October 13, 2018
रियाद (एजेन्सी) – ग्याब्रिएल जेसस र एलेक्स सान्ड्रोले गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले साउदी अरेबियामाथि २–० को सहज जित निकालेको छ । साउदी अरेबियाको घरेलु मैदान किङ साउद युनिभर्सिटीमा शुक्रबार राति भएको खेलमा ब्राजिलले शुरुवातबाटै आक्रमण बुनेपनि गोल गर्न असमर्थ रह्यो । अग्रपङ्तिमा स्टार खेलाडीहरु नेयमार, फिलिपे कौटिन्हो र जेससलाई […]
October 12, 2018
पेरिस (एजेन्सी) – गत साता युरोपेली च्याम्पियन्स लिग अन्तर्गत नेयमारले ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सर्बियाली क्लब रेड स्टार बेल्ग्रेडविरुद्ध ६-१ को नतिजा निकालेको थियो । तर उक्त खेलमाथि यूईएफएले छानबिन गर्ने भएको छ । सर्बियाली क्लब रेड स्टार बेलग्रेडका एक पदाधिकारीले ‘५ गोलको हार’ हुने शीर्षकमा आफ्नै क्लबविरुद्ध करोडौं रुपैयाँ बाजी राखेको […]
October 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा ताजिकिस्तानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै प्यालेस्टाइनले बंगबन्धु कपको उपाधि जितेको छ । प्यालेस्टाइन टाइब्रेकरमा ४-३ ले विजयी रहयो । शुक्रबार ढाकास्थित बंगबन्धु अन्तर्राष्ट्रिय रंगशालामा भएको फाइनल खेलको नियमित समय गोलरहित बराबरीमा टुंगिएको थियो । अतिरिक्त समयमा पनि गोल नहुँदा खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । प्यालेस्टाइनका गोलरक्षक […]
October 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को उपाधि विजेता नेपाली टोली शनिबार स्वदेश फर्कदा टोलीका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने भने नआउने भएका छन् । नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीप मलेसियाबाटै अफगानिस्तान प्रिमियर लिग खेल्नका लागि युईए जाने भएका छन् । नेपाली टोलीका अन्य सदस्य भने मालिन्डो एयर […]
October 12, 2018
अर्जुन कार्की बाग्लुङ – बागलुङ जिल्लाको गल्कोट नगरपालिका जारी २२ औं संस्करणको राष्ट्रिय महिला भलिबलको उपाधिको लागि विभागीय टिम एपीएफ र नेपाल पुलिस भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाईन खेलमा एपीएफले प्रदेश नम्बर ५ लाई र नेपाल पुलिसले त्रिभुवन आर्मीलाई पराजित गर्दै फाईनल प्रवेश गरेका हुन । पहिलो सेमिफाईनल खेलमा साविकको विजेता एपीएफले प्रदेश नम्बर […]
October 12, 2018
एजेन्सी – श्रीलंकाका तीव्र गतिका बलर लाथिस मलिङ्गामाथि भारतीय गायिका चिन्मयी श्रीपदालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । केहि बर्ष पहिले आईपीएल चलिरहेको बेला मुम्बईको एक होटलमा मलिङ्गाले आफुमाथि यौन दुर्व्यवहार गरेको सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेकी छन् । भारतीय इन्डियन टिभी स्पोर्टका अनुसार केहि बर्ष पहिले आईपीएल चलिरहेको बेला श्रीपदाका आफ्नो साथी मुम्बईको […]
October 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सिग्नेचरसिग्नेचर मनाङ मर्स्याङदी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई ३-१ ले पराजित गरेको छ । ब्रिगेड ब्वाइजले पहिलो हाफमा १-० को अग्रता लिएपनि मनाङले दोस्रो हाफमा पुनरागमन गर्दै जित दर्ता गरेको हो । ब्रिगेड ब्वाइजका लागि रजत तिवारीले खेलको २९ औं मिनेटमा सुन्दर गोल गर्दै सुरुवाती अग्रता दिलाए […]
October 12, 2018
काठमाडौँ – आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को उपाधि नेपालले जितेको छ । ८२ रनको लक्ष्य पक्ष्याएको नेपाल ०.३ ओभरमा १ रन बनाउन १ विकेट गुमाएको अवस्थामा पानी परेपछि खेल खेल पुन हुन नसक्नेभए पछि नेपाल विजेता बनेको हो । समान ६ खेलमा समान ११ अंक भएपनि नेपाल नेट रन रेटका आधारमा अघि […]
October 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अहिले जारी खेलमा ब्रिगेड ब्वाइज क्लबले सिग्नेचर मनाङ मर्स्याङदी क्लबविरुद्ध १-० को अग्रता लिएको छ । ब्रिगेड ब्वाइजका लागि रजत तिवारीले खेलको २९ औं मिनेटमा सुन्दर गोल गर्दै सुरुवाती अग्रता दिलाए । रजतले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको शक्तिशाली प्रहार दर्शनीय गोलमा परिणत भएको थियो । खेलमा […]
October 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार दोस्रो खेलमा सिग्नेचर मनाङ मर्स्याङदी क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्दैछन् । सुरुवाती ११ : ब्रिगेड ब्वाइज क्लब: सागर राय, दिलेन लोक्तान (कप्तान), रन्दिप पौडेल, दिपेन राज सिंह, मनोज राइ, जय गुरुङ, गणेश बुढाथोकी, रजत तिवारी, शिशिर लेखि, अनुप गुरुङ, ऋतिक खड्का सिग्नेचर मनाङ […]