default_image

popular

October 28, 2018

धनगढीलाई पहिलो जीत दिलाउन उत्कृष्ट प्रर्दशन गर्ने ३ खेलाडी

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग(पीपीएल) को चौथो खेलमा विराटनगर टाइटन्सलाई एक्सपर्ट धनगढी ब्लुजले ७८ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्यो  । पोखरा रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको धनगढीले २० ओभरमा अल आउट हुँदै  १ सय ८२ रन बनाएको थियो । १ सय ८३ रनको लक्ष्य पक्ष्याएको विराटनगर धनगढीको कसिलो बलिङ सामु […]

October 28, 2018

एल क्लासिको : बार्सिलोना र रियलको सम्भावित सुरुवाती ११

एजेन्सी – स्पेनिस लिगअन्तर्गत आइतबार राती स्पेनी महारथी रियल म्याड्रिड र बार्सिलोनाबीच एल क्लासिको हुँदैछ । खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा रातको ९ बजे हुनेछ । बार्सिलोनाको गोलरक्षकमा मार्क आन्देर टेर स्टेगन रहनेछन् । डिफेन्समा क्लेमेन्ट लेङलेट र जेरार्ड पिकेलाई जोर्डी अल्बा र सर्जी रोबर्टोले साथ् दिने छन् । मध्य भागमा सर्जियो बुस्केट्स रहनेछन् […]

October 28, 2018

पीपीएल : बुटवलको लगातार दोस्रो जित, शरदको पोखरा पराजित

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत आइतबार दोस्रो खेलमा बुटबल ब्लास्टर्सले घरेलु टोली पोखरा पल्टनलाई ३३ रनले पराजित गरेको छ । योसँगै बुटवल लगातार दुई जित दर्ता गर्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । पोखराको ब्याटिङ पहिलो विकेटको पतनसँगै समस्यामा परेको थियो । १ सय ५१ रनको लक्ष्य पछ्याएको पोखरा २० […]

October 28, 2018

एएफसी यू-१९ : पाकिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई ९-० ले हराएको छ । चोनबुरी रंगशालामा नेपालले एकतर्फी खेलमा पाकिस्तानलाई पूर्ण रुपमा दबाबमा राख्दै सहज जित दर्ता गरेको हो । पहिलो हाफमा नेपालको लागि मन्जली कुमारी योन्जनले दोस्रो मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकि थिइन् । दायाँ विङबाट आएको […]

October 28, 2018

एएफसी यू-१९ : पाकिस्तानविरुद्ध पहिलो हाफमै नेपाललाई फराकिलो अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत समूहको अन्तिम खेलमा पाकिस्तानविरुद्ध पहिलो हाफमा नेपालले ३-० को अग्रता लिएको छ । चोनबुरी रंगशालामा नेपालले एकतर्फी खेलमा पाकिस्तानलाई पूर्ण रुपमा दबाबमा राखेको छ । नेपालको लागि मन्जली कुमारी योन्जनले दोस्रो मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन । दायाँ विङबाट आएको क्रस गोलरक्षकले बचाउन नसक्दा […]

October 28, 2018

भीमको अर्धशतकमा पोखरालाई १ सय ५१ रनको लक्ष्य

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत आइतबार दोस्रो खेलमा बुटबल ब्लास्टर्सले घरेलु टोली पोखरा पल्टनलाई १ सय ५१ रनको विजयी लक्ष्य दिएको छ । बुटवलका लागि भीम सार्कीले अर्धशतक प्रहार गरे । पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बुटबलले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनायो […]

October 28, 2018

खल्लो एल क्लासिको

बार्सिलोना (एजेन्सी) – एल-क्लासिको फुटबल जगतमा सबैभन्दा अपेक्षित र बढी हेरिने फुटबल खेलमध्ये एक हो । करिब १० वर्ष यता यो भिडन्त दुई ऐतिहासिक प्रतिद्वन्दीहरु बीचको प्रतिस्पर्धा मात्र नभई यस पुस्ताको दुई महान् खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो बीचको भिडन्तको रुपमा पनि हेरिने गरिन्थ्यो । विश्वकप पश्चात ट्रान्सफर विन्डोमा रोनाल्डोले रियल म्याड्रिड छाड्दै युभेन्टस […]

October 28, 2018

पीपीएल : सन्दीपको विराटनगरमाथि दीपेन्द्रको धनगढीको सहज जित

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ७८ रनले पराजित गरेको छ । एक्सपर्टले प्रस्तुत गरेको १ सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १७ औं ओभरमा १ सय ४ रनमा अलआउट भयो । प्रतियोगितामा धनगढीको यो पहिलो जित हो । विशाल लक्ष्य पछ्याएको […]

October 28, 2018

पीपीएल : धनगढीद्वारा विराटनगरलाई १ सय ८३ रनको लक्ष्य

पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत आइतबार पहिलो खेलमा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई १ सय ८३ रनको विजयी लक्ष्य दिएको छ । विदेशी खेलाडी ड्यानीएल लरेन्स र सौरभ खनालको ब्याटिङमा धनगढीले बलियो योगफल तयार पारेको हो । पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा अलआउट हुँदै […]

October 28, 2018

चन्द्रागिरि हिल्समा विश्वकप ट्रफी

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप ट्रफी काठमाडौंस्थित चन्द्रागिरि हिल्समा प्रदर्शनीका लागि राखिएको छ । अर्को वर्ष इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपअघि ट्रफी विश्व टुरमा ल्याइएको हो । यसैक्रममा शुक्रबार ट्रफीलाई स्वयम्भुमा प्रदर्शनीका लागि राखेको थियो । आइतबार विहान ट्रफी पोखरा ल्याइएको थियो । फेवातालमा उपकप्तान ज्ञानेन्द्र मल्ल र सन्दिप लामिछानेले ट्रफीसँग बसेपछि पोखरा प्रिमियर […]

Success

Thank you for your time.