default_image

Racquet

October 20, 2022

सफ्ट टेनिस – मेन्स टिम इभेन्ट्समा प्रदेश १ लाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सफ्ट टेनिसतर्फ मेन्स टिम इभेन्टसको स्वर्ण प्रदेश १ ले जितेको छ । बिहीवार भएको फाइनल खेलमा प्रदेश नं. १ ले नेपाल प्रहरीलाई २–१ को सेटले पराजित गर्दै स्वर्ण जितेको हो । प्रतियोगिताअन्र्तगत पहिलो सेट नेपाल प्रहरीले डबल्समा प्रदेश नं. १ लाई ५–१ , दोस्रो सिंगल्स प्रदेश १ […]

October 20, 2022

विपनालाई स्क्वासमा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशकी विपना ब्लोनले नवौं राष्ट्रिय खेलकुद अन्तरगत स्क्वासतर्फको महिला एकलमा स्वर्ण जितेकी छिन् । पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा आफ्नै प्रदेशकी र स्वस्थानी श्रेष्ठलाई ३–१ को सेटमा पराजित गर्दै राष्ट्रिय खेलकुदमा विपनाले पहिलो स्वर्ण जितेकी हुन् । सातौ र आठौंमा पनि सहभागिता जनाएकी विपना त्यसबेला भने कास्यमा सीमित बनेकी थिइन् […]

October 19, 2022

टेनिसमा आर्मीलाई दुई र गण्डकीलाई एक स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसको व्यक्तिगत इभेन्टतर्फ आर्मीले दुई तथा घरेलु टोली गण्डकीले एक स्वर्ण जितेका छन् । पोखरा रङ्गशालाको टेनिस कोर्टमा बुधबार भएको खेलमा आर्मीले मिक्स डबल्स र महिला डबल्सतर्फ स्वर्ण जितेको हो । गण्डकीले पुरुष डबल्समा स्वर्ण जितेको हो । महिला डबल्समा नेपाली सेनाका अविलाशा विष्ट र इरा […]

October 19, 2022

प्रिन्स र रशिलालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तरगत ब्याडमिन्टनको एकलतर्फ पुलिसका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन राष्ट्रिय च्याम्पियन बन्दै स्वर्ण जित्न सफल भएका छन् । पोखराको रंगशालास्थित ब्याडमिन्टन कभर्डहलमा बुधबार भएको पुरुष एकलमा प्रिन्सले पुलिसकै बिष्णु कटुवाललाई २१–११ र २१–४ ले पराजित गर्दै नयाँ राष्ट्रिय च्याम्पियन बनेका हुन् । यसअघि आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा […]

October 19, 2022

विपना र स्वस्थानी स्वर्णका लागि भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशकी विपना ब्लोन र स्वस्थानी श्रेष्ठ नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला स्क्वासको स्वर्णका लागि प्रतिस्पर्धा गर्ने भएकी छिन् । पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा पहिलो सेमिफाइनलमा विपनाले आफ्नै प्रदेशकी भावना सुनुवारलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेकी हुन् । विपनाले भावनामाथि ११–८, ११– ४ र ११–५ सहज जित […]

October 19, 2022

टेबलटेनिसमा पुलिस च्याम्पियन, नविता र स्यान्टुलाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब ६ स्वर्ण पदकसहित नवौं राष्ट्रिय खेलुकद अन्तर्गत टेबलटेनिससमा टिम च्याम्पियन बनेको छ । पोखरामा बुधबार सम्पन्न प्रतियोगितामा पुलिस ६ स्वर्ण, २ रजत र ४ कास्य पदक जित्दै टिम च्याम्पियन बनेको हो । नेपाल एपिएफ क्लब १ स्वर्ण, ४ रजत र १ कास्य पदकका साथ दोस्रो स्थानमा रह्यो । […]

October 17, 2022

टेबल टेनिसको टिम इभेन्ट्समा पुलिसको वर्चश्व

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तरगत टेवल टेनिसको टिम इभेन्ट्समा विभागीय नेपाल पुलिस क्लबले वर्चश्व जमाएका छन् । सोमबारसम्म ५ इभेन्ट्समा पदकको छिनोफानो हुँदा पुलिसले पुरुष टिम, महिला टिम, पुुरुष डबल्स र मिक्स डबल्स गरी ४ वटा इभेन्ट्समा स्वर्ण जित्न सफल भएका हुन् । एक स्वर्ण एपिएफको नाममा रह्यो । सोमबार बिहान सम्पन्न […]

October 17, 2022

अमृत राष्ट्रिय खेलकुदमा लगातार तेस्रो पटक च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका अमृत थापा मगरले नवौं राष्ट्रिय खेलकुद अन्तरगत स्क्वासको पुरुष एकलतर्फ स्वर्ण जितेका छन् । पोखरा रंगशालास्थित स्क्वास कोर्टमा अमृतले बागमती प्रदेशका अरहान्त केशर सिंहमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक सेटमा जित निकाल्दै राष्ट्रिय खेलकुदमा लगातार तीन संस्करणमा स्वर्ण जित्न सफल भएका हुन् । सातौंमा अरहान्तलाई पराजित गरेका अमृतले आठौंमा […]

October 16, 2022

टेबल टेनिसमा पुलिस र एपिएफलाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा जारी टेबल टेनिस प्रतियोगितामा मिक्स डबल ईभेन्टमा नेपाल पुलिस क्लबले स्वर्ण पदक जितेको छ । पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी प्रतियोगिताको मिक्स डबल ईभेन्टमा त्रिभुवन आर्मी क्लवलाई पराजित गर्दै पुुलिसले स्वर्ण जितेको छ । पुलिसले आर्मीलाई ११–७, ५ –११, ८ –११, ११ –५, ९–११ को […]

October 16, 2022

गण्डकी र आर्मीलाई टेनिस टिम इभेण्टमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – टेनिसको ‘टिम इभेन्ट’ तर्फको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा नेपालको शीर्ष वरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मीमाथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो । टिम इभेन्टको […]

Success

Thank you for your time.