default_image

ई-स्पोर्ट्स

April 18, 2021

डीआरएस बन्यो दक्षिण एसियाको पब्जी च्याम्पियन!

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको डीआरएस (द रियल सोल्जर्स) ले पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) को दक्षिण एसियाली च्याम्पियनसिपको तेस्रो सिजनको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा डीआरएसले पहिलो स्थान हासिल गर्दै १० हजार अमेरिकी डलर प्राप्त गरेको छ । २० टोली सम्मिलित प्रतियोगितामा डीआरएसले मंगोलियाको जिअस ईस्पोर्ट्सलाई पछि पर्दै च्याम्पियन बनेको हो । […]

March 18, 2021

पबजी टोली डीआरएसमा नयाँ व्यवस्थापन

काठमाडौं (हाम्रो खेलकुद) – विश्व बजारमा बढ्दो क्रेज रहेको ई-स्पोर्ट्सबाट नेपाली बजार पनि अछुतो छैन । पछिल्लो समय ई-स्पोर्ट्समा आबद्ध हुनेको संख्या बढ्दो छ । यसैलाई मध्यनजर गर्दै ‘द रियल सोल्जर्स’ (डीआरएस ) गेमिङ्ग आधिकारिक रुप दर्ता गर्दै नयाँ व्यवस्थापनमा अघि बढेको छ । सन् २०२० अगस्टमा अशेष राई र रिजन खत्रीले स्थापना गरेको पब्जी […]

November 19, 2020

माइ रिभेन्जले विश्व ई-स्पोर्ट्स च्याम्पियन्सिपमा खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – डोटा टोली माई रिभेन्जले १२ औं ई-स्पोर्ट्स विश्व च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । गत वर्ष आयोजना भएको दोस्रो नेपाल ई-स्पोर्ट्स च्याम्पियनसिपको विजेता समेत रहेको माई रिभेन्जले दक्षिण एसियाली क्षेत्रीय छनोट प्रतियोगितामा जित हासिल गर्दै विश्व च्याम्पियनसिपका लागि छनोट भएको हो । नेपालले छनोटमा भारत र श्रीलंकालाई पराजित गरेको हो […]

December 13, 2019

विश्व च्याम्पियनसिपमा नेपालको यात्रा समाप्त

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियाको सोलमा जारी ई-स्पोर्ट्स विश्व च्याम्पियनसिप अन्तर्गत डोटा-२ तर्फ नेपालको यात्रा समाप्त भएको छ । नेपालको प्रतिनिधित्व गर्दै माई-रिभेन्जको टोलीले उक्त प्रतियोगितामा सहभागिता जनाएको थियो । नेपालले प्रतियोगितामा ५ खेल खेल्दै ३ जित र २ हार बेहोरेको हो । स्विस लिग पद्दतिमा नेपालले कम्तिमा ४ जित दर्ता गरेको भए प्लेअफ […]

October 26, 2019

ई-स्पोर्ट्समा माई रिभेन्जलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ई-स्पोर्ट्स एसोसिएसन (नेसा) को आयोजनामा सम्पन्न दोस्रो नेपाल ई-स्पोर्ट्स च्याम्पियनसिप तथा एक्स्पो अन्तर्गत माई रिभेन्जले डोटा र सीएस-गोतर्फ दोहोरो उपाधि जितेको छ । डोटातर्फ फाइनलमा माई रिभेन्जले हेक्स गेमिङको चुनौती पन्छाउँदै उपाधिसहित ५० हजार रुपैयाँ जितेको हो । माई-रिभेन्जको टोलीमा सुमित श्रेष्ठ, इरिन राई, लिगल सुब्बा, श्रनुप तन्डुकार, अभिनव शाक्य, […]

October 25, 2019

ई-स्पोर्ट्स च्याम्पियनसिपको सुरुवाती चरण सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो ई-स्पोर्ट्स च्याम्पियनसिप तथा एक्स्पो अन्तर्गत पहिलो दिन शुक्रबार पहिलो चरणको खेलहरु सम्पन्न भएका छन् । नेपाल ई-स्पोर्ट्स संघ (नेसा) को आयोजना तथा माइस इन्टरनेसनलको व्यवस्थापनमा जारि च्याम्पियनसिपमा डोटा-२, काउन्टर स्ट्राइक ग्लोबल अफेन्सीभ (सीएस-गो), फ्रि-फायर र फिफामा सुरुवाती चरणका खेल सम्पन्न भएका छन् । फिफातर्फ क्वाटरफाइनल चरणका खेल सम्पन्न भएका छन् […]

October 23, 2019

ई-स्पोर्ट्स च्याम्पियन्सिप तथा एक्स्पो शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ई-स्पोर्ट्स संघ (नेसा) ले दोस्रो ई-स्पोर्ट्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । च्याम्पियन्सिपको विजेताले ९ लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्ने छन् । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि २ दिन हुने ई-स्पोर्ट्स च्याम्पियनसिपमा खेलतर्फ डोटा-२, काउन्टर स्ट्राइक ग्लोबल अफेन्सीभ (सीएस-गो), फ्रि-फायर र फिफामा प्रतिस्पर्धा हुनेछ । यसपटकको डोटा च्याम्पियन डिसेम्बर ११ […]

August 7, 2019

ई-स्पोर्ट्सका विजेतालाई ९ लाख पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ई-स्पोर्ट्स संघ (नेसा) ले भदौ तेस्रो सातामा गर्ने दोस्रो ई-स्पोर्ट्स च्याम्पियनसिपका विजेताले ९ लाख रुपैयाँ बराबरको परस्कार प्राप्त गर्ने भएका छन् । यहि भदौ २० र २१ (सेप्टेम्बर ६ र ७) मा काठमाडौंको भृकुटीमण्डपमा हुने ई-स्पोर्ट्स च्याम्पियनसिपमा खेलतर्फ डोटा-२, काउन्टर स्ट्राइक ग्लोबल अफेन्सीभ (सीएस-गो) र फिफामा प्रतिस्पर्धा हुनेछ । आयोजक […]

June 27, 2019

दोस्रो ई-स्पोर्ट्स च्याम्पियनसिप तथा एक्स्पो भदौमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ई-स्पोर्ट्स संघ (नेसा) ले भदौ तेस्रो सातामा दोस्रो ई-स्पोर्ट्स च्याम्पियनसिप तथा एक्स्पो आयोजना गर्ने भएको छ । सेप्टेम्बर ६ र ७ (भदौ २० र २१) मा काठमाडौंको भृकुटीमण्डपमा हुने ई-स्पोर्ट्स च्याम्पियनसिपमा डोटा-२, काउन्टर स्ट्राइक ग्लोबल अफेन्सीभ (सीएस-गो) र फिफामा प्रतिस्पर्धा हुनेछ । आयोजक नेसाले डोटा-२ र सीएस-गोका ५ खेलाडी सम्मिलित […]

Success

Thank you for your time.