default_image

Racquet

December 18, 2021

सुरोज र पविनको जोडी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – प्रयागपोखरी ब्याडमिन्टन क्लबका पविन लिनथेप र सुरोज महर्जनको जोडी हरिसिद्धि खुल्ला ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । पविन र सुरोजको जोडीले साईनोका अभिषेक बोस र सुजन थापाको जोडीलाई २१–१४ र २१–१३ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेका हुन् । बुटवलका विश्वास नेपाल र गणेश रायमाझीको जोडीले […]

December 17, 2021

पविन र सुरोजको जोडी प्रि–क्वाटरमा

काठमाडौं (हाम्रो खेलकुद) – प्रयाग पोखरी ब्याडमिन्टन सर्कलका पविन लिनथेप र सुरोज महर्जनको जोडी तथा कास्कीका विधान अकिारी र बिशाल खड्काको जोडी हरिसिद्धि खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलतर्फ प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पविन र सुरोजको जोडीले टु स्टार ब्याडमिन्टन क्लबका सुनिल कपाली र नगेन्द्र महर्जनको जोडीमाथी २१–११ र २१–३ को सोझो सेटको जित निकाल्दै […]

December 17, 2021

रविना पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीकी रविना महर्जन प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा शुक्रबार पहिलो भएकी छन् । नेपाल एपीएम टेबलटेनिस प्रालिको भैसेपाटीस्थित हलमा रविनाले फाइनलमा आर्मीकै दिया देउलालाई ११–३, ११–४, ११–४ र ११–३ को सेटमा पराजित गर्दै च्यापियन बनेकी हुन् । त्यसअघि बिहीबार नेपाल आर्मीका दीप साउन र स्वेच्छा नेम्वाङको जोडीले […]

December 16, 2021

दीप र स्वेच्छाको जोडी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीका दीप साउन र स्वेच्छा नेम्वाङको जोडी प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताको मिक्स डबल्समा च्याम्पियन बनेका छन् । नेपाल एपीएम टेबलटेनिस प्रालिको आयोजनामा भैसेपाटीस्थित हलमा बिहीबार भएको फाइनलमा दीप र स्वेच्छाको जोडीले नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र मन्जु सुवालको जोडीलाई ७–११, ९–११, ११–३, १२–१० र ११–४ को प्रतिस्पर्धात्मक सेटमा […]

December 15, 2021

सिओमद्वारा पाँच लाखको खेल सामाग्री प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – सिओम टेबलटेनिस नेपालले नेपाल एपीएम टेबलटेनिस प्रालिलाई ५ लाख रुपैयाँ बराबरको खेल सामाग्री प्रदान गरेको छ । एपीएमको आयोजनामा बिहीबारदेखि हुने प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताका पदक विजेतालाई प्रोत्साहन स्वरुप खेल सामाग्री प्रदान गर्न सामाग्री दिइएको हो । सिओमका प्रबन्ध निर्देशक ज्याकी महर्जनले एपीएमका निर्देशक दानबहादुर महतालाई बुधबार एक कार्यक्रमबीच […]

December 15, 2021

प्रिन्स र रसिला एसिया ओलम्पिक प्रोजेक्टमा छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनमा युवा स्टार प्रिन्स दाहाल र रसिला महर्जन एसिया ओलम्पिक प्रोजेक्ट (एओपी) मा नेपालबाट छनोट भएका छन् । नेपाल ब्याडमिनटन संघको पहलमा उनीहरुले यो अवसर प्राप्त गरेका हुन् । यो फ्रान्सको पेरिसमा हुने पेरिस ओलम्पिक २०२४ को परियोजना समेत हो । एसिया ओलम्पिक प्रोजेक्ट ब्याडमिन्टन एसियाको खेलाडीको स्तरवृद्धिको लागि पहल […]

December 9, 2021

नेपाल एपिएम टेबल टेनिस अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएम टेबल टेनिस क्लबको आयोजनामा अर्को महिना प्रथम नेपाल एपिएम खुला टेनिस प्रतियोगिता आयोजना हुने भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको मुख्य र पूर्णशंकर श्रेष्ठको सह प्रायोजन रहने प्रतियोगिता पुस १ देखि ३ गते सम्म ललितपुरको भैसीपाटीमा हुने आयोजक संस्थाका निर्देशक दानबहादुर महताले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताको आधिकारिक […]

December 9, 2021

काठमाडौं टिम च्याम्पियनसिपको टोली सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – अर्काे महिना काठमाडौंमा आयोजना हुने कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप २०२१ कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) च्याम्पियनसिपका लागि टिम सार्वजनिक भएको छ । आयोजक काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबिए) ले पुस ६ देखि ९ गतेसम्म हुने च्याम्पियनसिपका लागि सहभागिता जनाउने ८ टोली सार्वजनिक गरेको हो । सार्वजनिक भएको टोलीअनुसार च्याम्पियनसिपको मुख्य प्रायोजक कुमारी बैंक, […]

December 7, 2021

आइटिएफ दोस्रो सर्किट – एकै दिन २५ खेल

काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा जारी आइटिएफ यु–१८ वल्र्ड टेनिस टुरमा मंगलबार २५ खेल सम्पन्न भएका छन् । खेल सम्पन्न हुदाँ नेपालका ३ खेलाडीले व्यक्तिगत प्रतिस्पर्धामा सफलता हात पारेका छन् । नेपालका महिला यु–१८ खेलाडी श्रभनी श्रेष्ठ, अभिलाषा विष्ट र पुरुष खेलाडी आर्यन गिरीले सफलता प्राप्त गरेका छन् । श्रभनीले भारतकी श्रीनिधी रेड्डी अमिरेड्डीलाई ३–१ […]

December 4, 2021

च्याम्पियन सलोनीको २४ घण्टामा ४ खेल

विजय नेपाली,पोखरा खेलाडीले १ खेल खेलेपछि आरामको समय भनेको थोरैमा पनि २४ घण्टा हो । लगातार खेल खेल्दा खेलाडीमा उर्जा रहदैन । खेल स्तर घट्छ । कुनै पनि फाइनल खेल र सेमिफाइनल खेलमा खेलाडी मानसिक र शारीरिक रुपमा बलियो रहन पर्दछ । सेमिफाइनल र फाइनल खेल भनेको सामान्य हुने कुरै भएन । त्यहाँ खेलाडीले आफ्नो […]

Success

Thank you for your time.