो संघको अध्यक्षमा शैलेश श्रेष्ठ निर्वाचित भएका छन् । आज सौराहा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनबाट संघको उपाध्यक्षमा धनबहादुर दराई तथा कोषाध्यक्षमा प्रदीप श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा सुरज पौडेल, बिक्रम श्रेष्ठ, रन्जन तामाङ, सोमराज दराई र सुस्मिता थापा चयन […]

September 20, 2025

मर्सीसाइड डर्बीमा लिभरपुल विजयी

एजेन्सी – साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शत प्रतिशत जितको यात्रा कायम राख्ने क्रममा छिमेकी प्रतिद्वन्द्वी एभर्टनलाई हराएको छ । लिभरपुलले घरेलु मैदान एन्फिल्डमा भएको मर्सीसाइड डर्बी २-१ ले जितेको हो । लिभरपुलको जितमा रायन ग्राभनबर्क र ह्युगो एकिटिकेले गोल गरे । खेलको दशौं मिनेटमा लिभरपुलले ग्रभनबर्कको गोलमा अग्रता लियो । उनले मोहमद सलाहको […]

September 20, 2025

महिला क्रिकेट टोलीमा ५ परिवर्तन, सीताको पुनरागमन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ ( क्यान) ले आज मलेसियाविरुद्धको टि ट्वान्टी सिरिजका लागि राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ। अनुभवी खेलाडी सीता राना मगरले टोलीमा पुनरागमन गरेकी छिन्।‌ यसअघिको टोलीमा ५ खेलाडी परिवर्तन गरिएको छ। सीता चोटका कारण लामो समय मैदान बाहिर थिइन्। यशोदा बिष्ट पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

September 20, 2025

नेपाली महिला‌ क्रिकेट टोली मलेसिया जाने

काठमाडौ (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला क्रिकेट टोली ५ टि ट्वान्टी आई सिरिजका लागि मलेसिया जाने भएको‌ छ। नेपाल र मलेसिया महिला राष्ट्रिय क्रिकेट टोलीबीच असोज १६ देखि २२ गते (अक्टोबर २ देखि ८) सम्म टि ट्वान्टी सिरिज हुनेछ। त्यसअघि असोज ८ देखि १४ गते (सेप्टेम्बर २४ देखि ३०) सम्म हुने मलेसियन सुपर उमन्स सिरिजमा […]

September 19, 2025

नेपाली क्रिकेट टोली युएई‌ भिसाको पर्खाइमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीको युएईको भिसाको पर्खाइमा छ। विश्व विजेता समेत रहिसकेको वेस्ट इन्डिज विरुद्ध ३ खेलको टि ट्वान्टी ऐतिहासिक सिरिज खेल्न नेपाली टोली आज युएई जाने तयारी थियो। आज बिहान ९ बजेको टिकट काटिएपनि भिसा नआएपछि यात्रा तत्कालको लागि रोकिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले भिसाको सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको […]

September 19, 2025

पहिलो महिला साफ क्लब च्याम्पियनसिप नेपालमा हुने

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक महिला क्लब फुटबलको साफ च्याम्पियनसिप २०२५ आयोजना गर्ने भएको छ। पहिलो पटक साफले गर्न लागेको यो प्रतियोगिता नेपालमा हुनेछ। प्रतियोगिता डिसेम्बर ५ देखि २० तारिखसम्म नेपालमा हुने साफले जनाएको छ। प्रतियोगितामा दक्षिण एसियाका ५ देशका शीर्ष क्लबहरूबीच प्रतिस्पर्धा हुने भनिएको छ। आयोजक नेपालको प्रतिनिधित्व […]

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 19, 2025

म्यानचेस्टर सिटीको जित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ। सिटीले नापोलीलाई २- ० ले पराजित गरेको छ। सिटीका लागि पहिलो गोल ५६औँ मिनेटमा एर्लिङ हालान्डले गरे। फिल फोडेनको क्रसलाई हालान्डले उत्कृष्ट हेडरमार्फत गोल गरे । योसँगै च्याम्पियन्स लिगमा हालान्डको‌ ५० गोल पूरा भएको छ। उनले ४९ खेलमा यो सफलता प्राप्त गरेका हुन्। दोस्रो गोल […]

September 19, 2025

रासफोर्डको गोलमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोनाले च्याम्पियन्स लिगको नयाँ सिजन विजयी सुरुवात गरेको छ। समूह चरणको पहिलो खेलमा बार्सिलोनाले न्युक्यासल युनाइटेडलाई २–१ ले हरायो। बार्सिलोनालाई जित दिलाउन दुवै गोल गोल मार्कस रासफोर्डले गरे। म्यानचेस्टरबाट लोनमा बार्सिलोना पुगेका रासफोर्डले प्रतियोगितात्मक खेलमा टोलीका लागि पहिलो पटक गोल गरेका हुन्। उनले ५८औँ मिनेटमा जूल्स कुँदेको क्रसलाई हेडरमार्फत गोल गरेका हुन् । […]

Success

Thank you for your time.