September 17, 2019
बुटवल (हाम्रो खेलकुद) – नौलिन स्पोर्टस् भिल्लाको आयोजनामा काठमाण्डौमा सन्चालन हुने दोस्रो नौलिन जेटिआइ जुनियर लन टेनिस प्रतीयोगीतामा भाग लिने खेलाडीको विदाई गरिएको छ । बुटवलमा ६ खेलाडी र प्रशिक्षक गरि ७ जनाको विदाई गरिएको हो । ८ देखी १२ बर्षसम्मका खेलाडीबीचको प्रतिस्पर्धामा सहभागिता जनाउन रुपन्देहीबाट निश्चल ज्ञवाली,योगेश ज्ञवाली, दिपेश ज्ञवाली, शाहिल थापा,रोहीत रानाभाट,बृजेश अर्याल […]
September 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल शनिबार हुने भएको छ । वर्षाका कारण लगातार स्थगित भएको खेल मंगलबार हुने भनिएपनि वर्षाकै कारण सम्भव नभएपछि शनिबार सम्मका लागि स्थगित गरिएको प्रतियोगिता संयोजक विकास गुरुङले जानकारी दिए । खेल नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा […]
September 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं विश्व गोजुरियो कराते च्याम्पियनसिपमा सहभागी हुन १६ सदस्यीय नेपाली टोली मंगलबार मलेसियातर्फ प्रस्थान गरेको छ । असोज २ देखि ६ गतेसम्म मलेसियाको कोलालम्पुरमा आयोजना हुने च्याम्पियनसिपमा नेपालका १६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा सुमन तिमिल्सिनाले सिनियर कातामा प्रतिस्पर्धा गर्ने छन् । यसैगरी राजु पौडेलले भेट्रान कुमुते, दिपेश अधिकारीले ५० […]
September 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) बेलायतले प्रशिक्षक प्रशिक्षणका लागि बेलायत पुगेका ओलम्पियन दीपक विष्टसहित ४ प्रशिक्षकलाई सम्मान गरेको छ । लन्डनस्थित ह्यारोस्थित माया पबमा आइतबार आयोजित कार्यक्रममा विष्ट, त्रिभुवन आर्मी क्लबका दानबहादुर ऐरी, नेपाल पुलिस क्लबका रन्जन श्रेष्ठ र प्रशिक्षक कविराज खड्गीलाई सम्मान गरेको थियो । कार्यक्रममा ब्रिटिश सांसाद वीरेन्द्र […]
September 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आगमी शुक्रबारदेखि जापानमा आयोजना हुने रग्वी वल्डकपका लागि नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । रग्वी वल्डकप अन्तर्गत एसिया रग्वीको व्यवस्थापन तथा वल्ड रग्वीको निमन्त्रणामा इम्प्याक्ट वियोण्ड प्रोजेक्टमा नेपालको प्रतिनिधित्व गर्दै रग्वी संघका सचिव गोविन्द घिमिरेको नेतृत्वमा यु–१८ महिला क्याप्टेन मुस्कान आले मगर र यु–१८ पुरुष अविषेक विके मंगलवार […]
September 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) –स्वदेशमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङबाट सोमबार आठ खेलाडी छनोट भएका छन् । लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा सोमबार सम्पन्न प्रतिस्पर्धाबाट पुरुषतर्फ ५ र महिलामा तीन खेलाडी छनोट भएका हुन् । महिला ४८ केजीको फाईनल खेलमा आर्मीकी लालिता महर्जनले पुलिसकी दिवाना शेर्मालाई अंकका आधारमा […]
September 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका पहिलो रोजाईका ओपन स्पाइकर मानबहादुर श्रेष्ठले प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप’ राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको मंगलबार हुने नेपाल पुलिस क्लबविरुद्धको फाइनल खेल गुमाउने भएका छन् । सोमबार भएको फाइनल दौरान बाया खुट्टाको एंकलमा चोट बोकेर मैदान बाहिरिएका मानबहादुरले मंगलबार हुने फाइनल खेल गुमाउने पक्का भएको […]
September 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल डोरी तान संघको आयोजनामा मंगलबार प्रथम राष्ट्रिय टग अफ वार प्रतियोगिता २०७६ हुने भएको छ । काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरि संघले प्रतियोगिताबारे जानकारी गराएको छ । प्रतियोगितामा महिला र पुरुषमा समान १० टोलीको सहभागिता रहनेछ । तीन विभागिय टोली नेपाली सेना, नेपाल प्रहरी र एपिएफ तथा ७ प्रदेशका टोलीको […]
September 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)- दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा वर्षाले स्थगित भएको छ । निर्धारित समयभन्दा केही ढिला गरी फाइनल सुरु हुदा खेल वर्षाले प्रभावित बनेको हो । अब फाइनल खेल सुरुबाटै मंगलबार हुने आयोजकले जानकारी […]
September 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो भएको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा सोमबार तेस्रो स्थानको लागि भएको खेलमा गण्डकी प्रदेशले एपिएफलाई ३-२ सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको हो । तेस्रो भएको गण्डकीले १ लाख रूपैयाँ […]