default_image

popular

basketball

December 28, 2016

आर्मीलाई पुरुष बास्केटबलमा स्वर्ण , मध्यमाञ्चल रजतमा चित्त बुझायो

धरान (हाम्रो खेलकुद) – मध्यमाञ्चललाई हराउदै सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष बास्केटबलको उपाधि आर्मीले बुधबार जितेको छ । धरानको डिपोट स्कुलमा भएको फाइनलमा आर्मीले मध्यमाञ्चललाई ८३–७० ले पराजित गर्‍यो   । पहिलो क्वाटरमा २४–१६ को अग्रता लिएको आर्मी दोश्रो क्वाटरमा १९–२२ ले पछि पार्यो  । आर्मीले तेश्रोमा २०–१५ र चौथोमा २०–१७ को अग्रता बनाउदै उपाधि सुनिश्चितगर्‍यो  […]

soft-tennis

December 28, 2016

सफ्ट टेनिस : मध्यमाञ्चलका निर्मल र चन्द्रको जोडी पहिलो

बिराटनगर (हाम्रो खेलकुद) – सफ्ट टेनिसको अन्तिम दिन भएको एक मात्र स्पर्धाको मिक्स डबल्समा मध्यमाञ्चलका निर्मलकाजी स्थापित र चन्द्रमाया राईको जोडीले बुधबार स्वर्ण जितेका छन् ।   वैजनाथपुरमा भएको फाइनलमा उक्त जोडीले आफ्नै क्षेत्रका एलिजा रन्जित र प्रदीप खत्रीको जोडीलाई ५–३ को सेटमा पराजित गरे । पूर्वाञ्चलका जर्जिया चौधरी र दिपेन्द्र थापा मगर तथा मध्यमाञ्चलका […]

Nawayug

December 28, 2016

एपिएफ फुटबलको फाइनलमा, आर्मी र मध्यमाञ्चलको टाइब्रेकर बाँकी

धरान (हाम्रो खेलकुद)– विभागिय डर्बीमा नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै एपिएफ सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको फाइनलमा पुगेको छ । अर्को फाइनल पुग्ने टोलीको भने बिहीबारमात्र टुंगो लाग्ने भएको छ । नेपाली सेनाको आर्मी र मध्यमाञ्चलबिच टाइब्रेकर साँझ परेका कारण हुन नसकेपछि फाइनल पुग्ने टोलीको छिनोफानो बिहीबार बिहान मात्र हुने भएको छ । निर्धारित र […]

December 28, 2016

तस्बिरमा ‘नेपाल ९-० माल्दिभ्स’

दिपेश तिमल्सिना सिलगुढी (भारत) – महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा बुधबार माल्दिभ्सलाई ९-०ले पराजित गर्दै नेपालले सेमिफाइनल यात्रा लगभग पक्का गरेको छ । हेरौ खेलका केहि तस्बिर ।

sabitra

December 28, 2016

महिला साफ च्याम्पियनसिपमा नेपालको दोस्रो जित – साबित्रा एक्लैले गरिन ५ गोल

दिपेश तिमल्सिना – सिलिगुडी  – भारतको सिलिगुडीमा जारी महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले माल्दिभ्स बिरुद्द ९-० को विजयी नतिजा निकालेको छ । पहिलो खेलमा ६ गोल गरेकी साबित्राले दोस्रो खेलमा ५ गोल गरेकी छिन । लगातार दोस्रो जित हासिल गरेको नेपालको सेमिफाइनलमा स्थान लगभग पक्का भएको छ भने समुह बिजेता हुने सम्भावना पनि प्रवल छ । भुटानसँगको […]

December 28, 2016

महिला साफ च्याम्पियनसिप – माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल ३–० ले अगाडी

दिपेश तिमल्सिना सिलगुढी – चौथो साफ च्याम्पियनसिपको दोस्रो खेलमा पनि नेपालले दमदार प्रदर्शनलाई निरन्तरता दिएको छ । सिलगुढीको कञ्चनजंगा मैदानमा जारी खेलको पहिलो हाफको समाप्तीमा नेपालले ३–० को अग्रता लिएको छ । नेपालको खेलमा आज पनि केन्द्रमा सावित्रा भण्डारी नै रहेकी छिन् । पहिलो खेलमा भुटानलाई ८–० ले हराउँदा दोहोरो ह्याट्रिक गरेकी सावित्राले माल्दिभ्सविरुद्ध पनि […]

December 28, 2016

महिला साफ २०१६: नेपालविरुद्ध माल्दिभ्स : प्रत्यक्ष अपडेट

नेपाल ९-० माल्दिभ्स १२’ २८’ ३९’ ५०’ ६३’ साबित्रा भण्डारी, ५२’ मन्जली कुमारी योञ्जन, ७१’ सपना लामा,७४’ हिराकुमारी भुजेल ९०+३’ निर्मला विके(नेपाल) भारतीय समय: ६:३० सिलगुढी, भारत दिपेश तिमल्सिना (सिलगुढी) – चौथो महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज दोस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ । खेलको प्रत्यक्ष अपडेट यहाँ पाउन सक्नुहुनेछ । कृपया अपडेडका लागि पेज रिफ्रेस […]

December 28, 2016

झापा गोल्डकप १० क्लब, विजेताले ७ लाख पाउने

बिर्तामोड (हाम्रो खेलकुद)– मोफसलकोे प्रतिष्ठित फुटबल प्रतियोगिता झापा गोल्ड कपको दोस्रो संस्करण शुक्रबारसुरु हुने भएको छ । गोल्डकपको मुल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गर्दै माघ १५ देखि २४ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने जानकारी गरायो । आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले झापा गोल्डकपको दोस्रो संस्करणमा पुरस्कार राशि पनि बढाइएको बताए । ‘यसपटकको विजेताले ७ लाख […]

December 28, 2016

साफ च्याम्पियनसिपमा मनमाया माल्दिभ्सविरुद्ध नखेल्ने

दिपेश तिमल्सिना सिलगुढी– चोटका कारण मनमाया लिम्बुले महिला साफ च्याम्पियनसिपमा बुधबार माल्दिभ्ससँग नखेल्ने भएकी छन् । भुटानसँग सोमबार भएको खेलमा दौरान लडेर राइट डिफेन्स उनको दायाँ गोलीगाँठामा चोट लागेको थियो । मनमायाले मंगलबार अभ्यास गरिनन् । उनको ठाँउमा प्रशिक्षक कुमार थापाले अन्चली वाइवा वा कविता धिमाललाई खेलाउने सम्भावना छ । भुटानलाई ८–० ले हराउँदै नेपालले […]

December 28, 2016

पश्चिमाञ्चलका फुटबल खेलाडी भोकभोकै फर्किए

इटहरी (हाम्रो खेलकुद)– सातौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा सहभागी भएर फर्किदैं गरेका पश्चिमाञ्चल महिला फुटबल टोलीका खेलाडी भोकै घर फर्कन बाध्य भएका छन् । सुनसरीको दुहबीमा आयोजना भएको महिला फुटबलमा पश्चिमाञ्चल समूह चरणबाटै बाहिरिएको थियो ।  पूर्वदेखि पश्चिमसम्मको लामो यात्राको दौरान घर फर्किरहेका फुटबल खेलाडीलाई भोकै परेको पश्चिमाञ्चल फुटबल टोलीका खेलाडी लक्ष्मण रुचालले फेसबुक […]

Success

Thank you for your time.