default_image

अन्य

October 9, 2019

राष्ट्रिय फुटसल टोलीको घोषणा, विजय पनि परे

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको फुटसल कमिटिले बुधबार १४ सदस्यीय राष्ट्रिय फुटसल टोलीकाे घाेषणा गरेकाे छ । फुटसलका मुख्य प्रशिक्षक विष्णु गुरुङ र प्रशिक्षक गौरव बस्नेतले तेस्राे चरणमा रहेका १८ सदस्यीय टाेलीबाट अन्तिम १४ सदस्यीय टाेलीकाे घाेषणा गरेकाे हाे । मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकले प्रारम्भिक चरणमा ३७ सदस्यीय टाेलीबाट […]

October 9, 2019

माल्दिभ्समा जुनियर टोलीलाई मिक्स टिममा कास्य पदक

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली जुनियर ब्याडमिन्टन टोलीले दक्षिण एसियाली यू २१ क्षेत्रिय ब्याडमिन्टन च्याम्पियनसिपमा मिक्स टिममा कास्य पदक जितेको छ । माल्दिभ्समा जारी च्याम्पियनसिपमा नेपाली टोली भारतसँग ३–२ ले पराजित हुँदै फाइनल पुग्नबाट बञ्चित भएको थियो । त्यसअघि बंगलादेश र माल्दिभ्सलाई समान ३–२ ले हराउँदै नेपाली टोली सेमिफाइनल पुगेको थियो । नेपाली टोलीमा प्रिन्स दाहाल, […]

October 5, 2019

विश्व भलिबलको मुख्यालयमा कोपिलाको वृत्तचित्र

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल खेलाडी कोपिला उप्रेतीको वृत्तचित्र अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीवी) को हेडक्वाटर स्वीट्जरल्यान्डको लजानमा सार्वजनिक गरिएको छ । उनको वृत्तचित्र बिहीबार राति सार्वजनिक गरिएको हो । एफआइभीवीका स्पोर्टस् डेभलपमेन्ट डिपार्टमेन्टका हितेश मल्होत्राले कोपिलो भिडियोबाट आफु प्रभावित रहेको र भिडियो निर्माण गर्ने प्रोजेक्ट भलिबल फर लाइफलाई सहयोग गर्ने बताएका छन् । […]

October 4, 2019

एनआरएनए स्पोट्र्स एकेडेमी स्थापनाको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– गैर आवासीय नेपाली संघ नेपाल एनआरएनएले एनआरएनए स्पोट्र्स एकेडेमी गठन गरेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्ट र एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद आइसीसीका युवा संयोजक सुदन थापाले संयुक्त रुपमा एकेडेमीको लोगो सार्वजनिक गरे। लोगोमा एनआरएनको ६ वटा क्षेत्रको प्रतिनिधित्व हुनेगरी ६ वटा ओलम्पिक रिंग राखिएको छ । एनआरएनए […]

October 3, 2019

प्रिन्ससहित ब्याडमिन्टन टोली माल्दिभ्स प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो दक्षिण एसियाली यु–२१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालसहित ८ सदस्यीय नेपाली ब्याडमिन्टन टोली बिहीबार माल्दिभ्स प्रस्थान गरेको छ । पुरुष खेलाडीमा प्रिन्स दाहाल, प्रफुल्ल महर्जन र रुकेश महर्जन तथा महिलामा रशिला महर्जन, जेशिका गुरुङ र सीमा राजवंशी रहेका छन् । प्रशिक्षकमा किरण थापा तथा व्यवस्थापकमा […]

October 3, 2019

दुई पदक विजेता रजनी स्वदेश फर्किए

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियाको बताममा भएको ५३औं एसियाली शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स च्याम्पियनसिपकी दोहोरो पदक विजेता रजनी श्रेष्ठलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले बिहीबार स्वागत गरेको छ । उक्त च्याम्पियनसिपमा रजनीले महिला ५५ केजीमा रजत तथा ३० वर्ष उमेरसमूहमा कांस्य जितेकी थिइन् । रजनी र टोली प्रमुख दिनेश राजभण्डारीलाई शारीरिक सुगठनका केन्द्रीय […]

October 3, 2019

अनिष बने चौथोपटक लिगलिगे राजा

गोरखा (हाम्रो खेलकुद) – भारतीय सेनाका अनिष थापामगर चौथोपटक लिललिगको राजा बनेका छन् । १०औं संस्करण जारी रहँदा पर्वतका अनिष चौथोपटक दौड जित्दै लिगलिगको राजा बन्न सफल भएका हुन् । चेपे र मस्र्याङ्दीको दोभानबाट लिगलिगकोटसम्मको १३.८ किलोमिटर दुरी अनिषले ५७ मिनेट ५५ सेकेन्डमा पुरा गरे । नेपाली सेनाका खगेन्द्र भाटले निर्धारित दुरी १ घण्टा १ […]

October 3, 2019

मानबहादुर र दिलको जोडीले विश्व सैन्य बिच भलिबल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – दुई महिनापछि नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत बिच भलिबलको तयारीमा रहेका नेपाली राष्ट्रिय टोलीका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले चीनमा आयोजना हुने विश्व सैन्य खेलकुद अन्तरगतको बिच भलिबलमा प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तर्राष्ट्रिय सैन्य खेल परिषद् (सीआईएसएम) को आयोजनामा चीनको वुहान सिटीमा आयोजना हुन लागेको […]

October 3, 2019

सैन्य गेम्समा नेपाली सेनाले भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाले पहिलोपटक विश्व सैन्य गेम्समा सहभागी जनाउने भएको छ । अन्तर्राष्ट्रिय सैन्य खेल परिषद् (सीआईएसएम) को आयोजनामा चीनको वुहान सिटीमा आयोजना हुन लागेको सातौ संस्करणमा नेपाली सेनाले सहभागिता जनाउन लागेको हो । नेपाली सेनाले गतवर्ष मात्रै सीआईएसएमको सदस्यता प्राप्त गरेको थियो । सदस्यता प्राप्त गरेसँगै सेनाले सहभागिता जनाउने भएको हो । […]

October 2, 2019

१३ औं सागका लागि कुस्ती खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)- दुई महिनापछि नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि कुस्तीबाट १० पुरुष र १० महिला गरी २० जना खेलाडी छनौट भएका छन् । मकवानपुरको हेटौंडास्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा जारी बन्द प्रशिक्षणमा सहभागि ४० खेलाडीमध्ये सागमा प्रतिस्पर्धा गर्न २० जना छनौट भएका हुन् । दोस्रो चरणमा २८ जना […]

Success

Thank you for your time.