default_image

Racquet

February 15, 2022

दोहोरो जित निकाल्दै नङ्सल र रशिला क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – भोजपुरकी नङ्सल देवी तामाङ र विभागीय त्रिभुवन आर्मी क्लबबी रशिला महर्जनले दोहोरो जित निकाल्दै लिनिङ ११औं पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता अन्तरगत महिला एकलतर्फको शीर्ष १२ भित्र क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ललितपुरस्थित नखिपोट कभर्डहलमा मंगलबार भएको खेलमा शीर्ष वरियताकी नङ्सले समूह ‘ए’ मा एपिएफकी सुनयना मुखियालाई २१–१३ र २१–८ […]

February 11, 2022

पुष्पलाल ब्याडमिन्टनलाई लिनिङको साथ

काठमाडौं (हाम्रो खेलकुद) – ११ औं पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितालाई खेल सामाग्री उत्पादक संस्था लिनिङले साथ दिने भएको छ । प्रतियोगितालाई लिनिङले साथ दिने सम्झौता भएको राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठले जानकारी गराए । लिनिङको मुख्य प्रायोजन पश्चात प्रतियोगिताको नाम लिनिङ ११औं पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । […]

February 10, 2022

लनटेनिस ५ खेलाडी श्रीलंका जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले आईटीएफ वल्र्ड जुनियर टेनिस प्रतियोगिताअन्तर्गत एसिया ओसिएना प्रि क्वालिफाइङमाभाग लिने भएका छन् । ५ खेलाडीसहित ६ सदस्यीय टोली शुक्रबार श्रीलंकाको कोलम्बो जाने नेपाल टेनिस संघले जनाएको छ । फागुन २ देखि ७ गते सम्म हुने प्रतियोगिताको पुरुषतर्फ राजवीर प्रधान र बोरिस अधिकारी तथा महिलामा सुनिरा थापा, आध्या पौडेल र […]

February 9, 2022

अम्पायर अर्याल मलेसिया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टन एसिया टिम च्याम्पियनसिप २०२२ मा अन्तर्राष्ट्रिय लाइन जजको रुपमा सहभागिता जनाउन नेपालबाट वरिष्ठ अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्याल त्यसतर्फ प्रस्थान गरेका छन् । उनी मंगलबार त्यसतर्फ प्रस्थान गरेका हुन् । ब्याडमिन्टन एसिया टिम च्याम्पियनसिप मलेसियाको राजधानी क्वालालम्पुरमा १५ देखि २० फेब्रुअरीसम्म सञ्चालन हुदैछ । च्याम्पियनसिपमा सहभागी हुनुअघि ६ दिन क्वारेन्टिनमा […]

February 8, 2022

पूर्व अन्तर्राष्ट्रिय खेलाडी राणालाई सहयोग प्रदान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघले पूर्व अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी कल्पना राणालाई सहयोग प्रदान गरेको छ । संघको पहलमा संघका पदाधिकारी, प्रशिक्षकहरु, पूर्व तथा हालका खेलाडीहरु तथा शुभचिन्तकहरुबाट संकलन गरिएको १ लाख ६६ हजार ५ सय ६० बराबरको रकम तथा खाद्यान्न सहयोग संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, सचिव नविन विक्रम शाह, प्रशिक्षक रजनी जोशी […]

February 6, 2022

सफ्ट टेनिसको सम्मान तथा मनोनयन

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघले आइतबार विभिन्न ब्यक्तित्वहरुलाई सम्मान तथा महासंघको विभिन्न पदमा मनोनयन गरेको छ । महासंघले सफ्ट टेनिसको विकास र विस्तारमा विभिन्न तवरले सहयोग पु¥याउने तथा विभिन्न ब्यक्तित्वलाई सम्मान गरेको हो । सम्मानित हुने ब्यक्तित्वहरुमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक), सचिव दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष […]

February 4, 2022

ब्याडमिन्टनका युवा स्टार प्रिन्स सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– विश्व ब्याडमिन्टन जुनियर वरियताको शीर्षस्थानमा रहेका युवा स्टार प्रिन्स दाहाल सम्मानित भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रममा प्रिन्सलाई सम्मान गरेका हुन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले गत महिना सार्वजनिक गरेको यू १९ को वरियतामा प्रिन्स शीर्षस्थानमा उक्लिएका हुन् । त्यसअघिको वरियतामा प्रिन्स तेस्रो स्थानमा रहेका […]

January 31, 2022

पुष्पलाल ब्याडमिन्टन फागुन पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गर्दै आईरहेको पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको ११औं संस्करण फागुन पहिलो सातादेखि आयोजना हुने भएको छ । आयोजकले प्रतियोगिता ३ देखि ७ फागुनसम्म नखिपोट ललितपुरमा हुने जानकारी गराएको छ । यस संस्करणमा नखिपोट युथ क्लब (ब्याडमिन्टन सर्कल)ले प्रतियोगितालाई साथ दिंदै संयुक्त आयोजकको […]

January 30, 2022

नाडालले जिते ऐतिहासिक २१औं ग्रान्डस्लाम

एजेन्सी – स्पेनिस टेनिस स्टार राफायल नाडालले सुरुवाती दुई सेटमा पछि परेको स्थितिबाट सानदार पूनरागमन गर्दै करिअरको २१औं ग्रान्डस्लामको रुपमा अष्ट्रेलियन ओपनको उपाधि जितेका छन् । प्रतियोगिताका छैटौं वरीयताका नाडालले दोस्रो वरीयताका रसियन ड्यानियल मेडभेडेभलाई ३–२ को पूनरागमन जित निकाल्दै अष्ट्रेलियन ओपनको च्याम्पियन बन्न सफल भएका हुन् । अष्ट्रेलियन ओपनको च्याम्पियन बनेसँगै नाडाल सर्वाधिक ग्रान्डस्लाम […]

January 28, 2022

नाडाललाई मेडभेडेभ प्रतिद्धन्द्धी

एजेन्सी – कीर्तिमानी २१ पटक ग्रान्डस्लाम उपाधि जित्ने संघारमा रहेको स्पेनिस टेनिस खेलाडी राफयल नाडालले अष्ट्रेलियन ओपनको फाइनलमा रसियन ड्यानिल मेडभेडेभ प्रतिद्धन्द्धी पाएको छ । मेलवर्न पार्कमा शुक्रबार भएको दोस्रो सेमिफाइनमा ग्रीसका स्टेफानोस सिट्सीपासलाई ३–१ को सेटमा पराजित गर्दै मेडभेडेभ लगातार दोस्रो वर्ष फाइनलमा पुग्न सफल भएको हो । दोस्रो वरीयताका मेडभेडेभले चौथो वरीयताका स्टेफानोस […]

Success

Thank you for your time.