default_image

Racquet

February 6, 2021

रत्नजित र नङ्सल शीर्ष वरीयतामा यथावत

काठमाडौं (हाम्रो खेलकुद) – तामाङ दिदीभाई रत्नजित तामाङ र नङ्सलदेवी तामाङ राष्ट्रिय खेलाडीको नयाँ वरीयतामा शीर्षस्थानमा यथावत रहेका छन् । नेपाल ब्याडमिन्टन संघले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार रत्नजित पुरुष एकलमा तथा नङ्सल महिला एकलको शीर्षस्थानमा यथावत रहेका हुन् । वरीयताको शीर्षस्थानमा रहेको नेपाली सेनाका रत्नजितको २५३४५ अंक रहेको छ । दोस्रो स्थानमा रहेको एपिएफका दिपेश […]

February 5, 2021

अभिलाषा र सोन्जा पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी अभिलाषा विष्ट र जर्मनीकी सोन्जा जियेन्बायेभाको जोडी वल्र्ड टेनिस टुर– जे ५ को पहिलो सर्किटअन्तर्गत महिला डबल्समा शुक्रबार पहिलो भएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा अभिलाषा र सोन्जाको जोडीले बेल्जियमकी काट कोपेज र मार्ते लाम्बे्रचको जोडीलाई ६–० र ७–५ को सोझो सेटमा पराजित गरे । अभिलाषा जारी प्रतियोगिताको महिलातर्फ शीर्ष […]

February 4, 2021

आरभ र अकीको जोडी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडी वल्र्ड टेनिस टुर–जे ५ को बिहीबार फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष डबल्सतर्फको सेमिफाइनलमा हाडा र रावतको जोडीले भारतको रोनिन लोट्लिकर र मोनिल लोट्लिकरको जोडीलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा पक्का गरेका हुन् । […]

February 2, 2021

जम्दै गएका ग्रिजमन

एजेन्सी – एन्टोइन ग्रिजमन फेरि एकपटक चम्केका छन् । एथ्लेटिक क्लबविरुद्ध आइतबार बार्सिलोनाले २–१ को जित निकाल्दा ग्रिजमनको गोल निर्णायक बनेको थियो । उनी पछिल्ला केहि खेलमा लगातार उच्च प्रदर्शन गरिरहेका छन् । पछिल्लो एक महिनामा बार्सिलोनाका जितमा ग्रिजमन निकै व्यस्त छन् । उनले यो अवधिमा ५ गोल गर्नुका साथै ४ एसिस्ट गरेका छन् । […]

February 1, 2021

तोरस र सलोनीको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद)– नेपालका तोरस रावत र सलोनी तामाङले वल्र्ड टेनिस टुर– जे ५ को पहिलो सर्किटमा सोमबार विजयी सुरुआत गरेका छन् । सिंगल्सको पुरुषमा तोरस र महिलामा सलोनीले विजयी सुरुआत गरेका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा तोरसले नेपालकै निहालजंगबहादुर थापालाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगितामा […]

February 1, 2021

नविताको टेबल टेनिस एकेडेमी सञ्चालनमा

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौको खुसिवुस्थित पलेस्वान मार्गमा स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी संचालनमा आएको छ । टेबल टेनिसकी ८ पटककी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ (महर्जन)को अग्रसरतामा उक्त एकेडेमी खुलेको हो । एकेडेमीको नेपाल ओलम्पिक कमिटि(एनओसी) का अध्यक्ष एवं विधटित प्रतिनिधी सभाका साँसद जीवनराम श्रेष्ठले सोमबार एक कार्यक्रमबिच उद्घाटन गरे । एकेडेमीमा हाल तीन टेबल […]

January 30, 2021

वल्ड टेनिस टुर सोमबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेनिस संघको आयोजनामा वल्र्ड टेनिस टुर– जे ५ को पहिलो सर्किट सोमबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा समान ३२ पुरुष/महिला खेलाडीको सहभागिता रहने आयोजक संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् । त्यसका लागि छनोट चरणका खेलहरु शनिबारदेखि सुरु भएको छ । खेलाडीले हासिल गरेको अंकका […]

January 27, 2021

प्रिन्सलाई जेष्ट ब्याडमिन्टन एकेडेमीको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका उदियमान खेलाडी प्रिन्स दाहाललाई जेष्ट ब्याडमिन्टन एकेडेमीले बुधबार सम्मान गरेको छ । बशुन्धारास्थित एकेडेमीको आफ्नै हलमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल र एकेडेमीका अध्यक्ष मधुसुदन पाठकले दाहाललाई कदर पत्र प्रदान गर्दै सम्मान गरेका हुन् । कलिलो उमेरदेखि ब्याडमिन्टन ¥याकेटमार्फत बिश्व ब्याडमिन्टन महासंघको यु–१९ तर्फको […]

January 27, 2021

अन्सारी दाजुभाईलाई भारतमा ब्याडमिन्टन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – बाँके नेपालगन्जका इरफान अन्सारी र रियाज अन्सारीको जोडीले भारतको उत्तर प्रदेश (बहरइच) मा भएको प्रथम राना आगम सिंह स्मृति आमन्त्रण ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्सतर्फको उपाधि जितेको छ । यो दाजुभाईको जोडीले इलाहवादका अमरेन्द्र प्रताप सिंह र रवि मिश्रको जोडीलाई २१–१९ र २१–१८ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । […]

January 17, 2021

प्रिन्स र जेसिका पुष्पलाल स्मृती ब्याडमिन्टन च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफकी जेसिका गुरुङ्गले योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय  र्‍याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । सेमिफाइनलमा शीर्ष वरियताका रत्नजित तामाङलाई स्तब्ध पारेको प्रिन्सले पुरुष एकलको फाइनलमा दोस्रो वरियताका दीपेश धामीलाई हराएका छन् । पुष्पलाल स्मृति ब्याडमिन्टनको नयाँ च्याम्प्यिन बन्ने क्रममा १६ वर्षे प्रिन्सले दीपेशलाई २१–१८ […]

Success

Thank you for your time.