default_image

दक्षिण एसियाली खेलकुद (साग)

December 2, 2019

कुसुमले जितिन् नेपालको लागि ११ औं स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – कराँतेकी कुसुम खड्काले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुमेतको ४५ केजी मुनि तौल समूह स्पर्धामा स्वर्ण पदक जितेकी छिन् । कुसुमले फाइनलमा बंगलादेशकी माउन्जारा बोर्नालाई ३-२ ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । त्यसअघि कुसुमले सेमिफाइनलमा श्रीलंकाकी सेनारथ आराचागीलाई ७-६ ले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन् । कराँतेबाट […]

December 2, 2019

आयशाले सञ्जिवसँग मिलेर अर्को स्वर्ण जितिन्

काठमाडौं (हाम्रो खेलकुद)– एकल तेक्वान्दो पुम्सेमा स्वर्ण पदक जितेकी आयशा शाक्यले पुम्से जोडीमा पनि स्वर्ण पदक जितेकी छिन् । यससँगै नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एक दर्जन स्वर्ण जितेको छ । आयशाले सञ्जिवकुमार ओझासँगको जोडीमा २९ वर्षमाथिको पुम्सेमा स्वर्ण पदक जितेकी हुन् । आयशा र सञ्जिवको जोडीले ८.१६० स्कोर गरेका थिए । […]

December 2, 2019

चेन्चोको गोलमा भुटानले बंगलादेशलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान चेन्चो ग्याल्जेनको एकमात्र गोलमा १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलतर्फ भुटानले बंगलादेशमाथि १-० को जित निकालेको छ । प्रतियोगिताको पहिलो खेलमा चेन्चोले ६५ औं मिनेटमा गरेको गोल जितका लागि पर्याप्त रहयो । भुटानले यस जितसँगै महत्त्वपूर्ण ३ अंक जोडेको छ । उपाधि जित्ने लक्ष्य राखेको बंगलादेशलाई भने यस हारले […]

December 2, 2019

आफ्नै गल्तिमा दिवस स्वर्णबाट चुके

काठमाडौं (हाम्रो खेलकुद)– आफ्नै गल्तिका कारण दिवस श्रेष्ठ स्वर्ण पदकबाट चुकेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सोमबार सातदाबाटोमा जारी करातेको ८४ केजी मूनि तौल समूहको फाइनलमा दिवस आफ्नै गल्तिमा रजतमा चित्त बुझाउन बाध्य भएका छन् । बंगलादेशका खेलाडीसँग फाइनलमा २–२ को बराबरीको अवस्थामा हान्साकु भएपछि उनी पराजित भएका हुन् । ३ […]

December 2, 2019

कराँतेका विप्लवलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – कराँतेका विप्लव श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ८४ केजी माथि तौल समूहको स्पर्धामा स्वर्ण जितेका छन् । दिवसले फाइनलमा पाकिस्तानका मोहमद बाजलाई पराजित गर्दै नेपालका लागि दशौँ स्वर्ण जितेका हुन् । त्यसअघि उनले श्रीलंकाका मग्गोनालाई टेक्निकलका आधारमा पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए । कराँतेमा यो पाँचौ स्वर्ण […]

December 2, 2019

करातेमा लक्ष्मणले दिलाए अर्को स्वर्ण 

कठमाडौं (हाम्रो खेलकुद)– नेपालले १३ औं दक्षिण एसियली खेलकुद (साग) मा करातेमा अर्को स्वर्ण पदक जितेको छ । सातदोबाटोमा जारी करातेको कुमुतेमा ५५ केजी तौल समूहमा लक्ष्मण तामाङले स्वर्ण पदक जितेका छन् । उनले फाइनलमा बंगलादेशका मोहम्मद मुस्तफालाई १ –० को अन्तरले पराजित गरेका हुन् ।   करातेमा नेपालको ४ स्वर्ण पदक पुगेको छ । […]

December 2, 2019

२ छोराकी आमा आयशाले जितिन् स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले तेक्वान्दोको पुम्सेमा चौथो स्वर्ण पदक जितेको छ । सफल खेलाडी आयशा शाक्यले २९ वर्ष माथिको पुम्सेमा स्वर्ण पदक जितेकी हुन् । आशयाले ७.९४० स्कोरका साथ जितेकी हुन् । उनले सन् २०११ को सागकी स्वर्ण पदक विजेता आयशाले यसपटक पुम्सेमा प्रतिनिधित्व गरेकी थिइन् । उनले २००६ को एसियाली खेलकुदमा पनि कास्य पदक […]

December 2, 2019

साग तेक्वान्दोमा पार्वतीले दिलाइन स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले तेक्वान्दोको पुम्सेमा अर्को स्वर्ण पदक जितेको छ । नेपालका लागि पार्वती गुरुङले २३–२९ वर्षमा श्रीलंकाकी खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेकी हुन् । उनले ८.२६० स्कोर गरेकी थिइन् । तेक्वान्दोमा नेपालको स्वर्ण संख्या ३ पुगेको छ । त्यस्तै एउटा रजत पदक जितेको छ । तेक्वान्दोको पुम्सेमा २९ वर्ष मूनिमा कमलबहादुर श्रेष्ठ, […]

December 2, 2019

सिनाले दिलाइन् तेक्वान्दोमा दोस्रो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – सिना मादेन लिम्बूले तेक्वान्दोतर्फ दोस्रो र समग्रमा नेपालको लागि पाँचौ स्वर्ण पदक जितेकी छिन् । सिनाले १७ देखि २३ वर्ष महिला उमेर समूहको स्पर्धामा स्वर्ण जितेकी हुन् । सिनाले ८.१५० अंक जोड्दै स्वर्ण हात पारिन् । भारतकी रुपा बयोरले ८.१३० अंक जोड्दै रजत तथा श्रीलंकाकी मेन्डिस नामुन्नीले ७.९६० अंक जोड्दै कास्य […]

December 2, 2019

मण्डेकाजी सम्मिलित नेपाललाई टिम कातामा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले करातेमा अर्को स्वर्ण पदक जितेको छ । नेपाली पुरुष काता टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को कराते अन्तर्गत टिम कातामा स्वर्ण पदक जितेको हो । सातदोबाटोस्थित कराते हालमा एकल कातामा स्वर्ण जितिसकेका मण्डेकाजी श्रेष्ठसहित प्रविण मानन्धर र महसुस तामाङको टोली स्कोर गर्दै पहिलो स्थान प्राप्त गरेको हो । नेपालको […]

Success

Thank you for your time.