November 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यसहित ६ खेलाडीले हङकङमा हुने वर्ल्ड तेक्वान्दो पुम्से च्याम्पियन्सिपमा भाग लिने भएका छन् । त्यसका खेलाडी टोली बिहीवार त्यसतर्फ प्रस्थान गरेको छ। च्याम्पियन्सिप मंसिर १५ देखि १९ गते सम्म हुनेछ ।आयशाले महिला व्यक्तिगत र बाबुल शिवाकोटीले पुरुष ४० वर्ष […]
November 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती तीन दिन अग्रता लिएका व्यावसायिक गल्फर तोरण विक्रम शाहीलाई एक स्ट्रोकले पछि पार्दै युवा एमेच्योर गल्फर राहुल विकले सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेक छन् । उनको करियरको यो पहिलो उपाधि हो । गोकर्ण गल्फ कोर्षमा प्रतियोगिताको अन्तिम दिन विहीबार ५-अन्डर ६७ को उत्कृष्ट स्कोर सहित समग्रमा १२-अन्डर २७६ को […]
November 27, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल च्याम्पियन राजन सुवेदी र सुश्रुत दाहाल सिंगापुरमा हुने अन्तर्राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगितामा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल बुद्धिचाल महासंघका अनुसार प्रतियोगिता मंसिर १४ देखि २२ गतेसम्म हुनेछ। राजन २४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका विजेता र सुश्रुत तेस्रो हुन् । उनीहरुलाई महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ […]
November 27, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले थाइल्याण्डको चियाङ–माइमा हुने इलाइट पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा भाग लिने भएका छन्। ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बिहीवार त्यसतर्फ प्रस्थान गर्नेछ । नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ४८ केजीमा लालप्रसाद उप्रेती र ५१ केजीमा […]
November 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – तोरण विक्रम शाहीले सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन बुधवार १-अन्डर ७१ स्कोर गरे। समग्रमा ५६ होलको समाप्तीमा ११-अन्डर २ सय ५ सहित एमेच्योरद्वय सदभाव आचार्य र राहुल विकेलाई ४ स्ट्रोकले पछि पारे। अन्तिम १८ होलको खेल बाकी छँदा ४ स्ट्रोकको अग्रतामा तोरणले उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन्। तेस्रो दिनको […]
November 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता सुरु हुने काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाल भलिबल संघ र हाम्रो खेलकुदबीच प्रत्यक्ष प्रसारणको लागि बुधबार सम्झौता भएको छ । भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरे । सेन्ट्रल एसिया भलिबल एसोसिएसन […]
November 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अनुभवी तोरण विक्रम शाहीले उत्कृष्ट प्रदर्शनका साथ ३ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन मंगलवार पनि शीर्षस्थानमा कायमै रहेका छन्। उनले दोस्रो दिन पनि ५-अन्डर ६७ को स्कोर बनाउँदै समग्रमा १०-अन्डर १ सय ३४ को स्कोर निकाले। यो स्कोरमा उनले सनिल केसीलाई ३ स्ट्रोकले पछि पार्दै अग्रता बढाए। सुनिल […]
November 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुदसहित विविध विषयहरुमा छलफल गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १ सय १८ औं बोर्ड बैठक यसै साता बस्दैछ। झन्डै १५ महिनापछि राखेप बोर्ड बैठक बस्न लागेको हो। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुदमन्त्री भएयता पहिलो पटक राखेप बोर्ड बैठक बस्दैछ। चौधरी मन्त्री नियुक्त भएको ४ महिना भन्दा […]
November 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बीच भलिबल प्रतियोगिता माघमा सिन्धुपाल्चोकको सुकुटेमा हुने भएको छ। नेपाल भलिबल संघको संयोजन, जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको आयोजना तथा व्यवस्थापनमा माघ १ गते देखि ५ गतेसम्म प्रतियोगिता आयोजना हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। त्यो बीच भलिबल महिलातर्फको सातौं र पुरुषतर्फको आठौं संस्करण हुनेछ। […]
November 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- डेविस कपको अघिल्लो चरणमा बढुवा भएको नेपाली पुरुष टेनिस टोलीलाई सोमवार सम्मान गरिएको छ । नेपाल टेनिस संघले टोलीलाई सम्मान गरेको हो। टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुल र सदस्य निरेश श्रेष्ठले टोलीलाई सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे । नोभेम्बर १८ देखि २३ तारिखसम्म बहराइनको मानामामा भएको डेविस कप […]