November 1, 2017
प्रकाश तिमल्सिना काठमाडौं – नेपालमा समूहगत खेलको दाँजोमा व्यक्तिगत खेलमा प्रायोजन गर्ने व्यापारिक संस्था कम छन् । फुटबल, क्रिकेट र पछिल्लो समय भलिबल अन्य खेलको तुलनामा नेपालमा बढी प्रायोजक पाउने खेल हुन् । यी तीन खेलमा दर्शक पनि अरु खेलको भन्दा बढी छन् । ‘मास गेम’ भएकोले त्यसमा प्रायोजन गर्दा एकै पटक धेरैमा प्रचार जाने […]
October 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– यसै महिना आयोजना हुने ५० औं राष्ट्रिय कराते प्रतियोगितालाई ललितपुर मंगलबजारको सम्झना लेब्रोटरी क्लिनिक प्रालिले मुख्य प्रायोजना गरेको छ । आज राजधानीमा आयोजित कार्यक्रममा नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ र सम्झना लेब्रोटरीका अध्यक्ष उर्दिप जोशीले मुख्य प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । अब प्रतियोगिताको नाम सम्झना ल्याब ५० औं राष्ट्रिय […]
September 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कराते महासंघको आयोजनामा राष्ट्रिय कराते प्रतियोगिता कात्तिक चौथो साता हुने भएको छ ।आयोजक नेपाल कराते महासंघले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै ५० औं संस्करणको राष्ट्रिय कराते प्रतियोगिता आउदो कात्तिक २३ गतेदेखि २५ गतेसम्म तीन दिन प्रतियोगिता हुने जानकारी गराएको हो । करातेको राष्ट्रिय टिम निर्माणको तयारीको रुपमा यस प्रतियोगितालाई हेरिएको प्रतियोगिता संयोजक […]
September 4, 2017
ललितपुर (हाम्रो खेलकुद)– राष्ट्रिय खेल भलिबलका दुई खेलाडी राष्ट्रिय प्रतिभा सम्मान २०७४ प्राप्त गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५४ औं वार्षिकोत्सवमा आज आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय भलिबल टोली महिलाकी प्रतिभा माली र पुरुष टोलीका कप्तान इमबहादुर रानामगरले उक्त सम्मान प्राप्त गरेका हुन् । उनीहरुले समान ५० हजार रुपैयाँ प्राप्त […]
September 4, 2017
काठमाडौं (हाम्रो खेलकुद)– ११ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामाको अध्यक्षतामा अमेरिकामा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको शाखा गठन भएको छ । संघका केन्द्रिय अध्यक्ष दीपक श्रेष्ठ र निर्वतमान अध्यक्ष दीपक विष्टको उपस्थितिमा अमेरिका शाखा गठन भएको हो । संघको शाखा उपाध्यक्षमा तेक्वान्दोकी पद्मा गुरुङ र फुटबलकी तुलासा सिंह, […]
August 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ क्यानाडामा सम्मानित भएका छन् । लालीगुरास स्पोर्टस एन्ड कल्चर क्लबले श्रेष्ठलाई सम्मान गरेको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका श्रेष्ठले काठमाडौंमा सन् १९९९ मा भएको आठौं साग र पाकिस्तानमा २००४ मा भएको नवौं साफमा स्वर्ण पदक […]
August 2, 2017
पोखरा (हाम्रो खेलकुद) – दोश्रो पोखरा स्पोर्टस अर्वाडको सबै तयारी पुरा भएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय शाखाले जानकारी दिएको छ । गत वर्ष बाट सुरु भएको पोखरा स्पोर्टस अवार्ड यसपटक शनिबार आयोजना हुँदैछ । पूर्व खेलाडी खड्ग रानाभाटलाई लाइफ टाइम एचिभ्मेन्ट अर्वाड वाट सम्मानित हुने भएका छन । सो अवसरमा अन्य चार […]
July 27, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीको तयारी रहेका विभिन्न खेलका खेलाडी र प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषद्ले बिहीबार ट्रयाक्स सुट वितरण गरेको छ । मिसन १३ औं दक्षिण एसियाली खेलकुद (साग) देखि ओलम्पिक परियोजनाअन्तर्गत राष्ट्रिय टोलीमा रहेका १४ खेलका २ सय ८६ खेलाडी र ६० प्रशिक्षक ट्रयाक्स सुट र क्याप वितरण गरिएको राखेपले जनाएको छ । फागुन […]
July 15, 2017
ललितपुर (हाम्रो खेलकुद) –जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलले करातेका बर्ष खेलाडी घोषणा गर्दै सम्मान गर्ने परम्पराको सुरुआत गरेको छ । पहिलो सम्मान कार्यक्रममा मुकुन्द्र महर्जन र ज्योति गिरी ललितपुर कराते वर्ष खेलाडी– २०७३ अवार्डबाट शनिबार सम्मानित भएका छन् । मुकुन्द्रले सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण जित्दै राष्ट्रिय खेलकुदमा स्वर्णको ह्याट्रिक गरेका थिए । ज्योतिले सातौं राष्ट्रिय […]
July 9, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – गुरु पूर्णिमाको अवसरमा राष्ट्रिय टोलीमा प्रशिक्षण गरिरहेका विभिन्न खेलका खेलाडीले आज दशरथ रंगशालामा आफ्नो गुरुहरु प्रति श्रद्धा व्यक्त गरे। एथलेटिक्स, जुडो, बक्सिङ, उसु, तेक्वान्दो, कराते लगायतका खेलाडीले प्रशिक्षण स्थलमै छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका थिए। हेर्नुहोस् खेलाडीहरुले कसरी गुरु पूर्णिमा मनाए: