default_image

मार्सल आर्टस्

January 29, 2023

नेपाल कराते महासंघका अध्यक्ष लामाद्वारा शपथ ग्रहण

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाल कराते महासंघका अध्यक्ष युवराज लामालाई आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ल र कराते महासंघका सह–महासचिव ओमकृष्ण प्रसाईंको उपस्थितिमा सदस्य–सचिव घिसिङले अध्यक्ष लामालाई शपथ ग्रहण गराएका हुन् । राखेपले गत बिहीबार करातेका संस्थापक […]

January 28, 2023

काठमाडौं टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिका तेश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । आयोजकको २ सहित २० टिम सहभागी प्रतियोगितामा काठमाडौं सर्वाधिक ८ स्वर्ण, २ रजत र १ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा आयोजक जैशीदेवल युथ क्लब […]

January 28, 2023

कृष्णप्रसाद भट्टराई स्मृति कराते– बागमतीका खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद)– यसै महिना आयोजना हुने दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताका लागि बागमती प्रदेशबाट खेलाडी छनोट भएका छन् । महिला पुरुष कुमुते र काता गरि २१ खेलाडी छनोट भएको छनोट प्रतियोगिता आयोजक नेपाल कराते डो महासंघ चितवन शाखाले जनाएको छ । छनोट हुने खेलाडीमा महिला कुमुतेमा पार्वती गुरुङ (४५ केजी), सोनु श्रेष्ठ, […]

January 27, 2023

जैशीदेवलका रोशनलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक जैशीदेवल युथ क्लब ‘बी’ का रोशन तामाङले तेश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष १५–२८ केजी फाइनलमा रोशनले भक्तपुर नगरपालिकाका कपिल थामीलाई पराजित गरे । भक्तपुरका सोबराज तामाङ र नागर्जुन नगरपालिकाका युवराज फुयाँल तेश्रो भए । […]

January 26, 2023

पूर्व सदस्य सचिव लामाको अध्यक्षतामा कराते महासंघ पूर्नगठन

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार आफ्ना पूर्व सदस्य सचिव युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासंघलाई पूर्नगठन गरेको छ । पहिलो पुस्ताका कराते खेलाडी समेत रहेका लामाको नेतृत्वमा पूर्नगठित महासंघलाई ९० दिन (२०८० वैशाख १२ गते) भित्र विधान मस्यौदा तयार ग।िर राखेपको स्वीकृतीमा साधारण सभा तथा निर्वाचन गर्ने जिम्मेवारी सम्पेको छ । […]

January 25, 2023

मेयर कप तेक्वान्दो शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – जैशीदेवल युथ क्लबको आयोजनामा तेश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा आयोजकको २ तथा १८ नगरपालिकाका गरी २० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिले जनाएका छन् । ४ सय खेलाडीको सहभागिता रहने छ । गेरोगीमा १६ तथा पुम्सेमा ४ गरी जम्मा २० स्पर्धामा […]

January 25, 2023

जुनियर उसुमा काठमाडौं टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं उसु क्वानले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं ८ स्वर्ण, ४ रजत र ६ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । कालभैरब उसु क्वानद्वारा आयोजित प्रतियोगितामा बुद्ध प्रकाश उसु क्वान ७ स्वर्ण, ४ रजत र १० कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको ड्रागन […]

January 24, 2023

रोजिशलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – ड्रागन उसु क्वानका रोजस बलले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको पुरुष छुची छाङ छ्वानमा मंगलबार स्वर्ण जितेका छन् । निन्जा उसु क्वानका दर्शन लिम्बू दोश्रो र काठमाडौं उसु क्वानका लबिज मगर तेश्रो भए । सो स्पर्धाको महिलामा ड्रागनकी लाक्पा डोल्मा लामा पहिलो, काठमाडौंकी मारिया राई दोश्रो र काठमाडौंकी आरोही […]

January 23, 2023

विष्टसहित प्रशिक्षक खेलाडीलाई आइजी एपिएफ कमेन्डेसन सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदका सर्वाधिक सफल खेलाडी दीपक विष्टसहित प्रशिक्षक र खेलाडीलाई शसस्त्र प्रहरी बलले सोमबार सम्मान गरेको छ । २२औं सशस्त्र प्रहरी दिवस–२०७९को अवसरमा विभिन्न क्षेत्रमा संगठनलाई अनुकरणीय योगदान पु¥याएकोमा संस्थापक महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ, महानिरीक्षक स्व सहबीर थापा, विष्टसहित ३१ जनालाई पहिलो पटक आइजी एपिएफ कमेन्डेसनबाट सम्मान गरिएको जनाएको छ । […]

January 11, 2023

कराते टोली बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – जनवरी १३ देखि शुरु हुन गईरहेको चौथो अन्तराष्ट्रिय कराते प्रतियोगिता–२०२३ मा सहभागी हुन नेपाली कराते टोली बुधबार बंगलादेश प्रस्थान गरेको छ । उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका सचिव एवं प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गी (ईश्वर) ले गर्ने छन् भने टिम ब्यवस्थापकमा नेपाल सितोरियो कराते संघका कार्यलय प्रमुख राजेन्द्र कुमार क्षेत्री, टिम […]

Success

Thank you for your time.