default_image

अन्य

November 12, 2019

नेपाललाई एक खेल अगावै फाइनल पुग्ने अवसर

ढाका (हाम्रो खेलकुद) – उपाधिको दावेदार नेपालले आज एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तेस्रो खेलमा आज घरेलु टोली बंगलादेशसँग खेल्दैछ । आजको खेल जितेमा नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । खेल नेपाली समयअनुसार दिउसो २ः४५ बजे ढाकास्थित शहिद शुरवार्दी इन्डोर हलमा हुनेछ । शुरुवाती दुई खेलमा एक सेट पनि नगुमाई अपराजित रहेको […]

November 12, 2019

सागमा ५० स्वर्ण जित्ने सदस्य सचिव सिलवालको दाबी

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले अर्को महिना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले कम्तीमा ५० स्वर्ण पदक जिते र पदक तालिकामा दोस्रो स्थान ल्याउने दाबी गरेका छन् । एपी वान टेलिभिजनको एक कार्यक्रममा बोल्दै सदस्य सचिव सिलवालले ५० वा त्यो भन्दा बढी स्वर्ण पदक जित्ने […]

November 12, 2019

क्यानाडा तेक्वान्दो च्याम्पियनसिपमा हिमालयनका खेलाडीको उच्च प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडाको एडमन्टनमा रहेको हिमालयन तेक्वान्दो एकेडेमीले क्यानडियन आइटिएफ राष्ट्रिय तेक्वान्डो च्याम्पियनसिप–२०१९ मा उत्कृष्ट प्रदर्शन गरेको छ । सस्काच्युयन तेक्वान्डो फेडरेसनको आयोजनामा भएको सो प्रतियोगितामा हिमालयनका खेलाडीले १५ स्वर्ण, १४ रजत र १९ कास्य पदक गरि कुल ४८ पदक जितेको क्यानाडाबाट राजु गड्तौलाले जानकारी दिएका छन् । प्रतियोगितामा स्पायरिङ र प्याटर्न गरी […]

November 11, 2019

लगातार तेस्रो जितसँगै माल्दिभ्स शीर्षस्थानमा

ढाका (हाम्रो खेलकुद) – माल्दिभ्सले बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा लगातार तेस्रो जित निकालेको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा माल्दिभ्सले तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी अफगानिस्तानमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा सोमबार भएको एकपक्षीय खेलमा माल्दिभ्सले अफगानिस्तानमाथि २५–६, २५–७ र […]

November 11, 2019

मान र सन्जुको जोडी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागको तयारीमा रहेको नेपाली राष्ट्रिय बिच भलिबल खेलाडी मान बहादुर श्रेष्ठ र सन्जु विक्रम शाहको जोडीले अभ्यास खेलमा जित निकालेको छ । श्रीलंकाको नेगोम्वो बिच भलिबल कोर्टमा सोमबार भएको खेलमा मान र सन्जुको जोडीले सागकै लागि बन्द प्रशिक्षणमा रहेको श्रीलंकाका खेलाडीलाई २–० को सेटमा पराजित गरेको हो । मान र सन्जुको […]

November 11, 2019

‘नेपाल अन्य टोलीभन्दा माथिल्लो स्तरको छ ‘

ढाका (हाम्रो खेलकुद) – नेपालले एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्ने क्रममा सोमबार किर्गिस्तानलाई पराजित गर्यो । सबै सेटको सुरुवाती समयमा केहि दबाब झेलेको नेपालले सोझो सेटको जित आत्मसात गर्न सफल भयो । खेलको पहिलो सेट २५-१५ ले जितेको नेपालले दोस्रो सेटमा २५-१९ को जित दर्ता गर्यो । तेस्रो […]

November 11, 2019

नेपाल विरुद्ध किर्गिस्तान (प्रत्यक्ष प्रसारण)

नेपाल विरुद्ध किर्गिस्तान (प्रत्यक्ष प्रसारण) स्थान : शहिद सुरावार्दी इन्डोर रंगशाला प्रत्यक्ष प्रसारण हेर्न यहाँ थिच्नुहोस अफगानिस्तानविरुद्धको एकपक्षीय जितमा उच्च प्रदर्शन गरेकी प्रतिभा माली किर्गिस्तानविरुद्धको खेलमा पनि नेपाली टोलीको मुख्य हतियार हुनेछिन् । टोलीलाई निरुता ठगुन्ना र सुनिता खड्काको पनि साथ हुनेछ । अघिल्लो खेलमा विश्राममा रहेकी स्पाइकर सरस्वती चौधरी यस खेलमा खेल्ने सम्भावना रहेको […]

November 11, 2019

किर्गिस्तानविरुद्ध सहज जितको अपेक्षा

ढाका (हाम्रो खेलकुद) – उपाधिको दावेदार नेपालले आज एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको दोस्रो खेलमा किर्गिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार १२ः४५ बजे ढाकास्थित शहिद शुरवार्दी इन्डोर हलमा हुनेछ । पहिलो खेलमा अफगानिस्तानमाथि ३–० को एक पक्षीय जित हात पारेको नेपाल दोस्रो खेलमा पनि किर्गितानमाथि सोझो सेटमा जित निकाल्ने लक्ष्यका साथ कोर्टमा […]

November 10, 2019

खेलकुद मन्त्री विश्वकर्माकै सामू रातभर काम गरेका श्रेष्ठ रहेनन्

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) तोकिएकै समयमा गर्ने प्रतिबद्धता शनिबार सहभागी राष्ट्रका प्रतिनिधिसँग गरेको थियो । सरकारका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एनएओसी) को बैठक उद्घाटनमा भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको र समयमा १३ औं साग हुने बताएका थिए । शुक्रबार रातभर दशरथ […]

November 10, 2019

सेन्ट्रल जोन : माल्दिभ्सको लगातार दोस्रो जित

ढाका (हाम्रो खेलकुद) – माल्दिभ्सले बंगलादेशमा जारी प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको दोस्रो खेलमा माल्दिभ्सले आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको हो । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा माल्दिभ्सले पहिलो सेटमा २५–१६ को […]

Success

Thank you for your time.