default_image

जुडो

January 3, 2017

सातौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता रविन सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलको एक सय केजी समूहमा स्वर्ण जितेका रविन श्रेष्ठलाई मध्यपुर कौशलटारस्थित आदर्श जनप्रेमी अंग्रेजी माध्यामिक विद्यालयले नगदसहित सम्मान गरेको छ । विद्यालय, परिवार, टोल, जिल्ला, समग्र खेल जगत तथा राष्ट्रको गरिमा बढाउन सफल भएको भन्दै मंगलबार विद्यालयले उनलाई ५ हजार रुपैयाँ र सम्मान पत्र प्रदान […]

December 25, 2016

फुपुले जितिन् स्वर्ण, दुई दिनमा १८ स्वर्ण पदक छिनोफानो

झापा (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता फुपु ल्हामु खत्रीले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत जुडो ६३ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन् । रियो ओलम्पिकमा समेत भाग लिएकी फुपुले लिगको अन्तिम खेल चार सेकेन्डमा आफ्नो पक्षमा पार्दै स्वर्ण पदक जितेकी थिइन् । फुपुले स्वर्ण जितेको तौलमा निशा चौधरीले […]

December 24, 2016

जुडोको ४८ केजी मुनि पुलिसकी सरितालाई स्वर्ण

झापा (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुदअन्तर्गत झापाको धुलाबारीमा सुरु भएको जुडोमा ९ स्वर्ण पदकको निर्णय भएको छ । पुरुषतर्फको ४५ केजीमुनि आर्मीका सुबोध मन्डलले स्वर्ण, पूर्वाञ्चलका अमितकुमार रामलाई रजत, मध्यमाञ्चलका निशान लिम्वू र सुदूरपश्चिमाञ्चलका कुमार शाहले कांस्य पदक जिते । ५५ केजीमुनि मध्यमाञ्चलका किरण गजेल पहिलो, आर्मीका कर्मा तामाङ दोस्रो, एपीएफका दीपेन्द्र तामाङ र […]

September 11, 2016

फुपुल्हामुलाई अर्को सफलता, एसियन जुनियर जुडो च्याम्पियनसिपमा कास्य पदक जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – जुडोकी सफल नेपाली खेलाडी फुपुल्हामु खत्रीले अर्को पदक जितेकी छन् ।   भारतको करेलामा जारी एसियन क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा फुपुले आइतबार कास्य पदक जितेकी हुन् । उनले जुनियर ६७ केजी मुनिको तौल समूहमा पदक जितेकी हुन् । एसियन जुनियरतर्फ यो उनको तेस्रो पदक हो ।  फुपुले इरानकी खेलाडीलाई सिनेवाजाका […]

August 9, 2016

बुबाको सपना पुरा गर्दै फुपूको ऐतिहासिक ओलम्पिक यात्रा सकियो

रियो ओलम्पिक २०१६ अन्तर्गत आज जुडोमा क्युबाकी एस्पिनोजासंग पराजित भएतापनि आफ्नो प्रदर्शनबाट सन्तुष्ट भएको फूपुले बताएकी छन्। ६३ केजी समुहमा प्रतिस्पर्धा गरेकी फूपुले पुरै चार मीनेट खेल्दै नेपालकै पहिलो महिला जुडोका भएकि हुन्। उनले आफु खेल सुरुहुनुअघि म्याटमा प्रवेश गर्दा आफ्नो बाबुको याद आएर भावुक भएको पनि बताइन । “म्याट प्रवेश गर्नुअघि बुबाको झल्झली याद […]

August 9, 2016

ओलम्पिकमा नेपाललाई अर्को झड्का; जुडोमा फूपुको पराजय

रियो ओलम्पिक २०१६ अन्तर्गत आज भएको जुडोको खेलमा नेपालकी फुपू ल्हामु खत्रीले क्युबाली खेलाडी मर्सिएट एस्पिनोजासंग पराजय व्यहोरेकी छिन। क्युबाली खेलाडीसंग हार व्यहोरेपनी उनले ‘रेपेचेज’द्वारा कास्य पदकको लागि भिडन्त गर्न पाउने आशा भने कायमै छ।

July 31, 2016

एमएमएसीले फुपुलाई विदाई गर्यो

काठमाडौं, साउन १६ – बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमसी) ले आफु केन्द्रमा अभ्यास गर्दै आएकी फुपुल्हामु खत्रीलाई रियो ओलम्पिकको लागि शुभकामना दिदै विदाई गरेको छ । एमएमएसीमा फुपुले आठ वर्षअघि १३ वर्षको उमेरमा जुडो क्यारियर सुरु गरेकी थिइन् । १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी २१ वर्षीया फुपु आइतबार ब्राजिल प्रस्थान गरेकी छन् […]

July 29, 2016

रियो जुडो टोलीको बिदाइ

ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ अन्तर्गत जुडोमा सहभागी हुने नेपाली टोलीलाई नेपाल जुडो संघले शुक्रबार बिदाइ गरेको छ । महिला ६३ केजीमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता फुपुल्हामु खत्रीले नेपालको चुनौती पेश गर्नेछिन् । बेइजिङ ओलम्पिक– २००८ मा प्रतिस्पर्धा गरेकी देबु थापा प्रशिक्षकको जिम्मेवारीमा छिन् । अफिसियलमा जुडो […]

March 9, 2016

हंगेरीमा फुपुले जितिन् स्वर्ण

काठमाडौं, फागुन २६ हंगेरीमा प्रशिक्षणमा रहेकी जुडो खेलाडी फुपु ल्हामु खत्रीले बुढापेष्टमा आयोजित हंगेरी खुला जुनियर जुडो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन् ।  रियो ओलम्पिकको तयारीको क्रममा हंगेरीमा रहेकी उनले ६३ केजी तौलको फाईनलमा हंगरीकी नागी हेनरियत्तालाई वाजारी ओसाईकोमाईको आधारमा पराजित गर्दै स्वर्ण प्राप्त गरेकी हुन् । नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले जनाए […]

February 23, 2016

जुडोका पदक विजेता खेलाडी सम्मानित

काठमाडौं, फागुन ११ १२औं सागमा पदक जित्न सफल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नेपाल जुडो संघले नगदसहित सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषदको ओलम्पियन सेमि कवर्ड हलमा मंगलबार एक कार्यक्रम गर्दै संघले नगदसहित सम्मान गरेको हो । सागमा नेपालले जुडोबाट एक स्वर्ण, दुई रजत र ६ कास्यपदक जितेको थियो । संघले सागमा स्वर्ण जित्नेलाई ५० […]

Success

Thank you for your time.