default_image

popular

February 12, 2018

विमलको असिस्ट तर मोहन बगान पराजित

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय आइलिगमा मोहन बगान गोकुलमसँग २-१ ले पराजित भएको छ । दोस्रो हाफमा मैदान प्रवेश गरेका विमल घर्ती मगरले आज टोलीका लागि असिस्ट दर्ता गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । मोहन बगान र गोकुलमको पहिलो हाफ गोलरहित टुङ्गिए पनि दोस्रो हाफमा ३ गोल सम्भव भए । खेलको ७६ औं मिनेटमा […]

February 12, 2018

केन्याद्वारा नेपाललाई १ सय ७८ रनको लक्ष्य, सन्दिपको ५ विकेट

काठमाडौं (हाम्रो खेलकुद) – नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताअन्तर्गत अहिले नेपाल केन्यासँग भिड्दै छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले केन्यालाई निर्धारित ५० ओभरमा १ सय ७७ रनमै सीमित गर्न सफल रह्यो । नेपालका लागि युवा स्पिनर सन्दिप लामिछानेले फेरि उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । १० ओभरमा ५ मेडेनका साथ […]

February 12, 2018

सन्दिपको जादुयी बलिङ

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताअन्तर्गत अहिले नेपाल केन्याको सामना गर्दै छ । केन्याले आज खेलमा राम्रो सुरुवात गरेको थियो । केन्या एक समयमा बिना क्षति १६ ओभरमा ६५ रन थियो । त्यस बेला बलिङ गर्न आएका सन्दिपले ओपनर एलेक्स ओबान्डालाई आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए । ४१ ओभरको समाप्तिमा ५ […]

February 12, 2018

सन्दिप अहिलेसम्म प्रतियोगिताका सर्वाधिक विकेट लिने खेलाडि

काठमाडौं (हाम्रो खेलकुद) – आज नेपाली राष्ट्रिय क्रिकेट टोली जारी विश्व क्रिकेट लिग डिभिजन-२ मा केन्याको सामना गर्दै छ । विश्वको आँखा फेरि पनि नेपाली युवा बलर सन्दिप लामिछानेमाथि हुने छ । यहि महिना दिल्ली डेयरडेभिल्ससँग आबद्ध भएका सन्दिप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडि हुँदै छन् । आइपिएलमा छनोट भइसकेपछि धेरैको ध्यान सन्दिपको डिभिजन-२ को […]

February 12, 2018

विमल सम्मिलित मोहन बगान गोकुलमको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्ती मगरको टोली मोहन बगानले हिरो इन्डियन लिग (आइ लिग) मा सोमबार गोकुलमको सामना गर्दैछ । यसै महिना मोहन बगानमा आबद्ध भएका विमलको यो तेस्रो खेल हो । मोहन बगानको मैदानमा भारतीय समय अनुसार खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ । १३ खेलमा मोहन बगानको २१ अंक […]

February 12, 2018

किरण, पारससहित ३५ खेलाडी उत्कृष्ट, जोशीलाई गजराज स्मृति आदर्श खेलाडी सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले नेपाली खेलकुदमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय पदक जित्ने भारोत्तोलनका पूर्व खेलाडी एवंम् मुख्य प्रशिक्षक सुनिललाल जोशीलाई मरणोपरान्त गजराज स्मृति आदर्श खेलाडीबाट सम्मानित गर्ने भएको छ । आज दिउँसो टोखामा आयोजना हुने एनएनआइपिए उत्कृष्ट खेलाडी २०७३ सम्मानमा जोशीको परिवारलाई सम्मान प्रदान गरिने जनाइएको छ । सन् १९८४ […]

Paras Khadka

February 11, 2018

नेपाल ४ विकेटले विजयी, पारस र सोमपाल नायक

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो जित दर्ता गरेको छ । नेपालले आफ्नो तेस्रो खेलमा युएईलाई ४ विकेटले हराउन सफल भएको हो । ३४ ओभरमा १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य ६ विकेटको क्षतिमा २८.५ ओभरमै पुरा गर्न सफल रह्यो । नेपालका लागि कप्तान पारस खड्काले […]

February 11, 2018

आर्मी र एपिएफका खेलाडीबीच झडप (भिडियो)

सिमरा (हाम्रो खेलकुद) – सिमरामा जारी रुस्लान ९ औं सिमरा गोल्ड कपको क्वाटर फाइनलमा विभागिय डर्बी खेलको दोस्रो हाफमा खेलाडीबीच झडप भएपछि खेल केहिबेर रोकिएको थियो । खेलको ७२औं मिनेटमा तनाब सिर्जना भएपछि एपिएफका अन्जन बिष्ट र रन्जन बिष्टले रातो कार्ड पाए भने आर्मीका गोल कर्ता नवयुग श्रेष्ठ पनि रातो कार्ड पाएर बाहिरिएपछि एपिएफ ९ […]

February 11, 2018

युएई १ सय १४ रनमै अलआउट, सोमपाल र सन्दिपको उत्कृष्ट बलिङ

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता अन्तर्गत नेपाल अहिले युएईसँग भिड्दै छ । नेपालले राम्रो बलिङ प्रदर्शन गर्दै ३१ ओभरमा युएईलाई १ सय १४ रनमै अलआउट गर्न सफल भयो । पानी परेर मैदान भिजेकाले ढिलो सुरु भएको कारण खेललाई ३४ ओभरमा झारिएको थियो । नेपालका लागि सन्दिप लामिछानेले फेरि पनि उत्कृष्ट बलिङ प्रदर्शन […]

February 11, 2018

आर्मी ४-० एपिएफ (हाइलाइट्स)

सिमरा (हाम्रो खेलकुद) – सिमरामा जारी ९ औं सिमरा गोल्ड कपको क्वाटरफाइनल अन्तर्गतको विभागीय डर्बीमा नेपाल आर्मीले एपिएफलाई ४-० ले हराउँदै प्रतियोगिताको सेमिफाइनल पुगेको छ । खेलमा जर्ज प्रिन्स कार्कीले २ गोल गरे भने नवयुग श्रेष्ठ तथा दिनेश हेम्जनले पनि गोल गरे ।

Success

Thank you for your time.