default_image

दक्षिण एसियाली खेलकुद (साग)

December 2, 2019

अन्जलीको अद्भुत प्रदर्शनसँगै विश्व कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – अन्जली चन्दले टि२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा विश्व कीर्तिमान राखेकी छिन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला क्रिकेटमा अन्जलीले अद्भुत प्रदर्शन गरेपछि माल्दिभ्स १०.१ ओभरमा १६ रनमा अल आउट भएको छ । नेपालको बलिङ आक्रमणविरुद्ध माल्दिभ्सका ९ जना खेलाडीले खाता खोल्न सकेनन् । उसका हफ्सा अफ्सा अब्दुल्लाले ४ र हामना […]

December 2, 2019

महिला टिम कातामा नेपाललाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – १३औं साग अन्तरगतको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । नेपालले पाकिस्तानलाई पछि पार्दै स्वर्ण जितेको हो । सातदोबाटोस्थ्ति नवनिर्मित कभर्डहलमा सोमबार भएको टिम कातामा पाकिस्तानलाई पछि पार्दै उपाधि जित्न सफल भएको हो । फाइनलमा नेपालले २४.८८ अंक तथा पाकिस्तानले २३.३ अंक जोड्न सफल भयो । जारी सागमा कातामा यो […]

December 2, 2019

तेक्वान्दोमा कमललाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका कमल श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुम्सेको २३ देखि २९ वर्षको उमेर समूह स्पर्धामा स्वर्ण जितेका छन् । कमलले भारतका राहुल जैनलाई पछि पार्दै स्वर्ण जितेका हुन् । कमलले ८.२७० अंक ल्याउँदै स्वर्ण जितेका हुन् । भारतका राहुलले ८.२०० अंक लिए । श्रीलङकाका निसासंकासे आसिंगेले कास्य जितेका […]

December 2, 2019

मन्डेले दिलाए नेपाललाई पहिलो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – कराँतेका मन्डेकाजी श्रेष्ठले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष एकल काँतामा विजयी हुँदै नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् ।   सातदोबाटोस्थित नवनिर्मित कराँते हलमा सोमबार बिहान भएको फाइनलमा मन्डेले पाकिस्तानका नियामतुल्लाहलाई हराउँदै स्वर्ण जित्न सफल भएका हुन् । मन्डेले २५.७२ अंक जोड्दा पाकिस्तानका प्रतिस्पर्धिले २४.९२ अंक मात्र जोडे । त्यसअघि […]

December 2, 2019

नेपाललाई पहिलो पदक, चन्चलालाई रजत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी चन्चला दनुवारले कराँतेको महिला एकल काँतातर्फ रजत जित्दै नेपाललाई १३ अौं दक्षिण एसियाली खेलकुदमा पहिलो पदक दिलाएकी छिन् । सातदोबाटोस्थित कराँते हलमा सोमबार भएको प्रतिस्पर्धामा चन्चला फाइनलमा पाकिस्तानकी साहीदासँग पराजित भइन् । चन्चलाले फाइनलमा २४.६२ अंक जोड्दा साहीदाले २४.६२ अंक जोड्न सकिन् । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा श्रीलंकाकी […]

December 2, 2019

सागमा आज १२ खेल

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दोस्रो दिन आज (सोमबार) विभिन्न १२ खेलको प्रतिस्पर्धा हुँदैछ । सागमा सोमबार तेक्वान्दो, कराते, पुरुष फुटबल, ब्याडमिन्टन, भलिबल, खो खो, महिला क्रिकेट, टेबल टेनिस, टेनिस, गल्फ, ट्रायथलन र उसुको प्रतिस्पर्धा हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १३औं सागको औपचारिक उद्घाटन […]

December 2, 2019

साग महिला क्रिकेट : माल्दिभ्समाथि सहज जितको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा आज नेपालले माल्दिभ्ससँग खेल्दै छ। खेल बिहान ११ बजेदेखी पोखरा रंगशालामा सुरुहुने छ । नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । नेपाल तुलनात्मक रुपमा कमजोर माल्दिभ्समाथि सहज जित निकाल्दै सागमा सुखद सुरुवात गर्न चाहान्छ । […]

December 1, 2019

दशरथ रंगशालामा १३ औं सागको भव्य उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली राष्ट्रको सबै भन्दा ठूलो खेल मेला दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको आइतबार भव्य उद्घाटन भएको छ । दुई दशक पछि नेपाल फर्केको सागको उद्घाटन दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । नेपालले साग (तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद –साफ) सन् १९८४ मा पहिलो र १९९९ […]

December 1, 2019

नेपालको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत खो खोमा नेपालले दोहोरो जित हात पारेको छ । खो खेलको पहिलो दिन आइतबार नेपालको पुरुष÷महिला दुवै टोलीले विजयी सुरुआत गरेको हो । कीर्तिपुरको नयाँबजार भएको पुरुषको प्रतिस्पर्धामा नेपालले बंगलादेशलाई २१–१९ ले पराजित ग¥यो ।  महिलामा नेपालले बंगलादेशलाई नै ११–९ ले हरायो । भारतले […]

December 1, 2019

साग ब्याडमिन्टनः टिम इभेन्टमा नेपाली दुवै टोलीको पदक पक्का

पोखरा (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको ब्याडमिन्टनको टिम इभेन्टसमा नेपाली महिला र पुरुष टोली सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालाको कभर्डहलमा आइतबार भएको पुरुषतर्फको क्वाटरफाइनलमा नेपाली टोलीले भुटानमाथि ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । यससँगै टिम इभेन्टसमा नेपालले कम्तप्मा पनि कास्यपदक पक्का गरेको छ […]

Success

Thank you for your time.