December 17, 2020
पोखरा (हाम्रो खेलकुद)– मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का ३ जना स्वर्ण पदक विजेतालाई नगदसहित सम्मान गरेको छ । १३ औं सागमा बक्सिङतर्फ स्वर्ण जितेका खेलाडी भूपेन्द्र थापा, मिनु गुरुङ र सनिल शाहीलाई जनही ५१ हजार ५ सय रुपैयाँसहित सम्मान गरेको थियो । गत वर्ष बक्सिङ टोलीलाई शुभकामना […]
October 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अस्वस्थ्य रहेको पूर्व बक्सिङ खेलाडी ओमप्रकाश शर्मालाई स्वास्थ्य उपचारका लागि नेपाल बक्सिङ संघले बिहीबार आर्थिक सहयोग गरेको छ । बक्सिङ संघका अध्यक्ष राम अवालेले शर्मालाई ७५ हजार १ सय ५ रुपैयाँको चेक कार्यक्रमबीच बिहीबार हस्तान्तरण गरे । लामो समयदेखि उच्च रक्तचापबाट पीडित शर्मा एक महिनायता प्यारालाइसिसबाट थलिएका थिए । पाँच पटकका […]
October 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – पाँच पटकका राष्ट्रिय च्याम्पियन पूर्व बक्सिङ खेलाडी ओमप्रकाश शर्माको उपचारका लागि नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले आर्थिक सहयोग गरेका छन् । प्यारालाइसिसबाट थलिएका शर्माको उपचारका लागि श्रेष्ठले ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । मरु गणेशस्थित शर्मा निवासमै पुगेर श्रेष्ठले बुधबार चेक हस्तान्तरण गरेका हुन् । लामो समयदेखि उच्च रक्तचापबाट […]
September 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले बक्सिङ प्रशिक्षक र निर्णायकहरुको कोरोना बीमा गरिदिएको छ । वान देखि थ्री स्टारसहित ३२ प्रशिक्षक तथा विभिन्न श्रेणिका २० निर्णायक गरी जम्मा ५२ जनाको जनही १ लाख रुपैयाँका दरले बक्सिङ संघले बीमा गरिदिएको हो । ललितपुरको ग्वार्कोस्थित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरुको विमा गरिएको संघका प्रवक्ता श्याम अवालेले […]
August 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गत वर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ बक्सिङ खेलाडीसहित १८ जनाको कोरोना बीमा गरिएको छ । पूर्व बक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले आफ्नो खर्चमा सागमा सहभागी १६ खेलाडी र २ प्रशिक्षकको जनही १ लाख रुपैयाँ कोरोना बीमा गरिदिएका हुन् । मंसिर […]
August 10, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल बक्सिङ संघको विवादित विषयमा चासो राखेको छ । राखेपले आन्तरिक विवादमा रुमलिएको बक्सिङका अध्यक्ष राम अवालेलाई आर्थिक अनियमिता भएको भन्दै ७ दिन भित्र जवाफ पठाउन पत्र काटेको छ । महासचिव सविन भट्टचार्य र कोषाध्यक्ष गौतम सुजखुले असार १४ गते संघमा आर्थिक अनियमियताका सम्बन्धमा आवश्यक छानविन गर्न माग […]
August 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले राष्ट्रिय खेलकुद परिषद (राखेप) मा नवनियुक्त पदाधिकारी र सदस्यहरुलाई आइतबार स्वागत तथा बधाइ ज्ञापन गरेको छ । उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल तथा सदस्यद्वय अर्जुनबहादुर केसी र सुभास श्रेष्ठलाई बक्सिङ संघका अध्यक्ष राम अवालेले मायाको चिनो प्रदान गरी कार्यकाल पूर्ण सफलताका लागि शुभाकामना दिएका थिए । उपाध्यक्ष […]
August 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले संघको केन्द्रीय पूर्ण कार्यसमिति बैठकमा संघका महासचिव सविन भट्टाचार्यमाथि कुनै दुव्र्यवहार नभएको बताएका छ । संघले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै महासचिवले दाबी गरे जस्तो कुनै दुव्र्यवहार नभएको र दुव्र्यवहार भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । महासचिव भट्टाचार्यले गतसाता एक विज्ञप्ति निकाल्दै बैठकमा आफुले फरक […]
August 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघमा आन्तरिक विवाद बढेको छ । संघका महासचिव सविन भट्टाचार्यले संघको केन्द्रीय पूर्ण कार्यसमिति बैठकमा आफुलाई दुव्र्यवहार भएको आरोप लगाएका छन् । महासचिव भट्टाचार्यले शनिबार विज्ञप्ति जारी गर्दै शुक्रबार बसेको कार्यसमिति बैठकमा आफुले फरक मत राख्दा संघका सदस्य दिपक महर्जनले आफुलाई अभद्र व्यवहार गरेको आरोप लगाएका हुन् । कार्यसमितिका […]
July 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गत चैतलाई तय भएको वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता नहुने पक्का भएको छ । आयोजक गणेशमान सिंह फाउन्डेसनले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको कारण प्रतियोगिता रद्ध गरिनु परेको जानकारी गराएको छ । ‘कोरोना भाइरस (कोभिड–१९) को महामारीसँगै विभिन्न प्रतिकुलता र राष्ट्रिय खेलकुद परिषदले पनि आर्थिक वर्ष समाप्त […]