default_image

अन्य

November 16, 2022

उमा कुङफुको निर्णायक टोली भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय कुङफु फेडरेसनको आयोजनामा हुने १४ औं राष्ट्रिय कुङफु च्याम्पियनसिपमा सहभागी हुन १८ सदस्यीय नेपाली उमा कुङफुको निर्णायक टोली बुधबार भारतको लखनउ प्रस्थान गरेको छ । नोभेम्बर १९ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा, सन्जितकुमार राई, भूपेन्द्र गुरुङ, उद्धव थापा मगर र रमेश महर्जनले जजको भूमिका निर्वाह गर्ने […]

November 16, 2022

एपीएम टेबल टेनिस भाेलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएम प्रालिको आयोजनामा दोश्रो एपीएम अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एपीएमका प्रशिक्षक ज्याकी महर्जनले जनाएका छन् । प्रतियोगितामा पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि, महिला ४० वर्षमाथि र पुरुष टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ । कुल पुरस्कार राशी ४ लाख ५० […]

November 16, 2022

रग्बी टोली भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – एसिया रग्बी च्याम्पियनसिप डिभिजन ३ साउथमा सहभागी हुन २६ खेलाडीसहित २९ सदस्यीय नेपाली टोली बुधबार भारतको कोलकाता प्रस्थान गरेको छ । नेपाली राष्ट्रिय पुरुष टोलीले नोभेम्बर १९ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा १५ साइड स्पर्धामा प्रतिस्पर्धा गर्ने छ । नेपाली पुरुष टोलीले दोश्रोपटक १५ साइडमा खेल्न लागेको हो । बंगलादेशको ढाकामा […]

November 15, 2022

रोशन र अमिरलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी रोशन बलामी र अमिर रानाले सोरिन काइ कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । दुबईमा नोभेम्बर १३ देखि सुरु प्रतियोगिताको पुरुष ७५ केजीमुनि फाइनलमा रोशनले आयोजकलाई ७–० ले पराजित गरे । त्यसअघि रोशनले भारत र फिलिपिन्सका खेलाडीलाई हराएका थिए । पुरुष ८४ केजीमुनि फाइनलमा अमिरले आयोजकलाई नै ८–० […]

November 15, 2022

निम्स र युनिकलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – निम्स र युनिक नेपाल एकेडेमी, भक्तपुरले आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । निम्सले सिनियर ब्वाइज र सिनियर गल्र्स दुवैको उपाधि रक्षा ग¥यो । युनिक जुनियर ब्वाइजमा च्याम्पियन बन्यो । स्युचाटारस्थित आयोजक रेडिअन्ट पब्लिक स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा डिफेन्डिङ च्यामिपयन निम्सले जेनिथलाई ४७–३६ ले पराजित […]

November 15, 2022

स्वर्ण जित्दा घाइते अनुको शल्यक्रिया सफल

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद अन्तर्गत करातेतर्फ स्वर्ण विजेता अनु अधिकारीको दायाँ घुँडाको सफल शल्यक्रिया भएको छ । यसै महिनाको सुरुवातमा स्वर्ण जितेकी उनको सोमबार ललितपुरमा रहेको बि एण्ड बी अस्पतालमा सफल शल्यक्रिया भएको हो । अनुकाे नवाैं अन्तर्गत फाइनल खेल दौरान लड्न पुग्दा घुँडाको लिगामेन्ट च्यातिएको थियो । नवौंमा […]

November 14, 2022

नवौंका पदक विजेतालाई ललितपुर खेलकुदको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर जिल्ला खेलकुद विकास समितिले यसै महिना गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदका पदक विजेता आफ्ना जिल्लावासी खेलाडीलाई सोमबार नगद सहित सम्मान गरेको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा असोज २८ देखि कात्तिक ३ गते सम्म भएको नवौं राष्ट्रिय खेलकुदमा ६५ खेलाडीले विभिन्न खेलमा पदक जितेका थिए । ललितपुर जिल्ला खेलकुद […]

November 13, 2022

ग्रिनफिल्ड र इबीए सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनफिल्ड र इडेन ब्रिज एकेडेमी (इबीए) आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । ग्रिनफिल्डले श्रृजना ज्ञान सागरलाई १५–२ ले पराजित ग¥यो । ग्रिनफिल्डको जितमा पुजन उप्रेतीले ९ अंक योगदान गरे । साश्वत कार्कीको १० अंक सहयोगमा इबीएले आयोजक रेडिअन्ट पब्लिकलाई १४–१० ले हरायो । […]

November 13, 2022

एफआईए मोर्टर स्पोर्टसको सहभागिताबाट खेलाडी उत्साहित

काठमाडौं (हाम्रो खेलकुद)– फ्रान्समा भएको एफआईए मोटर स्पोर्टस गेम्समा भाग लिएर फर्केका नेपाली टोलीका खेलाडी उत्साहित देखिएका छन् । नेपालमा मोर्टस स्पोर्टसको इतिहास लामो नभएपनि नेपाली खेलाडीले पहिलो पटक विश्वस्तरीय प्रतियोगितामा भाग लिएर फर्केको थियो । अनिल बरालको कप्तानीमा रहेको टोलीमा दीप्रश शाक्य (कार्टिङ स्प्रिन्ट) र जिस्वान तुलाधर श्रेष्ठले प्रतिस्पर्धा गरेकी थिइन् । मोटर स्पोर्टसको […]

November 13, 2022

डीआरएसको नजर शीर्ष ३ मा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोली द रियल सोल्जर्स (डीआरएस) गेमिङले विश्व प्रसिद्ध मोबाइल खेल प्लेयर ब्याटल अन्डरग्राउन्ड्स (पब्जी) को ग्लोबल च्याम्पियनसिप (पिएमजिसी) मा प्रतिस्पर्ध गर्दैछ । आइतबार हुने समूह चरणको अन्तिम दिन डीआरएस शीर्ष ३ मा स्थान बनाउँदै अन्तिम चरणका लागि छनोट हुने लक्ष्यमा छ । समूह रातोमा परेको डीआरएस तेस्रो दिनको खेल सकिँदा […]

Success

Thank you for your time.