May 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– तेह्रौं राष्ट्रपति कप अन्तर्राष्ट्रिय कुराँस च्याम्पियनसिपमा सहभागी हुन एक खेलाडीसहित २ सदस्यीय नेपाली टोली बिहीबार उज्वेकिस्तानको टर्मिज प्रस्थान गर्दैछ । मे २६ देखि २९ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ७३ केजीमा दीपक छन्त्यालले प्रतिस्पर्धा गर्नेछन् । छन्त्यालसँगै नेपाल कुराँस संघका अध्यक्ष दानबहादुर घिसिङ पनि त्यसतर्फ जानेछन् । च्याम्पियनसिपको ७३ केजी तौलसमूहको विजेताले २५ […]
May 24, 2017
सुबास हुमागाईं हङकङमा जारी एसियन जुडो च्याम्पियनसिप २०१७ अन्तर्गत नेपालको खेल भोलीबाट सुरु हुँदैछ। प्रतियोगितामा सहभागिता जनाउन मंगलबार त्यसतर्फ प्रस्थान गरेको जुडो टोलीलाई सोमबार एक कार्यक्रमबीच बिदाई गरियो। एसियन च्याम्पियनसिपका लागि हङकङ जानु अगाडी चार खेलाडीहरुले हंगेरीमा एक महिना अन्तर्राष्ट्रिय जुडो संघको विशेष प्रशिक्षणमा सहभागिता जनाएका थिए। ओलम्पियन फुपुल्हामु खत्री सँगै मनिता श्रेष्ठ प्रधान, किरण […]
May 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – प्रवेश पण्डितले भारतमा सम्पन्न आमन्त्रण तेक्वान्दोमा स्वर्ण पदकसहित दुई पदक जितेका छन् । ४५ केजी तौल समूहमा स्वर्ण जितेका प्रवेशले पुम्सेमा रजत पदक जितेका छनु । उनी प्रतियोगिताको वेस्ट फाइटर समेत घोषित भए । भारतको अमृतसहरमा भएको प्रतियोगितामा दीपेन्द्रबहादुर नेपालले पनि स्वर्णसहित दुई पटक जिते । ६३ केजी तौलसमुहमा स्वर्ण जितेका […]
May 22, 2017
काठमाडौं(हाम्रो खेलकुद) – एसियन जुडो च्याम्पियनसिपको लागि नेपाली जुडो टोली हङकङ जाने भएको छ । सात खेलाडी र तीन अफिसियललाई नेपाल जुडो संघले सोमबार एक कार्यक्रम गर्दै विदाई गरे । जुडो टोलीलाई नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेण्डी शेर्पा, संघका उपाध्यक्ष तथा भर्खरै कीर्तिपुर नगरपालिकाबाट मेयरमा निर्वाचित भएका रमेश महर्जन र सुर्य महर्जन लगायतले विदाई […]
May 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो लगतमा रहेका विभिन्न १० खेलको राष्ट्रिय संघ खारेज गरेको छ । १० मध्ये ९ खेलको विद्यालय राष्ट्रिय खेल संघ रहेका छन् । विद्यालय स्तरमा खेलको विकास गर्ने उद्देश्यका साथ ती संघ तत्कालिन राखेप सदस्य सचिव युवराज लामाको समयमा गठन भएका थिए । खारेजीमा परेका संघहरुमा […]
May 3, 2017
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली किक बक्सिङ टोलीले तुर्केमिनीस्तानमा भएको वाको एसियन किक बक्सिङ च्याम्पियनसपिमा दुई पदक जितेका छन् । तुर्केमिनिस्तानको आस्कावादमा भएको च्याम्पियनसिपको पुरुष ७१ केजीमा नेपालका दिवस श्रेष्ठले रजत र ७४केजीमा निकेश श्रेष्ठले कास्य पदक दिलाए । गत अप्रील २२ देखी ३० तारिखसम्म भएको खेलमा दिवसले क्वाटरफाइनलमा काजकिस्तान र सेमिफाइनलमा चाइनिज ताइपेईका खेलाडीलाई हराउँदै […]
May 1, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघले ‘लेट्स विल्ड दि फ्युचर विथ तेक्वान्दो’ भन्ने मुल नारासहित विभिन्न अनाथ आश्रममा रहेको करिब २ सय ५० बालबालिकालाई १० महिने निशुल्क प्रशिक्षण सुरु गरेको छ । विश्व तेक्वान्दो महासंघको सहयोगमा संघले विभिन्न आठ आश्रममा रहेका २ सय ५० बालबालिकालाई १० महिनासम्म विशेष प्रशिक्षण गराउने छ । तेक्वान्दो संघले […]
April 28, 2017
संगिता कुवँर टोकियो – जापानमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक जितेका नेपाली खेलाडीको सम्मानमा गैर आवासिय नेपाली संघ (एनआरएन) जापानले हिजो कार्यक्रम आयोजना गरेको थियो । जापानमा रहेका नेपाली आवद्ध संघ संस्थाले खेलाडीलाई आर्थिक सहयोग गरेका छन् । एनआरएन जापानले, एनआरएनका केन्द्रिय उपाध्यक्ष भबन भट्ट, अन्तराष्ट्रिय नेपाली समाज जापान, तमुधि जापान, कास्की पोखरा समाज, ओनो […]
April 27, 2017
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा १० पदक जितेको नेपाली कराते टोली स्वदेश फर्केको छ । थाइल्यान्डको बैंककमा अप्रिल २० देखि २४ तारिखसम्म भएको च्याम्पियनसिपमा नेपाले ५ रजत र ५ कास्य पदक जितेको थियो । सपना लामाले महिला ६१ केजीमुनि, लेखनाथ मैनालीले पुरुष ८४ केजीमाथि, दिवस श्रेष्ठले पुरुष ८४ केजीमुनि, अल्बिना नगरकोटीले क्याडेट महिला […]
April 25, 2017
काठमाडौं(हाम्रो खेलकुद) दक्षिणा शाही ठकुरीले हङकङमा सम्पन्न २१औँ एसियन सिटिज तेक्वान्दो च्याम्पियनसीपमा नेपाललाई स्वर्णपदक दिलाएकी छन् । हङकङस्थित काउलुन पार्क स्पोर्ट्स हलमा भएको च्याम्पियनसिपमा महिला जुनियर ४२ केजीमुनि दक्षिणाले हङकङकी खेलाडीलाई हराउदै स्वर्ण हात पारेकी हुन् । क्याडेट २९ केजीमुनि सुप्रिमा बजगाई सडेन डेथमा मंगोलियाकी खेलाडीसँग स्तब्ध भइन् । निर्धारित तीन राउन्डको खेल ७–७ स्कोरको […]