default_image

मार्सल आर्टस्

July 1, 2022

राष्ट्रव्यापी फुल कन्ट्याक्ट सुरु

काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय फुल कन्ट्याक्ट विभागको आयोजनामा राष्ट्रव्यापी खेलकुदअन्तर्गत राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ । प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतको उपस्थिति थियो । प्रतियोगितामा १ सय ५० […]

July 1, 2022

दक्षिण कोरियामा कमललाई रजत

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कमल श्रेष्ठले छुनछुन कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन् । दक्षिण कोरियाको छुनछुनमा भएको प्रतियोगिताको ३० वर्षमाथि पुरुष एकल पुम्सेमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कमलले रजत जितेका हुन् । प्रतियोगितामा सहभागी अन्य नेपाली खेलाडी वीरबहादुर महरा, पार्वती गुरुङ, कृष्णबहादुर तामाङ र प्रेमबहादुर लिम्बू पदकविहीन […]

June 30, 2022

राष्ट्रव्यापी फुल कन्ट्याक्ट भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय फुल कन्ट्याक्ट विभागको आयोजनामा राष्ट्रव्यापी खेलकुदअन्तर्गत राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा १ सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक सन्जु महर्जनले जनाएकी छन् । ७१ औं मदन जयन्तीका अवसरमा हुन लागेको प्रतियोगितामा पुरुषमा २ र महिलामा १ गरी ३ स्पर्धामा […]

June 28, 2022

तेक्वान्दो टोलीले भारतमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – जैशिदेवल तेक्वान्दो डोजाङका खेलाडीहरुले इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । सो प्रतियोगता असार १७ देखि १९ गतेसम्म हुने छ । जैशिदेवल युथ क्लबद्वारा सञ्चालित जैशिदेवल तेक्वान्दो डोजाङले मङगलबार सो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने ११ खेलाडीसहित १४ जनाको टिमलाई शुभकामनासहित विदाइ ग¥यो । नेपाल तेक्वान्दो […]

June 27, 2022

दक्षिण कोरियामा जमनलाई दुई पदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी जमनसिंह गुरुङले १४औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता तथा प्रथम डब्लुसीकेएफ विश्व कराते च्याम्पियनसिपमा दुई पदक जितेका छन् । उनले कुमुतेमा स्वर्ण र सिनियर एकल कातामा रजत गरी २ पदक जितेको मानसिंह डोजोले जनाएको छ । दक्षिण कोरियाको बुसानमा भएको प्रतियोगिताअन्तर्गत कुमुतेको पुरुष ७५ केजीमुनि जमनले फाइनलमा कोरियाका खेलाडीलाई […]

June 26, 2022

गोपाल र सञ्जीव अमेरिकातर्फ

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका निर्णायक एवं प्रशिक्षक गोपाल भण्डारी र सञ्जीव नेपाली अमेरिका प्रस्थान गरेका छन् । यही जुलाई १ र २ तारिखमा अमेरिकाको भर्जिनियामा आयोजना हुन लागेको ‘यूएसए कुकिवान तेक्वान्दो एक्स्पो’ २०२२ मा अफिसियल रेफ्री जर्जको भूमिका निर्वाह गर्न गोपाल र सञ्जीव अमेरिका प्रस्थान गरेका हुन् । अमेरिकाकै बृहत प्रतियोगिता मानिने कुकिवान तेक्वान्दो […]

June 26, 2022

अशोक कोरिया जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का छुन छुन कोरिया ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दैछन् । जुन २९ देखि जुलाई ६ तारिखसम्म हुने प्रतियोगितामा अशोकले पुम्से र क्योरोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् । अशोक पारा तेक्वानदोको पनि अन्तर्राष्ट्रिय निर्णायक हुन् । अशोक क्याडेट […]

June 26, 2022

आफ्नो पुर्व खेलाडी विश्वराजलाई डोजाङको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – कोटेश्वर तेक्वान्दो डोजाङले तेक्वान्दो खेलाडी विश्वराज श्रेष्ठलाई सम्मान गरेको छ । विश्वराज कोटेश्वर तेक्वान्दो डोजाङकै खेलाडी हुन् । अस्ट्रेलियामा भएको दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा २ स्वर्ण र १ कांस्य जित्दै डोजाङका साथै देशको प्रतिष्ठा अभिबृद्धि गरेकोमा सम्मान गरिएको डोजाङले जनाएको छ । विश्वराजले ब्रिसवेन खुला तेक्वान्दोमा २ स्वर्ण जितेका थिए […]

June 22, 2022

ओलम्पिक दिवसमा जुडोको प्रभातफेरी

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक दिवसका अवसरमा नेपाल जुडो संघले बुधबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । नयाँबजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) बाट सुरु भएको प्रभातफेरी विभिन्न भागको परिक्रममा गरी पुनः एमएमएसीमै आएर टुंगिएको थियो । प्रभातफेरीमा नेपाल जुडो संघका पदाधिकारी, ओलम्पियन, खेलाडी, प्रशिक्षकलगायतको सहभागिता थियो । सोही अवसरमा नेपाल जुडो संघका उपाध्यक्ष […]

June 21, 2022

एन्जिलालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी एन्जिला डंगोलले २१ औं मिलो खुला कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् ।एन्जिलाले महिला ३५ केजीमुनि स्वर्ण जितेको नेपाल सोतोकान कराते संघले जनाएको छ । पुरुष ३० केजीमा विवेक राई तथा एकल कातामा कृष्णकुमार मानन्धरले कांस्य जिते । नेपाल सोतोकान कराते संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक श्याम शेर्पाले प्रतियोगितामा निर्णायकको […]

Success

Thank you for your time.