February 10, 2018
सिमरा (हाम्रो खेलकुद) – आयोजक नवजनजागृति युवा क्लब (एनजेजेवाइसी) सेतो लाई टाई ब्रेकरमा ४-१ ले हराउँदै मोरङ फुटबल क्लब नवौं रुस्लान सिमरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । एनजेजेवाइसीले दोस्रो हाफको ६६ औं मिनेटमा विजय श्रेष्ठको गोलमा अग्रता लिएपनि मोरङले ७५ औं मिनेटमा भुवन बस्नेतको गोलमा बराबरी गरेको थियो । निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको […]
February 10, 2018
धरान (हाम्रो खेलकुद) – रुस्लान थ्रीस्टार क्लब बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । फाइनलमा थ्रीस्टारले नेपाल पुलिस क्लबलाई १-० ले हराउन सफल रह्यो । थ्रीस्टारका लागि अजयी मार्टिन्सले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दुवै टोलीले दोस्रो हाफमा केहि अवसर पाए पनि मार्टिन्सको पहिलो हाफको […]
February 10, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व उपाध्यक्ष कर्मा छिरिङ शर्पाले पुनः एन्फा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विभिन्न जिल्ला संघ, ए, बी, सी डिभिजन प्रतिनिधि तथा फुटबलका अन्य सरोकारावालको ठूलो दलबलसहित राजधानीमा शनिबार पत्रकार सम्मेलन गर्दै शेर्पाले चैतमा हुने निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । तत्कालिन अध्यक्ष गणेश […]
February 9, 2018
धरान (हाम्रो खेलकुद) – नौं पटकका विजेता नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार क्लबबीच शनिबार २० औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । बुढाासुब्बा ५ पटक जितेको पुलिस र ४ पटक जितेको थ्री स्टार धरानमा उपाधिका लागि भने पहिलो पटक भिड्दैछन् । फाइनल धरान १६ स्थित प्रादेशिक रंगशालामा हुनेछ । […]
February 9, 2018
सिमरा (हाम्रो खेलकुद) – आयोजक नवजनजागृति युवा क्लब ‘निलो’ लाई २-० ले पराजित गर्दै ९ औं सिमरा गोल्ड कपको क्वाटर फाइनल पुगेको नेपाल एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले एपिएफ फिनिसिङ्गमा कमजोर देखिएकाले खेलको सुरुआतमा केही दबाब रहेको बताउँछन् । खेल पछिको पोस्ट म्याच कन्फरेन्समा बोल्दै उनले खेल योजना अनुरुप भएपनि सुरुआतमा गोल गर्न नसक्दा दबाब महसुस गर्नुपरेको बताए […]
February 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको विभागीय टोली एपिएफ र हङकङको महिला फुटबल टोलीबीच मैत्रीपूर्ण फुटबल हुने भएको छ । ‘लुनार न्यू यर्स कप’ मा नेपाल एपिएफले हङकङ कवलुन स्थित मंग कक रंगशालामा खेल खेल्ने छ । ‘लुनार न्यू यर्स कप’ चिनी नँया वर्षको अवसरमा हरेक वर्ष हुने प्रतियोगिता हो । खेल १९ फेब्रुअरीमा (फाल्गुन ७) […]
February 9, 2018
सिमरा (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब रुस्लान नवौं सिमरा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आयोजक नवजनजागृति युवा क्लब (एनजेजेवाइसी) निलोलाई शुक्रबार २–० ले हराउँदै अन्तिम आठमा पुगेको हो । एपिएफले क्वार्टरफाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद डट कम सिमरा रंगशालामा […]
February 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत दोस्रो खेलमा नेपालले शुक्रबार ओमानको सामना गर्दैछ । पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएको नेपाल लगातार दोस्रो जित दर्ता गर्ने सुरमा हुनेछ । अोमान पहिलो खेलमा क्यानडासँग ८ विकेटको फराकिलो अन्तरले पराजित भयो । उक्त खेलमा पहिलो ब्याटिङ गरेको अोमान १ सय ६ रनमा अलअाउट भएको […]
February 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा नेपालले नामिबियालाई १ विकेटले पराजित गरेको छ । १ सय ३९ रनको सानो लक्ष्य पछ्याएको नेपालको ८ विकेटको क्षतिमा १ सय ४ रन थियो । तर पुछारका ब्याट्सम्यानले राम्रो प्रदर्शन गरेपछी नेपाल हारबाट जोगियो । नेपालका लागि बसन्त रेग्मीले १० औ नम्बरमा ब्याटिङ् […]
February 8, 2018
सिमरा (हाम्रो खेलकुद) – रुस्लान नवौं सिमरा गोल्डकपमा आयोजक नवजनजागृति युवा क्लब (एनजेजेवाईसी) ‘सेतो’ ले विजयी सुरुवात गरेको छ । बाराको सिमरा रंगशालामा बिहीबार हेटौंडाको विजय युथ क्लबलाई ४–१ ले हराउँदै एनजेजेवाइसी क्वार्टरफाइनलमा पुगेको हो । आयोजकको जितमा विशन गुरुङ, त्रिदेव गुरुङ, धिरज श्रेष्ठ र अफ्रिकी खेलाडी भिक्टर आमोहिले गोल गरे । हटौंडाका लागि एकमात्र […]