default_image

जुडो

July 16, 2017

मनितालाई कास्य पदक

काठमाडौँ (हाम्रो खेलकुद) – किर्गिस्तानको विश्केकमा जारी ११औं एसियन क्याडेट तथा १८औं जुनियर एसियन जुडो च्याम्पियनसिप अन्तर्गत ५७ केजी तौल समूहमा नेपालकी मनिता श्रेष्ठ प्रधानले कास्य पदक जितेकी छिन्। उनले सहभगिता जनाएको विधामा ९ देशका १० खेलाडीको सहभागिता रहेको थियो। मनिताले पहिलो बाउटमा मित्रराष्ट्र भारतकि सावित्रीलाई गोल्डेन स्कोरमा वाजारी लिएर जितेकी थिइन्। दोश्रो राउण्डमा उज्वेकिस्तानकि […]

July 9, 2017

जुडो टोली किर्गिस्तान प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीन खेलाडी किर्गिस्तानमा यसै साता आयोजना हुने ११ औं एसियाली क्याडेट तथा १८ औं एसियाली जुनियर जुडो च्याम्पियनसिपमा सहभागिता हुने भएका छन् । किर्गिस्तानको राजधानी बिस्केकमा हुने च्याम्पियनसिपमा तीनै नेपाली खेलाडीले जुनियरतर्फ प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा महिलामा मनिता श्रेष्ठ प्रधान र पुरुषतर्फ इन्द्रबहादुर श्रेष्ठ र किरण गदेलले नेपालको प्रतिनिधित्व गर्नेछन् […]

July 9, 2017

रंगशालामा राष्ट्रिय खेलाडीले मनाए गुरु पूर्णिमा [फोटोफिचर]

काठमाडौँ (हाम्रो खेलकुद) – गुरु पूर्णिमाको अवसरमा राष्ट्रिय टोलीमा प्रशिक्षण गरिरहेका विभिन्न खेलका खेलाडीले आज दशरथ रंगशालामा आफ्नो गुरुहरु प्रति श्रद्धा व्यक्त गरे। एथलेटिक्स, जुडो, बक्सिङ, उसु, तेक्वान्दो, कराते लगायतका खेलाडीले प्रशिक्षण स्थलमै छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका थिए। हेर्नुहोस् खेलाडीहरुले कसरी गुरु पूर्णिमा मनाए:

June 30, 2017

ओलम्पियन फुपूको पहिलो कमाई चकलेटमा खर्च : खेलाडीसँग १२-२७ कुरा

खेलाडीसँग १२-२७ कुरा काठमाडौं (हाम्रो खेलकुद)– झन्डै डेढ बर्षअघि जुडो खेलाडी फुपु ल्हामु खत्रीले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेकी थिइन् । जुडोमा नेपालले दुई दशक भन्दा लामो समयपछि त्यत्ति ठूलो सफलता हात पारेको थियो । त्यसमाथि पनि सागमा जुडोमा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली महिला खेलाडी हुन्। एसियाली जुनियर […]

June 28, 2017

जुडोले जिताएको जीवन

सुबास हुमागाईं काठमाडौँ चक्रपथको बालाजुबाट करिब ३ किलोमिटर भित्र गएपछि एकलटार भन्ने ठाउँमा बन्दी सहायता नियोग नामक एक संस्था रहेको छ। वि.सं. २०४८मा विष्णु कुमारी वाइबा (पारिजात)द्वारा स्थापित यस संस्थामा हाल ४ वर्ष देखि १८ वर्षसम्मका २५ जना बालबालिका रहेका छन्। अभिभावक जेलमा परेपछि अलपत्र परेका बालबालिकालाई आश्रय दिने यस संस्थाले स्थापनाकाल देखि अहिलेसम्मको यात्रामा विभिन्न […]

default_image

May 26, 2017

जुडोमा नेपालको ऐतिहासिक जित

हङकङ (हाम्रो खेलकुद) – नेपालकी मनिता श्रेष्ठ प्रधानले हङकङमा जारी एसियन जुडो च्याम्पियनसिप २०१७ अन्तर्गत आयोजक राष्ट्रकी  किट फोङ क्वोकलाई पराजित गर्दै प्रतियोगिताको इतिहासमै यस उपलब्धि हासिल गर्ने पहिलो महिला जुडो खेलाडी बनेकी छिन्। महिलाको ५७ केजी मुनिको इभेन्ट अन्तर्गत १७ वर्षीय मनिताले पहिलो चरणमा आयोजक राष्ट्रकि क्वोकलाई पुरै समय खेल्दै वाजारी अंक प्राप्त गरेकी […]

May 24, 2017

“कहिलेपनि दबावमा रहेर खेल्दिन” – ओलम्पियन फुपू ल्हामु खत्री

सुबास हुमागाईं हङकङमा जारी एसियन जुडो च्याम्पियनसिप २०१७ अन्तर्गत नेपालको खेल भोलीबाट सुरु हुँदैछ। प्रतियोगितामा सहभागिता जनाउन मंगलबार त्यसतर्फ प्रस्थान गरेको जुडो टोलीलाई सोमबार एक कार्यक्रमबीच बिदाई गरियो। एसियन च्याम्पियनसिपका लागि हङकङ जानु अगाडी चार खेलाडीहरुले हंगेरीमा एक महिना अन्तर्राष्ट्रिय जुडो संघको विशेष प्रशिक्षणमा सहभागिता जनाएका थिए। ओलम्पियन फुपुल्हामु खत्री सँगै मनिता श्रेष्ठ प्रधान, किरण […]

May 22, 2017

एसियन च्याम्पियनसिपको लागि जुडो टोली हङकङ जाने

काठमाडौं(हाम्रो खेलकुद) – एसियन जुडो च्याम्पियनसिपको लागि नेपाली जुडो टोली हङकङ जाने भएको छ । सात खेलाडी र तीन अफिसियललाई नेपाल जुडो संघले सोमबार एक कार्यक्रम गर्दै विदाई गरे । जुडो टोलीलाई नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेण्डी शेर्पा, संघका उपाध्यक्ष तथा भर्खरै कीर्तिपुर नगरपालिकाबाट मेयरमा निर्वाचित भएका रमेश महर्जन र सुर्य महर्जन लगायतले विदाई […]

February 19, 2017

नवयुग र गौरिकासहित २२ खेलाडीलाई एनएनआइपिएले सम्मान गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– फुटबलका नवयुग श्रेष्ठ, पौडीकी गौरिका सिंह, जुडोकी फुपुल्हामु खत्री, उसुकी निमा घर्तीमगरसहित विभिन्न २२ खेलका खेलाडी एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडीबाट सम्मानित हुने भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले फागुन १७ गते राजधानीमा एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ आयोजना गर्दै सम्मान गर्ने जनाएको छ । पछिल्लो एकदशक यता नेपाली खेलाडीको […]

January 3, 2017

सातौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता रविन सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलको एक सय केजी समूहमा स्वर्ण जितेका रविन श्रेष्ठलाई मध्यपुर कौशलटारस्थित आदर्श जनप्रेमी अंग्रेजी माध्यामिक विद्यालयले नगदसहित सम्मान गरेको छ । विद्यालय, परिवार, टोल, जिल्ला, समग्र खेल जगत तथा राष्ट्रको गरिमा बढाउन सफल भएको भन्दै मंगलबार विद्यालयले उनलाई ५ हजार रुपैयाँ र सम्मान पत्र प्रदान […]

Success

Thank you for your time.