July 5, 2025
सुशील पन्त क्षेत्री, भरतपुर नेपाल सितोरियो कराते संघ भरतपुर महानगर समितिको अध्यक्षमा पुर्णबहादुर गुरुङ चयन भएका छन् । संघको आज भएको विशेष साधारण सभाबाट गुरुङको अध्यक्षता सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा वौद्ध लामा, उपाध्यक्षमा ईश्वरी कंडेल, सचिवमा छवि रमण तिमिल्सिना, सह-सहचिवमा आशिष ढकाल र कोषाध्यक्षमा पार्वती गुरुङ चयन भएका छन् […]
July 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चीनमा सुरु हुने प्रथम थाउलु र दोस्रो शान्ता एसिया कपमा दुई नेपाली उसु खेलाडीले भाग लिने भएका छन्। चिलिङ शहरमा असार १८ देखि २३ गते सम्म ( जुलाई २ देखि ७ तारिख सम्म) हुने प्रतियोगिताको थाउलुमा दीपक हमाल र सान्ताको ९० केजी तौल समूह मुनी शिवजी सिलवालले प्रतिस्पर्धा गर्ने भएका छन्। राष्ट्रिय […]
June 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली कराते खेलाडी एरिका गुरुङले थाइल्यान्ड ओपन करातेमा स्वर्ण पदक जितेकी छन् । उनले सिनियर महिला ६८ केजीमाथि थाइल्याण्डकी चनकन खियोखामलाई पराजित गरिन् । थाइल्याण्ड ओपन करातेमा नेपालका लागि अन्य खेलाडीले पनि राम्रो प्रदर्शन गरेका छन् । यु–१२ पुरुष ३७ केजीमा सम्पन्न बस्नेतले रजत पदक जिते । सिनियर पुरुष ७५ केजीमा राजिव […]
June 22, 2025
सुमन अधिकारी, बुटवल लुम्बिनी प्रदेश दसौँ राष्ट्रिय हाप्किडो प्रतियोगिताको च्याम्पियन बनेको छ । बुटवलमा शनिवार सकिएको प्रतियोगितामा २१ स्वर्ण, १८ रजत र ३० कास्य पदक सहित लुम्बिनी विजेता बनेको हो । ११ स्वर्ण, ९ रजत र २३ कास्य जित्दै सुदूरपश्चिम प्रदेश दोस्रो तथा ११ स्वर्ण, ४ रजत र १२ कास्य पदकसहित कोशी प्रदेश तेस्रो भयो […]
June 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – छ वर्ष अघि स्वदेश मै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का रजत विजेता कराते खेलाडी दिवस श्रेष्ठले अस्ट्रेलियामा न्यु साउथ वेल्स (एनएसडब्लु) कपमा स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको सिड्नीमा भएको प्रतियोगितामा दिवसले पुरुष सिनियर १८ वर्षमाथि उमेर समूहको ७५ केजीमाथि एलिट समूहमा स्वर्ण जितेको कराते प्रशिक्षक कुशल श्रेष्ठले जनाएका […]
June 8, 2025
काठमाडौ (हाम्रो खेलकुद)- सञ्जित डंगोल, प्रमोद मण्डल, मनिता श्रेष्ठ प्रधान र दिलकुमारी छन्त्यालले ओपन जुडो च्याम्पियनसिप – २०२५ बेस्ट अफ दि बेस्टमा उपाधि जितेका छन् । काठमाडौं खुसिँबुस्थित मल्टिपर्पोज मार्शल सेन्टरमा भएको प्रतियोगिताको महिला ५७ केजी मुनि तौल समूहमा नेपाल पुलिस क्लबकी मनिताले प्राइम जुडोकी पेमा याङजी शेर्पालाई पराजित गर्दै स्वर्ण पदक जितिन् । पुलिसकी […]
June 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश स्तरीय दोश्रो रामनगर तेक्वान्दो प्रतियोगिता पश्चिम नवलपरासीको भुमहीमा हुने भएको छ। सामाजिक विकास डिभिजन कार्यालय भैरहवाको आयोजना तथा सुनवल नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा प्रतियोगिताजेठ २९ देखि ३१ गते सम्म हुने बताइएको छ। रामनगर तेक्वान्दो एकेडमीको व्यवस्थापन र योङ गोर्खालिज क्लबको सहयोग हुने प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफी प्राप्त […]
June 4, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कराते खेलाडी एरिका गुरुङ विश्व वरीयतामा व्यापक सुधार गर्दै २७ औं स्थानमा उक्लिएकी छिन् । यसै साता कराते-१ प्रिमियर लिगमा ऐतिहासिक पदक जितेपछि एरिकाको वरीयतामा सुधार आएको हो । महिला ६८ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै आएकी एरिकाको यसअघि वरीयताको ५७ औं स्थानमा थिइन् । कराते प्रिमियर लिगमा विश्वको उत्कृष्ट […]
June 1, 2025
सुबास हुमागाईं, काठमाडौं एरिका गुरुङले विश्व करातेको सबैभन्दा कठिन मध्यको कराते-१ प्रिमियर लिगमा ऐतिहासिक कास्य पदक हात पारेकी छिन् । एरिकाले आइतबार सम्पन्न महिला ६८ केजी माथि तौल समूह अन्तर्गत कास्य पदकको खेलमा फ्रान्सेली पिए क्लेमेन्सलाई ६-२ ले पराजित गर्दै कराते प्रिमियर लिगको इतिहासमै नेपाललाई पहिलो पदक दिलाएकी हुन् । एरिकाले पहिलो सहभागितामै पदक दिलाउँदै […]
May 29, 2025
धनगढी (हाम्रो खेलकुद)- चैतन्य पाठशाला चैतन्य तेक्वान्दो डोजाङको आयोजना ‘तेस्रो सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता २०८२’ धनगढी बिहीवार सुरु भएको छ । आयोजक चैतन्य पाठशालाको फुटसल मैदान शिवनगरमा ३ दिन सम्म चल्ने प्रतियोगिताको नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टको प्रमुख आतिथ्यतामा भयो । सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका करिब २ सय भन्दा बढी खेलाडीको सहभागिता छ। चैतन्य […]