default_image

popular

January 23, 2017

नेपाल एसियन कप छनोटको कठिन समूहमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल दुई महिनापछि हुने एएफसी एसियन कप छनोटका लागि कठिन समूहमा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले संयुक्त अरब इमिरेट्समा गरेको समूह विभाजनमा नेपाल समूह एफमा फिलिपिन्स, ताजकिस्तान र यमनसँग परेको छ । सन् २०१८ को विश्वकप र एसियन कपको छनोटको सुरुआतमा पराजित भएपछि दुई महिना अघि एएफसी सोलिडारिटी कप […]

January 23, 2017

प्रत्यक्ष प्रसारण : एसियन कप २०१८ छनोट चरण ड्र

काठमाडौं (हाम्रो खेलकुद) – दुई महिना पछि सुरु हुने एएफसी एसियन कप छनोटअन्तर्गत समूह विभाजनको ड्रमा भाग लिन नेपाली राष्ट्रिय फुटबल टोलीका जापानी प्रशिक्षक ग्योतुको कोजी आइतबार नै संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी पुगिसकेको छन् ।  ड्र को प्रत्यक्ष प्रसारण ५:४५ बजे सुरु हुनेछ

January 23, 2017

झापालाई हराउँदै आर्मी सेमिफाइनल

पोखरा (हाम्रो खेलकुद) –  त्रिवुभन आर्मी क्लब १५ औं आहा रारा गोल्डकपको सेमिफाइनल पुगेको छ । पोखरा रंगशालामा सोमबार रमपम झापा ११ लाई २–० ले गोलले हराउदै आर्मीले आयोजक सहारा क्लब सगँको भेट पक्का गरेको छ । राष्ट्रिय टोलीका स्ट्राइकर समेत रहेका नवयुग श्रेष्ठ र भरत खवासले हाफमा गोल गरेपछि सेनाले जित निकालेको हो । […]

January 23, 2017

प्रशिक्षक न्यौपानेको नयाँ ‘मिसन’, आहा गोल्डकपको क्वार्टरफाइनलमा आज आर्मी र झापा भिड्दै

पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी नवीन न्यौपानेका प्रशिक्षकका रुपमा पछिल्लो छ महिना निकै अर्थ पूर्ण रहेको छ । खेलाडी प्रशिक्षकका रुपमा झन्डै दुई दशक लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीमा रहेका न्यौपानेले विभागिय टोली सम्हालेको ६ महिना मात्र पुग्दैछ । यो छ महिनाको बीचमा उनको नेतृत्व हेर्ने हो भने लोभलाग्दो नै छ । उनको […]

January 23, 2017

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिश ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले ऐबारलाई ४-०को फराकिलो अन्तरले पराजित गरेको छ। डेनिस सुआरेजको पहिलो हाफको गोलले अग्रता लिएको बार्साले दोश्रो हाफमा तिन गोल थप्यो। बार्साका लागि तिनै स्टार फरवार्ड लिओनेल मेस्सी, लुइस सुआरेज र नेयमारले गोल गरेका थिए। जितसंगै १९ खेलमा ४१ अंक जोडेको बार्सा लिग तालिकाको तेश्रो […]

January 22, 2017

कोस्टाको पुनरागमनमा चेल्सीको जित

लन्डन (एजेन्सी)– रेलिगेसन क्षेत्रमा रहेको हल सिटीलाई सोमबार २–० ले हराउँदै शीर्षस्थानको चेल्सीले प्रिमियर लिगमा अंक अन्तरलाई अझै बढाएको छ । दुई हाफमा एक एक गोल गर्दै चेल्सीले हलमाथि जित हासिल गरेको थियो । चोटका कारण अघिल्लो साता लेस्टरसँगको खेल गुमाएका डिएगो कोस्टाले पुनरागमन गरेको खेलमा पहिलो गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयको […]

January 22, 2017

प्रधान सेनापति राष्ट्रिय भलिबलमा सेनाको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेपाली सेनाले प्रधान सेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । सेनाले उद्घाटन खेलमा आइतबार अर्को विभागिय टोलीे एपिएफ लाई २५—१५, २५—१९ र २५—२० को सोझो सेटले हराएको थियो । अन्य खेलमा नेपाल प्रहरी, पश्चिमाञ्चल र पूर्वाञ्चलले सफलता प्राप्त गरेका छन् । नेपाल प्रहरीले मध्यमाञ्चललाई २५—१०, २५—१७ […]

January 22, 2017

सिएमजी क्लब कोलाकाता भेट्रान्सको सेमिफाइनलमा

काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानहरु सम्मिलित सिएमजी क्लब भेट्रान्स टोली भारतको कोलकातामा जारी आठौं कोलकाता भेट्रान्स अन्तर्राष्ट्रिय आमन्त्रण सकर च्यालेन्जको सेमिफाइनलमा पुगेको छ । राष्ट्रिय टोलीका पूर्व कप्तान बालगोपाल महर्जनले टेलिफोनमा दिएको जानकारी अनुसार समूह बीको विजेताका रुपमा सिएमजी अन्तिम चारमा पुगेको छ । एट ए साइडको पहिलो खेलमा कोलकाता भेट्रान्ससँग […]

January 22, 2017

सहारा ऐकेडेमीलाई गुरुङको अढाई लाख सहयोग

पोखरा (हाम्रो खेलकुद)– हङकङमा कानुन व्यवसायीका रुपमा सक्रिय देव गुरुङले सहारा एकेडेमीका लागि आर्थिक सहयोग गरेका छन् । गुरुङले आइतबार एकेडेमीका लागि २ लाख ५० हजार रुपैयाँ क्लबलाई हस्तान्तरण गरेका छन् । पोखरा रंगशालामा जारी १५ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र धरान फुटबल क्लबबीचको क्वार्टरफाइनल खेलको मध्यान्तरका दौरान […]

January 22, 2017

सर्वाधिक पुरस्कार राशिको पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) –  राष्ट्रिय युवा अभियानको आयोजनामा काठमाडौंमा सर्वाधिक पुरस्कार राशिको ‘प्रथम राष्ट्रिय पुरुष भलिबल रनिङ शिल्ड’ प्रतियोगिता हुने भएको छ । आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय युवा अभियानको स्थापना दिवसको अबसर पारेर काठमाडौंमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गरायो । प्रतियोगितामा तीन विभागीय त्रिभुवन आर्मी, नेपाल प्रहरी र नेपाल एपिएफ क्लबसहित […]

Success

Thank you for your time.