August 7, 2018
काठमाडौं (हाम्रो खेलकुद)– इन्टनेसनल नेप्लिज तेक्वान्दो एसोसिएसन (आइएनटिए) ले १८ औं एसियाली खेलकुदमा भाग लिने नेपाली तेक्वान्दो टोलीलाई २ लाख रुपैयाँ बराबरीको ट्रयाकसुट उपलब्ध गराएको छ । १४ खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरि २० जनालाई आइएनटिएले ट्रयाकसुट उपलब्ध गराएको टोलीका प्रशिक्षक दीपक विष्टले जानकारी दिए । नेपाली खेलाडी झन्डै ३ महिनादेखि कोरियामा प्रशिक्षण लिइरहेका छन् […]
August 6, 2018
काठमाडौं(हाम्रो खेलकुद)– थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक थाइल्यान्ड युनिभर्सिटी जुडो च्याम्पियनसिपका पदक विजेतासहितको नेपाली टोलीलाई सोमबार अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल जुडो संघले स्वागत गरेको छ । अगष्ट ४ र ५ तारिखमा भएको प्रतियोगितामा नेपालले २ स्वर्ण, १ रजत र १ कांस्य पदक जितेको थियो । टोलीलाई जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, महासचिव धर्मकुमार श्रेष्ठ, कोषाध्यक्ष विपिन श्रेष्ठलगायतका […]
August 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका इन्द्र बहादुर श्रेष्ठले थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा स्वर्णपदक जितेका छन् । थाइल्यान्डमा भएको च्याम्पियनसिपमा इन्द्रले ६६ केजी तौल समूहमुनि स्वर्ण जित्न सफल भएका हुन् । उनले फाइनलमा जापानका ताकुया तोयदालाई पराजित गर्दै स्वर्ण जितेका हुन् । इन्द्रले एसियाडमा पनि सहभागिता जनाउनेछ । यस्तै देविका खड्काले ५२ केजी […]
August 3, 2018
काठमाडौं (हाम्रो खेलकद)– गोल्ड कोस्ट ओपनमा तेक्वान्दो च्याम्पियनसिपमा पदक विजेता खेलाडी अस्ट्रेलियामा सम्मानित भएका छन् । अस्ट्रेलियामा शुक्रबार आयोजित एक कार्यक्रममा न्यु साउथ वेल्समा रहेको नेपाली दुतावासका कन्सुलर दीपक खड्काले सम्मान गरेका हुन् । गत २८ र २९ जुलाईसम्म भएको नवौं गोल्ड कोस्ट ओपनमा नेपालका लागि पदक विजेता सितु सिंह मास्के, अभिनव शाक्य र यनचेङ […]
August 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता र पालेङवाङ एसियाडका लागि नेपाली जुडो टिमले हंगेरीमा विशेष प्रशिक्षण गर्ने भएको छ । विशेष प्रशिक्षणका लागि हंगेरी प्रस्थान गर्नुअघि नेपाली टोलीले थाइल्यान्डमा हुने थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा सहभागिता जनाउने छ । १० खेलाडी र ४ अफिसियलसहितको नेपाली टोली आजै थाइल्यान्ड प्रस्थान गरेको छ । टोलीलाई […]
August 1, 2018
काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा अर्को महिना हुने १८ औं एसियाली खेलकुदको थप तयारीलाई नेपाली कराते टोली बुधबार जापानको ओकिनावा प्रस्थान गरेको छ । अगष्ट २५ देखि २७ तारिखसम्म हुने करातेको स्पर्धामा नेपालबाट समान ४ पुरुष/महिला गरी ८ खेलाडीले नेपालको चुनौती पस्कने छन् । पुरुष एकल कातामा पर्शुराम बाँस्तोला, ६० केजीमा सोनाम लामा, ६७ केजीमा विजय […]
July 30, 2018
काठमाडौं (हाम्रो खेलकुद)– प्रथम विश्व विश्वविद्यालय उसु च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार मकाउ जाने भएको छ । मकाउ पोलिटेक्निक इन्स्टिच्यूट मल्टी स्पोट्र्स पेभिलियनमा अगष्ट २ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । तीनै खेलाडीले थाउलो स्पर्धामा प्रतिस्पर्धा गर्ने बताइएको छ । […]
July 29, 2018
काठमाडौं (हाम्रो खेलकुद)-अभिनव शाक्य र सितुसिंह मास्केले नवौं गोल्डकोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । अष्ट्रेलियामा सम्पन्न च्याम्पियनसिपमा दुवैले ग्यरोगीतर्फ स्वर्ण जितेका हुन् । क्यारेरा इन्डोर स्टेडियममा आइतबार अभिनवले ४७ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । अभिनवले फाइनलमा अष्ट्रेलियाका ट्रोय विलियम्सलाई ९–४ ले पराजित गरे । उनले सेमिफाइनलमा जर्मनीका ट्रिस्तान सासलाई ८–६ ले […]
July 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अभिनव शाक्य र यङचेन शेर्पाले अस्ट्रेलियामा जारी सातौ गोल्डकोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।शनिबार क्यारेरा इन्डोर स्टेडियममा भएको पुम्सेतर्फको १३ वर्षमुनिको स्पर्धामा अभिनवले फाइनलमा अष्ट्रेलियाका ब्लाके मुर्रेलाई पराजित गरेर नेपाललाई स्वर्ण दिलाएका हुन् । त्यसअघि अभिनवले अष्ट्रेलियाकै लियोनार्दो ब्रुजे र सेमिफाइनलमा अफगानिस्तानका एकन ग्रानिर अमिउरलाई हराएका थिए ।पुम्सेतर्फ […]
July 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता र पालेङवाङ एसियाडका लागि नेपाली उसु टोली वैदेशिक प्रशिक्षणका लागि चीन प्रस्थान गरेको छ । नेपाली टोली शुक्रबार बिहान चीन प्रस्थान गरेको हो । ९ खेलाडी र तीन अफिसियल गरी ११ सदस्यीय नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशव कुमार विष्टले बिदाई गरे । नेपाली टिमले चीनमा २० दिनसम्म […]