default_image

popular

August 20, 2018

रोनाल्डो, सलाह र मोड्रिच उत्कृष्ट खेलाडीको मनोनयनमा

जुरिच (एजेन्सी) – स्पेनिस क्लब रियल मड्रिडका पुर्वस्टार क्रिस्टियानो रोनाल्डो, रियलकै लुका मोड्रिच र लिभरपुलका मोहम्मद सलाह युइएफए वर्ष पुरुष खेलाडीको शीर्ष तीनको मनोनयनमा परेका छन् । युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले सोमबार सार्वजनिक गरेको २०१७/१८ को सिजनको शीर्ष तीनको मनोनयनमा रियलका दुई खेलाडीले स्थान बनाउदा लिभरपुलका सलाहले पनि अन्तिम तीनमा स्थान बनाए । […]

August 20, 2018

टेस्टमा कोहलीको अर्को शतक, भारतलाई ठूलो अग्रता

नर्टिघम (एजेन्सी)– इग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा पकड बलियो बनाउँदै लगेको भारतका लागि दोस्रो इनिङ्समा कप्तान विराट कोहलीले शतक पुरा गरेका छन् । टेस्ट क्रिकेटमा यो उनको २३ औं शतक हो । पहिलो इनिङ्समा पनि टोलीका लागि सबैभन्दा बढी रन बनाउने क्रममा कोहलीले ९७ रन बनाएका थिए । पहिलो इनिङ्समा ३ सय २९ रन बनाएको भारतले इग्ल्यान्डलाई […]

August 20, 2018

एसियाड पाराग्लाइडिङः २ राउन्डमा नेपाल तेश्रो स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)-१८औं एसियाली खेलकुदअन्तर्गत प्याराग्लाइडिङको व्यक्तिगत एक्युरेसीको पहिलो २ राउन्डको खेल सकिँदा नेपालका विजय गौतम तेस्रो स्थानमा छन् । पहिलो स्थानमा इन्डोनेसियाका मेगावान्तो जाफ्रो छन् । यस्तै दोस्रो स्थानमा थाइल्यान्डका विटेहाम जिरासाक छन् । यो प्रतिस्पर्धाको तेस्रो राउन्ड केहि खेलाडीले सकेपनि नेपालका गौतमले खेल्न बाँकी छ । ६ राउन्डसम्म चल्ने यो प्रतिस्पर्धा बुधबार सकिने […]

Paras Khadka

August 20, 2018

एसिया कप छनोट अवसर र चुनौती दुवैः कप्तान पारस

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले एसिया कप छनोट अवसर र चुनौती दुवै रहेको बताएका छन् । मलेसियामा अगस्ट २८ बाट सुरु हुने एसिया कपको छनोट खेलको अभ्यासका लागि श्रीलंका प्रस्थान गर्नुअघि पारसले पत्रकारहरुसँगको कुराकानीका क्रममा एसिया कप छनोट अवसर र चुनौती दुवै रहेको बताएका हुन् । ‘एसिया कप छनोट पक्कै […]

August 20, 2018

एसियाड लन टेनिस – मायांका र माहिकाको जोडी प्रि–क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा जारी १८औं एसियाड अन्तर्गत लन टेनिसको महिला युगलतर्फ नेपाली टोली अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ को खेलमा नेपालकी महिला राणा र मायांका राणाको जोडीले माल्दिभस्मको अमिन्था इरुफ र रसिद अब्दुलको जोडीलाई हराएउदै अन्तिम प्रि क्वार्टरफाइनलमा स्थान बनाएको हो । नेपालको टिमले ६–४ र ६–१ को सेटमा […]

August 20, 2018

काठमाडौं म्याराथन र स्पोर्टस् एक्स्पो अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)–१२ औं संस्करणको काठमाडौं म्याराथन असोज चौथो साता हुने भएको छ । प्रो स्पोर्टस् प्रालि र इभेन्ट सोलुसनको आयोजनामा काठमाडौं म्याराथन असोज २० गते हुने भएको हो । मुख्य आयोजक निलेन्द्रराज श्रेष्ठले १२ औं संस्करणको काठमाडौं म्यारानलाई अझ भव्य र व्यवस्थित बनाउन यसपटक नेपालमै पहिलोपटक स्पोर्टस् एक्स्पो आयोजना गर्न लागिएको सोमबार आयोजित पत्रकार […]

August 20, 2018

एसियाडमा निमाको राष्ट्रिय कीर्तिमान, पौडीकी गौरिका हिटबाटै बाहिर

काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा जारी एसियाली खेलकुद अन्र्तगत नेपालकी निमा घर्तीमगरले उसुको थाउलोको नान्डोतर्फ नयाँ राष्टिय किर्तिमान कायम गरेकी छिन् । सोमबार भएको स्पर्धामा निमाले ९.१७ अंकका साथ किर्तिमान बनाएकी हुन् । इन्डोनेसियाको जार्कातामा जारी एसियन गेम्समा नेपाली खेलाडी बनाएको यो पहिलो किर्तिमान हो । नयाँ राष्ट्रिय कीर्तिमान बनाएपनि निमा १२ खेलाडीमध्ये ११ औं स्थानमा […]

August 20, 2018

एसिया कप छनोटको अभ्यासका लागि नेपाली क्रिकेट टोली श्रीलंकातर्फ

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा हुने एसिया कप क्रिकेटको छनोट प्रतियोगिताको अभ्यासका लागि नेपाली क्रिकेट टोली सोमबार प्रस्थान गरेको छ । नेपाली टोली मालिन्डो एअरलाइन्सबाट दिउसो श्रीलंका प्रस्थान गरेको छ । १४ खेलाडीसहितको २० सदस्यीय नेपाली क्रिकेट टिमलाई सोमवार सभामुख कृष्ण बहादुर महराले बालुवाटारस्थित आफ्नै निवासमा बिदाई गरे । सीपीएल खेलिरहेका सन्दीप लामिछाने वेस्ट इन्डिजबाटै […]

August 20, 2018

सन्दीप वेस्ट इन्डिजबाटै मलेसिया जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिजबाटै एसिया कप क्रिकेटको छनोट प्रतियोगिता खेल्न मलेसिया जाने भएको छ । नेपाल क्रिकेट टोली भने श्रीलंकामा अन्तिम तयारी गर्दै मलेसिया पुग्नेछ । पारस खड्कोको कप्तानीमा रहेको टोली सोमबार श्रीलंका प्रस्थान गर्दैछ । सन्दीप अहिले वेस्ट इन्डिजमा क्यारेविन प्रिमियर लिग (सीपिएल) मा व्यस्त रहेका […]

August 20, 2018

रियलको जितमा बेलको गोल

मड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले विजयी शुरुवात गरेको छ । गेटाफेलाई २–० ले पराजित गर्दै स्पेनिस जाइन्ट रियलले विजयी शुरुवात गरेको हो । घरेलु मैदान सान्टियागो बर्नबेउमा रियललाई जिताउन ग्यारेथ बेल र डेनी कार्भाहलले गोल गरे । २० औं मिनेटमा कार्भाहलको हेड गोलमार्फत रियलले खेलमा अग्रता बनाएको थियो । मैदानको बायाँ […]

Success

Thank you for your time.