October 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबकी कान्छी माया कोजुले म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । १२औं संस्करणको काठमाडौं म्याराथन अन्तरगत शनिबार बिहान भएको म्याराथनमा कान्छीले निर्धारित दुरी २ घन्टा ५० मिनेट ४१ सेकेन्डमा पुरा गर्दै दुई वर्ष अघि आफ्नै नाममा रहेको कीर्तिमान भंग गरेको हो । उनले २०७३ को काठमाडौं म्याराथनमा २ […]
October 6, 2018
काठमाडौँ (हाम्रो खेलकुद) – बंगलादेशमा जारी बंगबन्धु कप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा शनिबार (आज)नेपालले प्यालेस्टाइनको सामना गर्दैछ । प्रतियोगिताको साविक विजेता नेपाललाई सेमिफाइनलमा पुग्न २ गोल वा सो भन्दा बढीको जित आवश्यक छ । नेपाल रहेको समूह ‘ए’ मा ताजिकिस्तान र प्यालेस्टाइन छन् । दुई समूहका समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान स्थान […]
October 6, 2018
एजेन्सी- मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा उपाधिको एक्लो दाबेदार टोली नेपालले घरेलु टोली मलेसियालाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । १ सय १ रनको सामान्य लक्ष्य पक्ष्याएको नेपाल १२ ओभर ४ बलमा २ विकेटको क्षतिमा १ सय १ रन बनाउदै लक्ष्य सहजै पुरा गरेको हो । दोस्रो […]
October 6, 2018
एजेन्सी – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा घरेलु टोली मलेसियाले नेपाललाई १ सय १ रनको लक्ष्य दिएको छ । बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अल आउट हुदैँ १०० रन बनाउन सकेको हो । पहिलो विकेटको लागि ओपनर सायिद अजिज र शफिक शरिफले […]
October 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा मलेसियाबीरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने निम्तो पाएको छ । बायोमास ओभल क्रिकेट मैदानमा केहि समय अघि भएको टसमा मलेसियाले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । मलेसियाले अहिले सम्म नेपाललाई कुनै पनि खेलमा हराउन सकेको छैन । उपाधिको एक्लो दाबेदार नेपाललाई […]
October 6, 2018
लिस्बन (एजेन्सी) – अक्टोबरमा हुने दुई अन्तर्राष्ट्रिय खेलहरुका लागि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो टोलीमा परेका छैनन्। सेप्टेम्बरमा सम्पन्न मैत्रीपूर्ण खेलमा नखेलेका रोनाल्डो यसपटक पनि टोलीमा नपर्नुमा धेरैले जिज्ञासा राखेका छन् । अघिल्लो साता मात्र एक अमेरिकी युवतीले सन् २००९ को घटनालाई लिएर उनमाथि बलात्कारको आरोप लगाएकाले धेरैले उनी राष्ट्रिय टोलीबाट नखेल्नुलाई यस घटनासँग जोडेका छन् […]
October 6, 2018
लन्डन (एजेन्सी)– चेल्सीका सुपरस्टार इडन हाजार्डले प्रिमियर लिगमा यो सिजनको सुरुवातमा आफुलाई लागेका चार उत्कृष्ट खेलाडीको सुचि तयार पारेका छन् । बेल्जियमका सुपर स्टार हाजार्डले मोहम्मद सलाह, केभिन डी ब्रुइने, सर्जियो अगुइरो र एनगोलो कान्टेलाई उत्कृष्ट चार खेलाडीमा राखेका छन् । यो सिजन सलाहको सुरुवात सन्तोषजनक हुन सकेको छैन । अघिल्लो सिजन लिभरपुलका लागि सहालले […]
October 6, 2018
टुरिन (एजेन्सी)– इटालियन क्लब युभेन्ट्स बलात्कारको आरोप लागेका आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका पक्षमा उभिएको छ । अमेरिकी मोडलले रोनाल्डोलाई आफुलाई बलात्कार गरेको आरोप लगाएकी छिन् । युभेन्ट्सले सामाजिक सञ्जालमार्फत रोनाल्डोको पक्षमा भनाई राखेको छ । ३३ वर्षे रोनाल्डोलाई मोडल काथरेन मार्योगाले लास भेगासको होटलमा बलात्कार गरेको आरोप लगाएकी छिन् । त्यो विषयमा नबोल्न त्यसबेला […]
October 6, 2018
लन्डन (एजेन्सी) – युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीबीच धेरैजसो च्याम्पियन्स लिगका किर्तिमानहरु बाँडिएका छन् । रोनाल्डो र मेस्सी यस शताब्दीका दुई उत्कृष्ट खेलाडी हुन् र अधिकांश किर्तिमान रोनाल्डो वा मेस्सीको नाममा छ। तर आज हामी फुटबलका यी दुई महारथीको नाममा नरहेको ५ किर्तिमान हेर्छौँ । १. युरोपियन कप फाइनलमा सर्वाधिक गोल युरोपियन […]
October 6, 2018
काठमाडौं (हाम्रो खेलकुद)– लामो समयपछि सहिद स्मारक ए डिभिजन लिग आयोजनाले सम्बन्धित सबै उत्साहित भएको आफुले पाएको लिग निर्देशक सञ्जिव मिश्रले बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा झन्डै ५ वर्षपछि असोज १३ गते ए डिभिजन लिग सुरु भएको थियो । तर, राष्ट्रिय फुटबल टोलीले बंगलादेशमा जारी बंगबन्धु गोल्ड कपमा भाग लिइरहेका […]