February 1, 2024
ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबकी एलिसा रास्कोटीले तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिला एकल कातामा स्वर्ण पदक जितेकी छन्। सातदोबाटो स्थिति कराते हलमा बिहीबार सुरु भएको प्रतियोगितामा १९ एसियाली खेलकुदमा भाग लिएकी एलिसाले पुलिसका लागि दोस्रो स्वर्ण पदक जितेकी हुन् । पुलिसका स्वर्णिम मानन्धरले पुरुष एकलमा स्वर्ण पदक जितेका थिए। एलिसाले […]
February 1, 2024
ललितपुर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका स्वर्णिम मानन्धरले तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पुरुष एकल कातामा स्वर्ण पदक जितेका छन्। सातदोबाटो स्थिति कराते हलमा बिहीबार सुरु भएको प्रतियोगितामा पहिलो स्वर्ण पदक स्वर्णिमले जितेका हुन् । फाइनलमा उनले ३९.३ अंकसाथ पहिलो स्थान हासिल गरे। ३८.७ स्कोर गरेका त्रिभुवन आर्मी क्लबका विनय लिम्बुले रजत […]
February 1, 2024
काठमाडौं (हाम्रो खेलकुद)- चीनमा असोजमा सम्पन्न १९ औं एसियाली खेलकुद (एसियाड) का ३ पदक विजेतासहित ९ जना राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन्। युवा तथा खेलकुद मन्त्रालयले १९ एसियाडमा करातेमा एतिहासिक रजत पदक विजेता एरिका गुरुङ, पारा एसियाडकी कास्य पदक विजेता पलेशा गोवर्धन, कास्य पदक विजेता कबड्डी टोलीकी कप्तान मेनुका कुमारी राजवंशी र कबड्डी टोलीकी […]
January 31, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको तेस्रो संस्करणको तयारी पूरा भएको आयोजक जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेल जानकारी दिएको छ । गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोगमा प्रतियोगिता माघ १८ देखि २० गतेसम्म सातदोबाटोस्थित कराते हलमा हुनेछ । प्रतियोगितामा महिला तर्फ ४५, ५०,५५, ६१, […]
January 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कराते मुख्य सहायक प्रशिक्षक दीपक श्रेष्ठलाई राष्ट्रिय टिम तयारीको उप–निर्देशकको जिम्मेवारी दिएको छ । यसअघि श्रेष्ठ तालिम तथा प्रशिक्षण विभागमा थिए । करातेका सफल खेलाडी मध्येका एक श्रेष्ठ आठौं र नवौं दक्षिण एसियाली महासंघीय खेलकुद (अहिले दक्षिण एसियाली खेलकुद, साग) का स्वर्ण पदक विजेता हुन् । […]
January 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)– च्याम्पियन मार्सल आर्टस एकेडेमीका सायाङ लामाले जर्मनीमा हुने ड्रेस्डेन ओपनमा भाग लिने भएकी छिन् । शनिबार हुने च्याम्पियनसिपमा सायाङले कुमुते ३६ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । ४ सदस्यीय टोलीको नेतृत्व च्याम्पियन मार्सल आर्टसकी प्रमुख कार्यकारी सुशिला लामाले गर्नेछिन् । सायाङको प्र्रशिक्षकमा डिगम्बर प्रसाद पन्त र अफिसियलमा नेहाकुमारी भट्ट रहेकी छिन् […]
January 17, 2024
सिड्नी (हाम्रो खेलकुद) – कराते प्रशिक्षक मन्देकाजी श्रेष्ठ र तेक्वान्दोका वीरबहादुर महरा अष्ट्रेलियाको सिड्नीमा सम्मानित भएका छन् । दुवै जना १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णपदक विजेता खेलाडी हुन् । हाल राष्ट्रिय टोलीका प्रशिक्षक रहेका मन्देकाजीले सागमा दोहोरो तथा वीर बहादुरले स्वर्णपदक जितेका थिए । नेपाल अष्ट्रेलिया कराते टिमले नेपाली खेलकुदमा पु¥याएको योगदानको कदर […]
January 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले चौथो राष्ट्रिय खुला वादोरियो कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । सर्वाधिक १० स्वर्ण २ रजत र १ कास्य पदक जित्दै बागमती टिम बनेको हो । प्रतियोगितामा १२ इभेन्ट समावेश थिए । नेपाल वादोरियो कराते डो संघको आयोजनामा भएको प्रतियोगितामा १ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै […]
January 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कमला कार्की स्मृति प्रतिष्ठानले कराते खेलाडी अन्जली महर्जनलाई नगदसहित सम्मान गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर राष्ट्रको गौरव अभिबृद्धि गरेकोमा अन्जलीलाई सम्मान गरिएको हो । अन्जलीले नेपालमा भएको सातौं दक्षिण एसियाली कराते प्रतियोगिताको महिला ५० केजीमुनि स्वर्ण जितेकी छन् । त्यस्तै, अन्जलीले भारतको मुम्बइमा भएको मुम्बइ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पनि […]
January 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वादोरियो कराते डो संघको आयोजनामा अर्को साता चौथो राष्ट्रिय वादोरियो कराते प्रतियोगिता हुने भएको छ । विश्व कराते महासंघको चार मुख्य विधा मध्येको एक रहेको वादोरियो कराते प्रतियोगिताको चौथो संस्करण यहि पुस २७ र २८ गते हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पुरुष र महिलामा एकल र कातासहित […]