November 3, 2018
लन्डन (एजेन्सी) – इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्ले मेकर केभिन डि ब्रुयन चोटका ६ साता मैदान बाहिर रहने भएको छ । कारवाओ कप अन्तरगत बिहिबार राति फुलहमविरुद्ध २–० को जित निकालेका खेलमा ब्रुयनले चोट बोकेका थिए । खेल सकिन ५ मिनेट बाँकी रहँदा केभिनले फुलहमका तिमोथी फोसु मेन्साहासँग ठोक्किदै बाया खुट्टामा चोट बोकेका थिए । […]
November 2, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को लिग चरणका दुई खेल बाँकी रहँदा पनि अहिलेसम्म प्लेअफ र फाइनल पुग्ने टोलीको नाम टुङ्गो लाग्न सकेको छैन । शनिबार लिग अन्तर्गत दुई खेल हुँदैछन् । शुक्रबार खेल सकिंदा अंक तालिका झनै रोमाञ्चक बनेको छ । जुन सुकै टोलीले पनि प्ले अफमा आफ्नो स्थान बनाउन […]
November 2, 2018
वाशिंगटन (एजेन्सी) – मेजर लिग सकर (एमएलएस) प्लेअफको पहिलो चरणमा पेनाल्टीमा चुकेपछि डिसी युनाइटेड बाहिरिएको छ। अतिरिक्त समय २-२ को बराबरीमा सकिएपछि कोलम्बस क्रिउ टाईब्रेकरमा ३-२ ले विजयी भएपछि डिसी बाहिरिएको हो। टाई ब्रेकरमा वेन रुनीले गोल गर्न सकेनन्। खेलमा घरेलु टोली डिसीले २१ औं मिनेटमा फेडरिक ब्रिलियन्टको गोलमा अग्रता लिएको थियो। ३० औं मिनेटमा […]
November 2, 2018
एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेसी ला लिगाअन्तर्गत शनिबार हुने बार्सिलोना र रायो भालेकानोबीच हुने खेलको सम्भावित टोलीमा परेका छैनन् । उनीसँगै ब्राजिलियन विंगर माल्कम पनि टोलीमा समावेश भएका छैनन् । अक्टोबर २० मा सेभिल्लाविरुद्ध खेल्दा हातमा चोट बोकेपछि मेसी मैदान बाहिर नै छन् । यद्यपी उनले केहि दिनयता प्रशिक्षणमा भने सहभागिता जनाइसकेका छन् । […]
November 2, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग ( पीपीएल) को १२ औं तथा आज भएको पहिलो खेलमा धनगढी एक्स्पर्टले घरेलु टोली पोखरा पल्टनलाई २ विकेटले पराजित गर्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । समुह चरणको खेल सकाएको धनगढी ५ खेलमा ३ मा जित र २ मा हारका शिर्ष स्थानमा उक्लिए पनि प्ले अफको […]
November 2, 2018
पोखरा (हाम्रो खेलकुद) – हुलास काठमाडौं रोयल्सले पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा बुटवल ब्लास्टर्सलाई जितका लागि १ सय ७३ रनको विजयी लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनायो । काठमाडौंका लागि नरेश बुढाएरले ५८ रनको अविजित […]
November 2, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत शुक्रबारको पहिलो खेलमा एक्स्पर्ट धनगढी ब्लुजले पोखरा पल्टनलाई २ विकेटले हरायो । खेलमा धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरी म्यान अफ द म्याच भए । उनले धनगढीको लागि अन्तिम ओभरमा १४ रन आवश्यक पर्दा मेहबुब आलमलाई २ चौका र १ छक्का प्रहार गरे । उनले खेलको सुरुवातदेखि नै जित दिलाउनेमा […]
November 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) –साफ यू १८ महिला फुटबल च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेको नेपाली टोलीका सदस्यलाई अखिल नेपाल फुटबल संघले नगदसहित पुरस्कृत गरेको छ । नेपाली टोली भुटानको थिम्पुमा सेप्टेम्बर २८ देखि अक्टुबर ७ सम्म भएको च्याम्पियनसिपको फाइनलमा पराजित भएको थियो । फाइनलमा नेपाली टोली बंगलादेशसँग १–० ले पराजित भएको थियो । एन्फाका टोलीका २३ […]
November 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक छनोटमा भाग लिन नेपाली महिला राष्ट्रिय फुटबल टोली शुक्रबार चीनबाट म्यानमार पुग्दैछ । छनोटको तयारीका लागि नेपाली टोली तीन वटा मैत्रीपूर्ण खेल खेल्नका लागि अघिल्लो साता चीन पुगेको थियो । बेजिङ फोनिक्ससँगको २ खेल ४–१ र २–१ ले गुमाएको नेपाली टोलीले बेजिङ युनिभर्सिटीलाई भने ३–१ हराएको थियो । नेपाल सम्मिलित […]
November 2, 2018
पोखरा (हाम्रो खेलकुद) – कप्तान दीपेन्द्रसिंह ऐरी र इंग्लिस अलराउण्डर पिटर ट्रेगोले उत्कृष्ट प्रदर्शन गरेपछि नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा एक्सपर्ट धनगढी ब्लुजले पोखरा पल्टनलाई २ विकेटले पराजित गरेको छ । पोखराले प्रस्तुत गरेको १ सय ४५ रनको लक्ष्य पछ्याउने क्रममा धनगढीले अन्तिम ओभरमा एक बल बाँकी छँदै ८ विकेट गुमाउँदै लक्ष्य […]