default_image

popular

December 28, 2016

नेपाली भलिबल टोली आज स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा भाग लिएर नेपाली राष्ट्रिय भलिबल टोली बुधबार दिउँसो स्वदेश फर्कदैछ । च्याम्पियनसिपमा लगातार दोस्रो पटक चौथो हुँदै टोली फर्कन लागेको छ । तेस्रो स्थानका लागि माल्दिभ्ससँग मंगलबार भएको प्रतिस्पर्धा ३–१ ले गुमएपछि भएपछि नेपाल पदक विहिन भएको थियो । आयोजक बंगलादेश सेन्ट्रल जोन च्याम्पियन बन्यो भने […]

December 28, 2016

प्रिमियर लिगमा लिभरपुल पुनः दोस्रो स्थानमा

लिभरपुल (एजेन्सी)– स्टोक सिटीलाई मंगलबार राती ४–१ ले हराउँदै लिभरपुल  प्रिमियर लिगमा पुनःदोस्रो स्थानमा उक्लेको छ । १८ खेलको समाप्तीमा शीर्षस्थानको चेल्सी र लिभरपुलबीच ६ अंकको दुरी रहेको छ । चेल्सीको ४६, लिभरपुलको ४० र तस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीको ३९ अंक छ । घरेलु मैदानमा १–० ले पछि परेको खेललाई लिभरपुलले उल्टाएको थियो । […]

December 27, 2016

स्यान्टु टेबल टेनिसका नयाँ च्याम्पियन, नवितालाई निरन्तर सफलता

विराटनगर (हाम्रो खेलकुद) – नेपाल पुलिसका स्यान्टु श्रेष्ठ टेबल टेनिसमा नयाँ राष्ट्रिय च्याम्पियन बनेका छन् । महिलातर्फ पुलिसकी नविता महर्जनले स्वर्ण पदक जितेकी छिन् । स्यान्टुले पुरुष एकलको फाइनलमा मंगलबार एपिएफका शिवसुन्दर गोथेलाई १२–१०, ११–७, ८–११, ११–४, ५–११, ११–९ ले पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । स्यान्टुले सेमिफाइनलमा तीन पटकका च्याम्पियन पुलिसकै दिप साउनलाई […]

December 27, 2016

भलिबलमा एपिएफका दुवै टोली फाइनलमा

इटहरी (हाम्रो खेलकुद)– एपिएफ सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला र पुरुष दुवैको फाइनलमा पुगेको छ । एपिएफले दुवैतर्फको सेमिफाइनलमा अर्को विभागिय टोली नेपाल पुलिसलाई हराएको थियो । पुलिसजस्तै पश्चिमाञ्चलको दुवै टोलीको यात्रा सेमिफाइनलमै टुंगिएको छ । मंगलवार इटहरी रंगशालामा महिलाको सेमिफाइनलमा २६–२४,२५–१२ र २५–११ ले जितेको एपिएफले एपिएफले पुरुषतर्फको सेमिफाइनल २५–२३, १५–२५, २५–२० र २६–२४ ले […]

December 27, 2016

सोलिडारिटी कप विजेता नेपाललाई एसिया कप छनोट खेल्ने मौका

प्रकाश तिमल्सिना काठमाडौं – नेपालले एएफसी एसिया कप फुटबलको छनोटमा भाग लिने मौका पाएको छ । ग्वामले छनोटबाट नाम फिर्ता लिएपछि एसियाली फुटबल महासंघ (एएफसी) ले त्यो ठाँउमा नेपाललाई मौका दिन लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । डेढ महिनाअघि मलेसियाको कुचिङमो एएफसी सोलिडारिटी कप जितेले नेपाललाई एएफसीले नेपाललाई मौका दिन लागेको […]

December 27, 2016

नेपाल माल्दिभ्ससँग भिड्नका लागि तयार

दिपेश तिमल्सिना भारत (सिलिगुडी)– चौथो महिला दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा दमदार सुरुआत गरेको नेपालले बुधबार अर्को खेलमा माल्दिभ्सको सामना गर्दैछ । माल्दिभ्सलाई हराउन सके नेपाल सेमिफाइनल यात्रा लगभग निश्चित भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा भुटानलाई ८—० को फराकिलो अन्तरले हराएको नेपालका लागि माल्दिभ्स नौलो र बलियो प्रतिद्वन्द्वि होइन । माल्दिभ्सले सन् २०१० मा […]

December 27, 2016

विवादका बीच महिला क्रिकेटमा पूर्वाञ्चललाई स्वर्ण पदक

दिपेन्द्र पोखरेल इटहरी – बाउन्ड्री नाघेको बलमा चौका नदिएको भन्दै एपिएफले महिला क्रिकेटको फाइनल त्यागेपछि पूर्वाञ्चललाई महिला क्रिकेटमा विजेता घोषित गरिएको छ । ६४ रनको लक्ष्य पछ्याएको एपिएफले जितका लागि अन्तिम ९ बलमा जितका लागि ९ रन हान्नु पर्ने थियो । यस्तोमा क्रिजमा थिइन् रितु कनौजिया । सविता गौतमको बलमा उनले प्रहार गरेको बलले बाउन्ड्री […]

December 27, 2016

फुटबल क्लब समिति गठन, केसी तदर्थ समिति संयोजक

काठमाडौं (हाम्रो खेलकुद)– फुटबल विकासका लागि सामूहिक प्रयास थाल्ने उद्देश्यका साथ ए डिभिजन क्लबहरु नेपाल क्लब फुटबल समिति गठन गर्न सहमत भएका छन् । जावलाखेल युथ क्लबको पहलमा मंगलबार ए डिभिजन क्लबका पदाधिकारीहरुको भेलाले समिति गठनको अनौपचारिक सहमति जुटाएको हो । भेलाले जावलाखेल क्लबकै अध्यक्ष ठूलोभाई केसीलाई तदर्थ समितिको संयोजक तोकेको छ । अखिल नेपाल […]

December 27, 2016

खेलाडीले आफ्नो क्षमता देखाएका छन् – पूर्व मुख्य प्रशिक्षक श्रेष्ठ

प्रकाश तिमल्सिना काठमाडौं– एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा पदक विहिन हुनु परेपनि नेपाली टोलीको प्रदर्शनमा क्रमशः सुधार भइरहेकोले निराश हुनु नपर्ने पूर्व प्रशिक्षक कपिल किशोर श्रेष्ठ बताएका छन् । बंगालदेशको ढाकामा मंगलबार तेस्रो स्थानको प्रतिस्पर्धामा नेपाल माल्दिससँग ३–१ ले पराजित भएपछि लगातार दोस्रो बर्ष पदक विहिन भएर फर्कनु पर्ने भएको छ । ‘गत बर्षपछि हामी […]

December 27, 2016

सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाल फेरी पदक विहिन

प्रकाश तिमल्सिना काठमाडौं – नेपाल एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा फेरी पदक विहिन भएको छ । बंगलादेशको ढाकामा जारी च्याम्पियनसिपको मंगलबार भएको तेस्रो स्थानको खेलमा माल्दिभ्ससँग ३–१ ले पराजित भएपछि नेपाल लगातार दास्रो बर्ष पदक विहिन भएर फर्कने भएको छ । गत बर्ष पहिलो सहभागितामा पनि नेपाल यहि अवस्थामा अफगानिस्तानसँग पराजित भएर फर्केको थियो । […]

Success

Thank you for your time.