default_image

गल्फ

February 21, 2017

सूर्य नेपाल वेस्टर्न ओपनमा तेन्जिङको अग्रता निरन्तर

काठमाडौं (हाम्रो खेलकुद)– तेन्जिङ छिरिङले सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन पनि आफ्नो अग्रतालाई कायम राखेका छन् । तेन्जिङले दोस्रो दिन मंगलबारको खेल समाप्त हुँदा ६ स्ट्रोक्सको अग्रता बनाएका छन् । राष्ट्रिय टोलीका सदस्य समेत रहेका तेन्जिङले दोस्रो दिन २ अन्डर ७० को प्रदर्शन गरे । सूर्य नेपाल गल्फ टुर २०१६/०१७ अन्तर्गतको चौथो प्रतियोगितामा दुई […]

February 20, 2017

पहिलो दिनमा एमेच्योर तेन्जिङको अग्रता

काठमाडौँ (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०१६/१७को चौथो इभेन्ट अन्तर्गत सोमबारबाट पार-७२ गोकर्ण गल्फ क्लबमा  सुरु भएको सुर्य नेपाल सेन्ट्रल ओपनको पहिलो चरणमा एमेच्योर गल्फर तेन्जिङ छिरिङले अग्रता लिएका छन्। राष्ट्रिय गल्फ टोलीका सदस्य रहेका तेन्जिङले ६अन्डर ६६ को स्कोर बनाउदै तालिकाको शिर्ष स्थानमा रहन सफल भएका हुन्। तेन्जिङले दुवै हाफमा ३ अन्डर […]

February 10, 2017

कीर्तिमानसहित शिवरामलाई सूर्य नेपाल वेस्टर्न ओपन गल्फ उपाधि , खेल जीवनमा ३३ औं सफलता  

पोखरा (हाम्रो खेलकुद)– कीर्तिमानी प्रदर्शनसँगै व्यवसायिक नम्बर एक गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल वेस्टर्न ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । पार ७० को हिमालयन गल्फ कोर्समा उनले कर्तिमानी ९ अन्डर २ सय १ स्कोर खेल्दै शिवरामले सिजनको लगातार तेस्रो उपाधि जितेका हुन् । अन्तिम दिन शुक्रबार शिवरामले ६ अन्डर ६४ खेल्दै हिमालयन गल्फ कोर्समा […]

February 9, 2017

सूर्य नेपाल वेस्टर्न ओपन गल्फमा शिवरामको अग्रता

पोखरा (हाम्रो खेलकुद)– सूर्य नेपाल वेस्टर्न ओपन गल्फ प्रतियोगिताको दोस्रो दिन नम्बर एक व्यवसायिक गल्फर शिवराम श्रेष्ठ शीर्ष स्थानमा उक्लिएका छ । पार ७० को हिमालयन गल्फ कोर्समा दोस्रो दिन बिहिबार शिवरामले ३ अन्डर ६७ खेले । अघिल्लो दिन इभन पार ७० खेलेका शिवरामले कुल ३ अन्डर १ सय ३७ स्कोरका साथ शीर्ष स्थान बनाएका […]

February 8, 2017

सूर्य नेपाल वेस्टर्न ओपनमा रविको अग्रता

पोखरा (हाम्रो खेलकुद)– सूर्य नेपाल वेस्टर्न ओपन गल्फको पहिलो दिन रवि खड्काले अग्रता लिएका छन् । हिमालयन गल्फ कोर्स पार ७० मा बुधबार सुरु भएको प्रतियोगिताको पहिलो दिन रविले १ अन्डर ६९ को कार्ड बनाउँदै सूर्य नेपाल गल्फ टुर २०१६–१७ अन्र्तगतको तेस्रो प्रतियोगितामा अग्रता बनाएका हुन् । नम्बर एक व्यवसायिक गल्फर शिवराम श्रेष्ठ, साविक विजेता […]

February 4, 2017

फुन्सोकले जिते लुम्बिनी इन्सुरेन्स गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – फुन्सोक निमा लामाले लुम्बिनी इन्सुरेन्स आमन्त्रण गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा शुक्रबार र शनिबार भएको दुईदिने प्रतियोगितामा फुन्सोकले ४२ अंक बनाएका थिए । स्टेबलफोर्ड ३/४ ह्यान्डिक्याप विधामा सञ्चालित प्रतियोगितामा ३८ अंक बनाएका पवित्रकुमार कार्की दोस्रो भए । बेस्ट ग्रोसको उपाधि निश्चयजंग रायमाझीले हात […]

February 2, 2017

लुम्बिनी जनरल इन्सुरेन्स गल्फ माघ २१ र २२मा

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी इन्सुरेन्सको मुख्य प्रायोजनमा लुम्बिनी इन्सुरेन्स आमन्त्रित गल्फ प्रतियोगिता माघ २१ र २२मा  हुने भएको छ । प्रतियोगितामा विभिन्न कर्पोरेट हाउसका खेलाडीको सहभागिता रहने राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएका छन् । रोयल नेपाल गल्फ क्लबमा हुने प्रतियोगिता स्टेबल फोर्ड फम्र्याटको ३ र ४ ह्यान्डिक्यापको आधारमा हुने छ । […]

January 25, 2017

दोश्रो दिनमा बसन्त र दल शिर्षस्थानमा

काठमाडौँ (हाम्रो खेलकुद) – एनपिजीए छनोट स्कुल प्रतियोगिता अन्तर्गत बुधबार दोश्रो दिनको खेलसम्ममा बसन्तराज गुरुङ र दल लामा शिर्ष स्थानमा रहेका छन्। पार ६८को रोयल नेपाल गल्फ क्लबमा मंगलबार शिर्षस्थानमा रहेका बसन्त राज गुरुङले आशातित प्रदर्शन गर्न सकेनन्। पहिलो दिन मंगलबार १ ओभर ६९ खेलेका गुरुङले बुधबार भने पाँच ओभर ७३को स्कोरकार्ड बनाए। कुल छ […]

January 24, 2017

स्कुल गल्फमा बसन्तराजको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– बसन्तराज गुरुङले सूर्य नेपाल गल्फ टुर अन्तर्गत मंगलबार सुरु भएको एनपिजीए छनोट स्कुल प्रतियोगिताको पहिलो दिन अग्रता लिएका छन् । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा सुरु भएको प्रतियोगितामा बसन्तले १ ओभर ६९ खेले । भुवन कुमार रोक्का दोस्रो स्थानमा छन् । भुवनले ३ ओभर ७१ को प्रदर्शन गरे । ७ […]

January 19, 2017

सुबिसु कर्पोरेट गल्फ शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – सुबिसु केबलनेट प्राईभेट लिमिटेडको मुख्य प्रायोजनमा सुबिसु कर्पाेरेट गल्फ प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा विभिन्न कर्पोरेट हाउसका खेलाडीको सहभागिता रहने राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएका छन् । रोयल नेपाल गल्फ क्लबमा हुने प्रतियोगिता स्टेबल फोर्ड फम्र्याटको ३ र ४ ह्यान्डिक्यापको आधारमा हुने छ ।प्रतियोगितामा विभिन्न बैंक, […]

Success

Thank you for your time.