May 13, 2016
आनन्द नगर डोजोकी मल्लिका तामाङ्ग र न्यू लिराकी पुनम पौडेलले तेश्रो महान सिद्धार्थ उपत्यकाव्यापी खुला कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका छन् । नेपाल सितेरियो डो संघ महान सिद्धार्थ शाखा डोजोको आयोजनामा भएको महिला २० केजी तौल समूहको प्रतस्पिर्धामा तामाङ्गले जोरपाटी डोजोकी रुसा वाईवालाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । आनन्द नगरकी निमा शेर्पा […]
May 12, 2016
नेपाल कराँते महासंघका महासचिव केदारबाबु सिवाकोटीलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको छ। विगत छ हप्तादेखि प्रहरीको खोजीको सूचीमा रहेका सिवाकोटीलाई काठमाडौँ प्रहरी परिसरले पक्राउ गरेको हो। प्रहरीले सिवाकोटीलाई थप अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेर हिरासतमा राखेको छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी अन्तर्गतको नेपाल कराँते महासंघका बहालवाला महासचिव सिवाकोटी महाराजगञ्जबाट पक्राउ […]
May 4, 2016
नेपाल सोतोकान कराते संघ (एनएसकेए) को आयोजनामा नवौं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बैशाख २९ गते, बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा व्यक्तिगत र टिमतर्फ कुमुते र काता गरी जम्मा ६३ स्वर्ण, ६३ रजत र १ सय २६ कांस्य गरी जम्मा २ सय ५२ पदकका लागि भिडन्त हुने आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले […]
May 4, 2016
तेह्रौं ओकिनावा गोजुरियो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बुधबार मलेसियाको इपो पेराक प्रस्थान गरेको छ । एसियाली क्षेत्रका १९ राष्ट्र सहभागी हुने बताइएको प्रतियोगिता मे ६ देखि ८ तारिखसम्म सञ्चालन हुने छ । विशांक राना मगरले ११ वर्षमुनिको ३० केजीमुनि तथा रोशन श्रेष्ठले १५ वर्षमुनिको ६० केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा […]
April 22, 2016
काठमाडौं । नेपाली कराँते खेलाडी सुनिल लामा अमेरिकाको डोजोबाट खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । गोसिन रियु मार्सल आर्ट एण्ड फिटनेश स्टुडियोबाट अमेरिकाको न्यूयोर्कमा हुन लागेको हिरोल्ड काई अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा खेल्ने पक्का भएपछि उनी अमेरिकी डोजोबाट खेल्ने पहिलो नेपाली खेलाडी बन्ने भएका हुन् । उक्त च्याम्पियनसिपमा लामासँगै जनकसिंह खड्काले पनि प्रतिस्पर्धा गर्दैछ । च्याम्पियनसिप […]
April 20, 2016
मित्र राष्ट्र फिलिपिन्सको शान्तारोसामा आयोजना हुने “तेश्रो अन्तराष्ट्रिय खुल्ला निशिमुरा कराते च्याम्पियनसिप २०१६” मा भाग लिन ५ सदस्यिय नेपाली वादोरियो कराते टोली बिहिबार त्यस तर्फ प्रस्थान गर्ने भएको छ । बुधबार एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले टोलीलाई बिदाई गरे । अप्रिल २२ देखि २४ तारिख सम्म हुने प्रतियोगितामा सहभागी हुन […]
April 20, 2016
मित्र राष्ट्र अमेरिकाको न्यू योर्कमा आयोजना हुने हिरोल्ड काई अन्तराष्ट्रिय च्याम्पियनसिपमा सहभागी हुन नेपाली कराते खेलाडी जनक सिंह खड्का बुधबार त्यस तर्फ प्रास्थान गर्ने भएका छन् । एक कार्यक्रमविच नेपाल कराते महासंघका अध्यक्ष एवं सितेरियो कराते संघका अध्यक्ष दावा गुरुङ्गले खड्का लाई राष्ट्रिय झन्डा प्रदान गर्दै विदाई गरे । खड्का बुधबारनै त्यस तर्फ प्रस्थान गर्नेछन् […]
April 12, 2016
काठमाडौं – नेपाली कराते खेलाडीद्धय पर्शुराम बास्तोला र मुकुन्द्र महर्जन मंगलबार अष्ट्रेलिया जाने भएका छन् । अष्ट्रेलिया कराते महासंघको आयोजनमा सिड्नीमा हुने अष्ट्रेलियन खुला कराते च्याम्पियनसिप २०१६ मा सहभागी हुन उनीहरु त्यसतर्फ जान लागेका हुन् । अप्रिल १५ देखि १७ सम्म हुने च्याम्पियनसिपमा पर्शुरामले व्यक्तिगत कातामा र मुकुन्द्रले ६७ केजी मुनिमा प्रतिस्पर्धा गर्नेछन् । टिम […]
March 18, 2016
काठमाडौं, चैत ५ बौद्ध डोजोका उर्गेन लामा र बालाजुका नवीन रसाइलीले तेश्रो राष्ट्रिय खुला रेन्बुकाइ कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । जोरपाटीको नारायणटारस्थित हिम्स स्कुलमा भएको पुरुष ६० केजीमा उर्गेनले बुढानीलण्ठका सुनील राई तथा ६५ केजीमा नवीनले बुद्ध एकेडेमीका राजिव पुनलाई फाइनलमा पराजित गरे । नेपाल रेन्बुकाइ कराते संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ४० केजीमा […]
March 17, 2016
काठमाडौं, चैत ४ तेस्रो राष्ट्रिय खुल्ला रेन्वोकाई कराँते च्याम्पियनसिप शुक्रबारबार जोरपाटी नारायणटारस्थित हिम्स स्कुलमा सुरु हुदैछ । आयोजकले एक कार्यक्रम गर्दै प्रतियोगिता हुने बारे जानकारी गराएको हो । प्रतियोगितामा नेपालभरका सात प्रदेशबाट सात टिम र कराँतेसँग सम्वन्धित विभिन्न क्षेत्रबाट गरी १७ टिमको सहभागिता रहने आयोजकले जानकारी गराए । पुरुषतर्फ २० देखि ८० भन्दा माथिको तौल […]