default_image

अन्य

October 12, 2019

साथीभाईलाई बडिमालिका कप भलिबल उपाधि

बाजुरा (हाम्रो खेलकुद)– अछाम मार्कुको साथीभाई क्लबले दोस्रो पदम खत्री स्मृति तथा बडिमालिका कप खुल्ला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । वाजुराको त्रिवेणी नगरपालिका पैमास्थित पार्वती माविको मैदानमा भएको फाइनलमा साथीभाई क्लबले बाजुराको वुढीगंगा नगरपालिकालाई ३–० को सोझो सेटमा हराउदै उपाधि जितेको हो । साथीभाई २५–१२, २५–२३ र २९–२७ को सेटमा विजयी भएको थियो । […]

October 12, 2019

विश्व च्याम्पियनसिपका लागि जुडो टोली मोरक्को जाने

काठमाडौं (हाम्रो खेलाडी)– दुई खेलाडीले मोरक्कोमा आयोजना हुने विश्व जुडो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । अक्टोबर १६ देखि २० सम्म आयोजना हुने विश्व च्याम्पियनसिपमा सोनिया भट्ट र मनिता श्रेष्ठ प्रधानले चुनौती प्रस्तुत गर्नेछन् । मनिताले ५६ केजीमुनि तौल समूह र सोनियाले ४८ केजीमुनि तौलसमूहमा प्रतिस्धर्पा गर्ने छिन् । प्रशिक्षकमा चन्द्रकुमार डंगोल र व्यवस्थापकमा लक्ष्मीरत्न […]

October 12, 2019

चिनियाँ राष्ट्रपति सीलाई खेलकर्मीको स्वागत

काठमाडौं (हाम्रो खेलकुद)– नेपालको दुई दिने भ्रणममा आएका चीनका राष्ट्रपति सी चिनफिङलाई भव्य स्वागत गरिएको छ । राष्ट्रपति विद्या भण्डारीको निमन्त्रणमा सी दुई दिने भ्रमणका लागि शुक्रबार काठमाडौं आइपुगेका हुन् । सीलाई राष्ट्रपति भण्डारी त्रिभुवन विमानस्थलमा स्वागत गरेकी थिइन् । राष्ट्रपति सीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालको नेतृत्वमा कर्मचारी, खेलाडी, प्रशिक्षक, राष्ट्रिय संघका पदाधिकारीलगायतको […]

October 12, 2019

प्रिन्ससहितको पदक विजेता ब्याडमिन्टन टोली आज स्वदेश फर्कने

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा सम्पन्न दक्षिण एसिया जुनियर यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपका पदक विजेता प्रिन्स दाहालसहितको युवा ब्याडमिन्टन टोली आज स्वदेश फर्कने भएका छन् । नेपाली युवा टोली अपरान्ह ४ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्लथमा आइपुग्ने ब्याडमिन्टन एशियाका अम्पायर तथा बिश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) का लाईन जज उदय कुमार अर्यालले जानकारी गराए । नेपाली टोली शनिबार […]

October 12, 2019

भलिबल खेलाडी कोपिलालाई राष्ट्र सेवा पदक

काठमाडौं (हाम्रो खेलकुद)– भलिबल खेलाडी कोपिला उप्रेती राष्ट्र सेवा पदकबाट विभुषित भएकी छन् । प्रहरी दिवसका अवसरमा उनी शुक्रबार सम्मानित भएकी  हुन् । झन्डै एक दशक भन्दा लामो समयसम्म प्रहरी सेवामा रहेकी कोपिला लामो समय राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य रहेकी थिइन् । मंसिरमा स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियलाी खेलकुद (साग) का लागि […]

October 12, 2019

चीनका राष्ट्रपतिको स्वागतमा उभिन खेलकर्मीलाई राखेपको निर्देशन

काठमाडौं (हाम्रो खेलकुद)– चीनका राष्ट्रपति सी चिनफिङको स्वागत र विदाईमा अनिवार्य उपस्थितिका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडी, खेलकर्मी र पदाधिकारीलाई निर्देशन जारी गरेको छ । राखेपका संस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले शुक्रबार पत्र काट्दै संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी र रेफ्रीलाई राष्ट्रपति चिनफिङको स्वागत र विदाईमा अनिवार्य उपस्थितिका लागि निर्देशानुसार भन्दै अनुरोध गरेका […]

October 12, 2019

भलिबल संघका अध्यक्ष शर्मालाई पत्नी शोक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मालाई पत्नी शोक परेको छ । शर्माको पत्नी इश्वरी शर्माको ६७ वर्षको उमेरमा आफ्नै निवास काठमाडौं १६ कालधारा ठमेलमा बिहीबार निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनकै आज पशुपति आर्यघाटमा अन्त्योष्टि गरिनेछ । उनको पार्थिव शरीरमा राखेपका सदस्यसचिव रमेश कुमार सिलवाल, १३औं सागको बन्द […]

October 11, 2019

स्वीस प्रशिक्षक पाभेलले टेबल टेनिस खेलाडीलाई एक साता विशेष प्रशिक्षण दिने

काठमाडौं (हाम्रो खेलकुद) – स्वीट्जरल्यान्डका अन्तराष्ट्रिय प्रशिक्षक पाभेल रिहोरेकले आसन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) को लागि बन्द प्रशिक्षणमा रहेका नेपालका टेबल टेनिस खेलाडीलाई एक साता विशेष प्रशिक्षण दिने भएका छन् । उनी नेपाली टोलीलाई विशेष प्रशिक्षण दिन शुक्रबार नेपाल आइपुगेका छन् । उनको प्रशिक्षणमा खेलाडीहरुको खेल स्तर बृद्धि हुने अपेक्षा गरिएको छ । प्रशिक्षक […]

October 11, 2019

एनआरएनए स्थापना दिवसमा हेरिटेज वाकाथन

काठमाडौं (हाम्रो खेलकुद) – एनआरएनए स्पोट्र्स एकेडेमीले १७ औं गैर आवासिय नेपाली संघ (एनआरएनए) स्थापना दिवसको अवसरमा शुक्रबार एनआरएनए हेरिटेज वाकाथनको आयोजना गरेको छ । स्वयम्भू भगवान पाउबाट सुरु भई शोभा भगवती, क्षेत्रपाटी हुंदै इन्द्रचोकमा गएर टुंगिएको वाकाथनमा एनआरएनएका प्रतिनिधि, खेलकर्मी लगाय ५ सय बढीको सहभागिता थियो । एनआरएनएका अध्यक्ष भवन भट्टले वाकाथनको उद्घाटन गरे […]

October 9, 2019

प्रिन्स दक्षिण एसिया यू २१ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल माल्दिभ्समा जारी दक्षिण एसिया यू २१ क्षेत्रिय ब्याडमिन्टन च्याम्पियनसिपको फाइनलमा पुगेका छन् । बुधबार भएको अन्तिम चारको खेलमा श्रीलंका खेलाडीलाई २–१ ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेका हुन् । पहिलो सेट गुमाएका प्रिन्सले दोस्रो र तेस्रो सेट आफ्नो पक्षमा पारेका थिए । प्रिन्सले च्याम्पियनसिपमा चौथो वरियता […]

Success

Thank you for your time.