September 1, 2019
पोखरा (हाम्रो खेलकुद)- होङ्ग्वान्जी न्यु डायमन्ड एकेडेमी काठमाडौं र विभागीय नेपाल पुलिस क्लब पोखराको लामाचौरमा तीजको अवसरमा आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालयको खेल प्राङ्गणमा आइतबार भएको खेलमा न्यु डायमन्डले सेमिफाइनलमा गण्डकी प्रदेशलाई तथा पुलिसले श्रीगाँउ खेलकुद बिकास समिति दाङलाई समनन ३–० को सोझो सेटमा पराजित […]
August 31, 2019
दिपक न्यौपाने सोफिया /टर्की – मार्सल आर्टस्का विश्व च्याम्पियनसिपमा नेपाली खेलाडीले भाग लिन थालेको लामो समय भइसकेको छ । अलग अलग खेलको विश्व च्याम्पियनसिपमा भाग लिने खेलाडीको सुचि लामो भइसकेको छ । अब विस्तारै विश्व च्याम्प्यिनसिपमा नेपालको प्राविधिक जनशक्ति पनि प्रयोग हुन थालेको छ । यसबाट पनि नेपालको प्राविधिक पक्षलाई बलियो भएको प्रष्ट पारेको छ […]
August 31, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विजय सुनुवार र पञ्चमाया तामाङ राष्ट्रिय लिड च्याम्पियनसिपको च्याम्पियन बनेका छन् । विजय पुरुषतर्फ तथा पञ्चमाया महिलातर्फ च्याम्पियन बनेकी हुन् । सातौं पर्वतीय खेलकुद महोत्सवको अवसरमा नेपाल क्लाइम्बिङ्ग स्पोर्टस् एसोसिएसनले शनिबार ठमेलमा रहेको काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा आयोजना गरेको लिड च्याम्पियनसिपमा पुरुषतर्फ तेन्जिङ राई दोस्रो तथा प्रनिल श्रेष्ठ तेस्रो भए । […]
August 31, 2019
पोखरा (हाम्रो खेलकुद) – काठमाडौंको होङ्ग्वान्जी न्यु डायमन्ड एकेडेमी र गण्डकी प्रदेश एक खेल अगावै पोखराको लामाचौरमा तीजको अवसरमा आयोजना भइरहेको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालयको खेल प्राङ्गणमा शनिबार भएको खेलमा न्यु डायमन्ड र गण्डकीले आ–आफ्नो एक खेलमा सफलता हात पार्दै एक खेल अगावै अन्तिम चारमा […]
August 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दो प्रशिक्षक दिनेश शर्मा अन्तर्राष्ट्रिय मार्सल आर्ट्स गेम्स एन्ड लिजेन्ड अफ द मार्सल आर्ट्स हल अफ फेम (जीकेएमएएफ) को सद्भावना दूत नियुक्त भएका छन् । नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका महासचिव शर्मालाई ग्लोबल कोरियन मार्सल आर्ट्स फेडेरेसनले जीकेएमएएफको सद्भावना दूत नियुक्त गरेको शर्माले जानकारी दिए । फेडेरेसनले अक्टोबरमा अमेरिकाको न्यु […]
August 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ग्रिनल्यान्डले चौधौं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार दोहोरो उपाधि जितेको छ । ग्रिनल्यान्ड सिनियर ब्वाइज र गल्र्समा च्याम्पियन बनेको हो ।जुनियर ब्वाइजमा लालीगुराँस पहिलो भयो । सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले टीआईएलाई ५२–४५ ले पराजित ग¥यो । ग्रिनल्यान्डका सम्पूर्ण गुरुङले १९ अंक जोडे । सिनियर गल्र्स फाइनलमा ग्रिनल्यान्डले एचएचसीएलाई […]
August 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – निम्स र आयोजक रेडिअन्टले सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा निम्सले सिनियर ब्वाइज र सिनियर गल्र्समा उपाधि जित्दै दोहोरो उपाधि जित्न सफल भयो । रेडिअन्टले जुनियर ब्वाइजको उपाधिमाथि कब्जा जमायो । सिनियर ब्वाइज फाइनलमा निम्सले आयोजक रेडिअन्टलाई ५१–४५ ले पराजित ग¥यो । निम्सको जितमा […]
August 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन दीपक विष्टसहित चार जना प्रशिक्षक प्रशिक्षण ङतालिमका लागि आज बेलायत जाँदैछन् । युके स्पोर्टस् र ग्रेट ब्रिटेन तेक्वान्दो एसोसिएसन तथा नेपाल तेक्वान्दो संघबीच दुई वर्षअघि भएको सम्झौता अनुसार चार जनालाई प्रशिक्षणमा जान लागेका हुन् । सेप्टेम्बर १ देखि १० सम्म म्यानचेस्टरमा हुने प्रशिक्षणमा विष्टसहित त्रिभुवन आर्मी क्लबका दानबहादुर ऐरी, नेपाल पुलिस […]
August 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सातौं पर्वतीय खेलकुद महोत्सवको अवसरमा नेपाल क्लाइम्बिङ स्पोर्टस् एसोसिएसनले शनिबार नेशनल लिड क्लाइम्बिङ च्याम्पियनसिप आयोजना गर्ने भएको छ । पर्वतीय खेलकुद महासंघको सहयोग तथा समन्वयमा ठमेलमा रहेको काठमाडौं स्पोर्टस् क्लाइम्बिङ सेन्टरमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । नेशनल लिड च्याम्पियनसीपमा १३ जना महिला र ३३ जना […]
August 30, 2019
पोखरा (हाम्रो खेलकुद) – नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरमा तीज अवसरमा राष्ट्रिय महिला भलिबल प्रतियोगितामा होङग्वान्जी न्यु डायमन्ड एकेडेमी र विभागीय नेपाल पुलिस क्लब एकै समूहमा परेका छन् । आयोजकले शुक्रबार निकालेको खेल तालिकामा ४ पटकको च्याम्पियन होङ्ग्वान्जी न्यु डायमन्ड र नेपाल पुलिससँगै चितवन टाइगर्स एक समूह ‘बीमा परेको हो । समूह ‘ए’ मा […]