September 12, 2015
काठमाडौं, भदौ २६ गते । आदर्श विद्या मन्दिर (एभीएम) ले चौथो राष्ट्रव्यापी विद्यालयस्तरीय खुला टेबलटेनिस प्रतियोगितामा शनिबार वर्चश्व कायम गरेको छ । प्रतियोगितामा समावेश ६ स्पर्धामा एभीएमले ५ स्वर्ण जित्दै वर्चश्व कायम गरेको हो । बााकी एक स्वर्ण प्रभात इङलिस हायर सेकेन्डरी स्कुलको नाममा रह्यो । शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपाल तथा […]
September 11, 2015
काठमाडौं, भदौ २५ गते । प्रभात इङलिस उमाविकी अन्जु सुवालले चौथो राष्ट्रव्यापी विद्यालयस्तरीय खुला टेबलटेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेकी छन् । शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपाल तथा पुष्पकुञ्ज माविद्वारा संयुक्त आयोजित प्रतियोगिताको यु–१२ गल्र्स सिंगल्सको फाइनलमा अन्जुले विजेश्वरीकी दुर्गा राजभण्डारीलाई १३–११, ११–७ र ११–६ को सोझो सेटमा पराजित गरिन् । प्रभातकी मन्जु सुवाल […]
September 11, 2015
भाद्र २५,पोखरा अनिल शाहि र शक्ति शर्मा पोखरा रंगशालामा जारी दोश्रो पोखरा ओपन टेनिस प्रतियोगिताको मेन्स सिंगलतर्फ उपाधीका लागि भिड्ने भएका छन् । शुक्रबार सम्पन्न प्रतियोगितामा अनिलले नविन मगरलाई ६–४, ६–२ ले तथा शक्तिले निरज थापालाई ६–४,६–३ ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । ‘बि’ तर्फको उपाधी नविन श्रेष्ठले जिते । उनले फाइनल […]
September 9, 2015
भदौ २३,पोखरा गोपीबहादुर भट्टराई र शक्ति शर्माको जोडि पोखरा रंगशालामा जारी दोश्रो पोखरा ओपन टेनिस प्रतियागिता अन्तर्गत मेन्स डबल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । शरण गुरुङ्ग र धरमबहादुुर लामिछानेको जोडिमाथि संघर्षपूर्ण जित हाासिल गर्दै भट्टराई जोडि सेमिफाइनल पुगेको हो । कास्की जिल्ला टेनिस संघका सदस्य एवं अग्रज टेनिस खेलाडी शान्तामान श्रेष्ठद्वारा आयोजित प्रतियोगिताको पहिलो सेट […]
September 7, 2015
काठमाडौं भदौ २१ गते । थाइल्यान्डमा हाइपर्फमेन्स टेनिस प्रशिक्षण लिइरहेका नेपाली खेलाडीले त्यहा जारी प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । थाइल्यान्डमा भएको अयोध्याय स्पोर्ट्स टेनिस फेस्टीबलमा नेपाली युथ खेलाडीले सनसनीपूर्ण प्रदर्शन गरेका हुन् । थाइल्यान्ड, लाओस, नेपाल, म्यान्मा र ब्रुनाइका खेलाडीको सहभागिता रहेको प्रतियोगिता अन्तरगत ब्वाइज यु–१० स्पर्धामा नेपालका आर्यन गीरीले पहिलो स्थान […]
September 5, 2015
काठमाडौं भदौ १९ गते- प्राइम कलेजका श्यान्टू श्रेष्ठले दसौं हरेराम जोशी स्मृति खुला टेबलटेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्सको उपाधि शनिबार जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको फाइनलमा श्यान्टुले आदर्श विद्या मन्दिर (एभीएम) का रितिज जोशीलाई ११–९, ११–८ र ११–३ को सोझो सेटमा पराजित गरे । यसै स्पर्धाको गल्र्समा अघिल्लो दिन एभीएमकी […]
August 30, 2015
पोखरा, १३ भदौ। टप्स पोखरामा जारी १४ औं जिल्लास्तरीय अन्तरमावि स्व. इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ। उमावि कास्की जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा आइतबार भएको फाइनल खेलमा कुल छ स्वर्णमध्ये तीन स्वर्ण हात पार्दै टप्स उमावि च्याम्पियन बन्न सफल भएको हो। योसागै टप्सको च्याम्पियनका शृङ्खला यो दशौंपटक हो। उसले सिनियर छात्रा […]
August 30, 2015
शान्त चिपल्कट्टी स्मृति एसियाली जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार भारतको पुना जादै छ । सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुने च्याम्पियनसिपमा समान ३–३ पुरुष/महिला गरी ६ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा दीपेश धामी, नविन श्रेष्ठ र गौतम कठायत तथा महिलामा जेसिका गुरुङ, सुनैया मुखिया र मेघा चन्द रहेका छन् । दीपेश र […]
August 26, 2015
कास्की जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा आगामी भदौ ११ देखि १४ गतेसम्म पोखरा र·शालामा १४ औं संस्करणको जिल्लास्तरीय अन्तरमावि स्व. इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा छात्र एकल (१० कक्षासम्म), छात्रा एकल ( १० कक्षासम्म ), छात्र युगल (१० कक्षासम्म), छात्रा डबल युगल (१० कक्षासम्म), छात्र एकल, र छात्र एकलका विजेता र उत्कृष्ट […]
August 21, 2015
काठमाडौं, भदौ ४ गते | अखिल नेपाल लनटेनिस संघको शुक्रबार सम्पन्न साधारणसभाले ज्योति राणाको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । राणा अघिल्लो कार्यसमितिमा उपाध्यक्ष थिइन् । अशोक गुरुङ, दीपेन्द्र चन्द ठकुरी, पुरुषोत्तम कोइराला, रोशन केसी, दीपक कार्की, जयजिभ हाडा र दावा सोनाम शेर्पा सदस्यमा चयन भए । मनोनित कोटाबाट ३ उपाध्यक्ष […]