default_image

Racquet

January 2, 2022

दिक्षा र स्यान्टुलाई टेबल टेनिस उपाधि

दाङ (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबकी दिक्षा तामाङ्ग र नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठ खुमबहादुर खड्का स्मृती कप राष्ट्रिय स्तर टेबल टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । दिक्षाले महिला एकल तर्फ फाइनलमा त्रिभुवन आर्मी क्लबकी रविना महर्जनलाई ४¬–२ ले पराजित गर्दै उपाधि जितेकी हुन् । आर्मीकी दिया देउलाख र पुलिसकी मन्जु सुवाल तेस्रो भए । […]

December 31, 2021

प्रदीपलाई ओपन टेनिस उपाधि

पोखरा (हाम्रो खेलकुद) – १८औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताअन्तर्गत मेन्स सिंंगल्सको उपाधि पोखराका प्रदीप खड्काले जितेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा शुक्रबार फाइनलमा प्रदीपले आरभ सम्राट हाडालाई ६–३ र ६–४ को सोझो सेटमा पराजित गर्दै नगद ८० हजार सहितको उपाधि जितेका हुन् । जितसँगै उनी नेपालको शीर्ष बरियतामा उक्लिएका […]

December 26, 2021

हङकङमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा दोस्रो संस्करणको चियरमेन कप पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । युङ युके रोड स्पोर्ट्स सेन्टरमा शनिबार भएको फाइनलमा समूह ‘क’ बाट विरेन थापा र किरण बुढाथोकीले जोडीले उपाधि जित्दा समूह ‘ख’ बाट चन्द्र राई र राज कुमार राईको जोडीले च्याम्पियन बनेका छन् । विरेन र किरणको जोडीले रवि […]

December 24, 2021

विराटनगरमा जिल्ला स्तरीय ब्याडमिन्टन सुरु

विराटनगर (हाम्रो खेलकुद)– विराटनगरमा ‘प्रथम जिल्ला स्तरीय मकरजंग तुम्रोक स्मृती ब्याडमिन्टन’ प्रतियोगिता सुरु भएको छ । विराट ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिताको भेट्रान्स डबल ४५ वर्षमाथिको खेलमा बेलबारीका विकास श्रेष्ठ र अर्जुन सुब्बाको जोडीले आयोजक क्लब विराटका जीवन बोगटी र धनकुमार श्रेष्ठको जोडीसँग तथा विराटका उत्तम […]

December 24, 2021

नेपाल टेलिकमलाई काठमाडौं टिम च्याम्पियनसिप उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेलिकमले कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) को उपाधि जितेको छ । काठमाडौं ब्याडमिन्टन एकेडेमीको आयोजनामा पहिलोपटक आयोजित च्याम्पियनसिप फाइनलमा सिल्क ग्रुपलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । पुरुष एकलमा टेलिकमका रत्नजित तामाङले सिल्क ग्रुपका विकास श्रेष्ठमाथि २१–१८ र २१–१३ को जित निकाल्दै १–० को […]

December 23, 2021

नेपाल टेलिकम र सिल्क ग्रुप फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेलिकम र सिल्क ग्रुप राजधानीमा जारी कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको खेलमा नेपाल टेलिकमले नेपाल आयल निगमलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भएको हो । पुरुष एकलमा रत्नजित […]

December 22, 2021

नेपाल टेलिकम र सिल्क ग्रुप सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेलिकम र सिल्क ग्रुप कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार दोहोरो जित निकाल्दै नेपाल टेलिकम अन्तिम चारमा पुग्न सफल भएको हो । टेलिकमले नेपाल विद्युत प्राधिकरणलाई ३–२ को सेटमा तथा आइएमई ग्रुपलाई ३–१ को […]

December 21, 2021

कुमारी, टेलिकम, विद्युत प्राधिकरण र सिल्कको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – कुमारी बैंक लिमिटेड, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण र सिल्क ग्रुपले कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) मा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा च्याम्पियनसिपको समेत मुख्य प्रायोजक रहेको कुमारी बैंकले कान्तिपुर पब्लिकेशनमाथि ३–० को सोझो सेटमा पराजित गर्दै विजयी […]

December 19, 2021

विधान र विशालको जोडीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कास्कीका विधान अधिकारी र विशाल खड्काको जोडीले हरिसिद्धि खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेको छ । विधान र विशालको जोडीले प्रयागपोखरी ब्याडमिन्टन क्लबका पनिव लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१९, १९–२१ र २२–२० को सेटले पराजित गर्दै उपाधी उचालेका हुन् । विजयी टिमले ५० हजार नगद मेडल र ट्रफी प्राप्त गरे । […]

December 18, 2021

दीप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीका दीप साउन प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् । भैसेपाटीस्थित आयोजक नेपाल एपीएम टेबलटेनिस प्रालिको हलमा भएको फाइनलमा दीपले एपीएफका संयोग कपालीलाई ११–७, १६–१४, ११–५, ६–११, ७–११ र ११–५ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । यसअघि महिला सिंगल्सको फाइनलमा नेपाल आर्मीकी […]

Success

Thank you for your time.