default_image

Racquet

November 25, 2022

रशिला र अनु फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन तथा विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन र अनुमाया राई प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला एकलतर्फ उपाधिनजिक पुग्ने क्रममा रशिलाले एपिएफकी शोभा गौचनलाई २१–१२ र २१–९ ले पराजित […]

November 24, 2022

रशिला र अनु क्वाटरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – नेपाली सेनाकी रशिला महर्जन र अनुमाया राई प्र्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला एकलतर्फ नवौं राष्ट्रिय खेलकुदककी च्याम्पियन रशिलाले सुर्खेतकी अग्रिमा भण्डारीलाई २१–९ र २१–१० ले तथा अनुले पाँचथरकी रिना तामा–लाई […]

November 23, 2022

आर्मीका पविन दोश्रो चरणमा

ललितपुर (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका पविन लिनथेप प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको दोश्रो चरणमा प्रवेश गरेका छन् । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा बुधबारबाट भएको प्रतियोगिताको पुरुष एकलतर्फ हुम्लाका दशरथ बुढालाई २१–१२ र २१–९ को सोझो सेटमा पराजित गर्दै पविन दोस्रो चरणमा प्रवेश गरेका […]

November 18, 2022

गौतम एसियन टेबल टेनिस युनियनको उपाध्यक्ष चयन

काठमाडौं (हाम्रो खेलकुद)– टेबल टेनिसका वरिष्ठ प्रशिक्षक शंकर गौतम एसियाली टेबल टेनिस युनियनको उपाध्यक्ष चयन भएका छन् । थाइल्यान्डमा शुक्रबार भएको विशेष साधारण सभाले गौतमलाई दक्षिण एसियाली क्षेत्रिय उपाध्यक्ष चयन गरेको हो । एसियाली मुलुकले नेपाललाई पनि प्राथमिकता दिएमा खुसी व्यक्त गर्दै गौतमले आफ्नो चयनलाई नेपाली टेबल टेनिसको सम्मानको रुपमा लिएको बताएका छन् । गौतमले […]

November 17, 2022

आशिष र इन्डिरालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेपाल एपीएम प्रालिका आशिष महता र नेपालकी इन्दिरा पराजुलीले दोश्रो एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । आशिषले यु–१६ सिंगल्स तथा इन्दिराले महिला ४० वर्षमाथि सिंगल्समा स्वर्ण जितेका हुन् । भैसेपाटीस्थित आयोजक एपीएमको हलमा भएको यु–१६ फाइनलमा आशिषले बुटवलका विसु सुनारलाई ७–११, ११–५, ११–३ र ११–६ को […]

November 16, 2022

एपीएम टेबल टेनिस भाेलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएम प्रालिको आयोजनामा दोश्रो एपीएम अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एपीएमका प्रशिक्षक ज्याकी महर्जनले जनाएका छन् । प्रतियोगितामा पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि, महिला ४० वर्षमाथि र पुरुष टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ । कुल पुरस्कार राशी ४ लाख ५० […]

November 12, 2022

प्रदीप र अभिलाषालाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का र अभिलाषा विष्टले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार पुरुष एकलतर्फ प्रदीप र महिला एकलतर्फ अभिलाषा च्याम्पियन बनेका हुन् ।नम्बर एक प्रदीपले फाइनलमा ऋतिक रानालाई ६–४ र ६–४ को सोझो सेटमा हराएर उपाधि जिते । प्रदीप नवौं राष्ट्रिय खेलकुदको […]

November 11, 2022

ललितपुर मेयर कप ब्याडमिन्टन मंसिरमा

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना, नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा प्रथम ललितपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मंसिरमा आयोजना हुने भएको छ । ७ देखि १० मंसिरसम्म आयोजना हुने प्रतियोगितामा पुरुष र महिला एकल (खुल्ला), पुरुष युगल (उच्च २० बरियता बाहेक), यु–१७ छात्र र छात्रा एकल तथा […]

November 11, 2022

प्रदीप र ऋतिक भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का र ऋतिक रानाले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फको फाइनलमा भिड्ने भएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार भएको सेमिफाइनलमा प्रदीपले निशन श्रेष्ठलाई ६–१ र ६–२ ले हराएर उपाधि नजिक पुगेका हुन् । ऋतिकले सेमिफाइनलमा प्रणव खनाललाई २–६,६–४ र ६–३ ले पराजित गरे । […]

November 10, 2022

प्रणव र प्रदीप सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का र प्रणव खनाल दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फको सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार प्रदिपले सौगात बिकेलाई ६–३ र ६–४ ले हराएर अन्तिम चारमा स्थान पक्का गर्दा प्रणवले गौरव प्रताब सिंहलाई ६–० र ६–० ले हराएर सेमिफाइनलमा स्थान बनाए । […]

Success

Thank you for your time.