default_image

कप्तान कथन

April 8, 2020

राकेश श्रेष्ठ – ‘नेपालका लागि खेल्नु नै अमूल्य कमाइ’

कप्तान कथन – राकेश श्रेष्ठ, पूर्वकप्तान – नेपाल राष्ट्रिय फुटबल टोली फुटबल खेल्न घर परिवारबाटै प्रोत्साहन पाउने भाग्यमानी मध्ये म पनि पर्छु । काठमाडौं टंगालमा जन्मे–हुर्केको मैले परिवारको विश्वासलाई भत्किन पनि दिइन जस्तो लाग्छ । टंगाल माध्यामिक विद्यालयमा पढ्दा पढ्दै महावीर क्लबबाट ‘बि’ डिभिजन लिग खेल्ने मौका पाएँ । मेरो सफल करियरका लागि त्यो अवसर […]

April 7, 2020

हरि खड्का- ‘फुटबलको नशाले कहिल्यै छोड्दैन’

कप्तान कथन – हरि खड्का, पूर्वकप्तान – नेपाली राष्ट्रिय फुटबल टोली उमेरले चार दशक नाघिसक्दा समेत यो मनले फुटबल बाहेक केही सोच्न सकेको छैन । केही अरु जानिएको पनि छैन । हामीलाई बाल्यकालमा फुटबल खेल्न सजिलो पनि थिएन । तर फुटबल खेल्ने पागलपन थियो । त्यो नशाले जीवनलाई कहिल्यै छाडेन । त्यो पागलपन, नशा, लगाव […]

April 6, 2020

बालगोपाल महर्जन – ‘खेलाडी जीवनभन्दा प्रशिक्षक बन्न कठिन’

कप्तान कथन – बालगोपाल महर्जन, पूर्वकप्तान – नेपाली राष्ट्रिय फुटबल टोली मेरो जन्मघर नै खिचापोखरीमा । सडकमै फुटबल खेल्दा–खेल्दै टुँडिखेल पनि धाउन थालियो । अनि त्यहीं दिनभरी खेल्यो । फुटबल खेल्नै त त्यस बेला कसैका परिवारले पनि अनुमति दिने कुरै थिएन । मेरो परिवार मात्र कहाँ अपवाद हुनसक्थ्यो र ? गाली पनि प्रसस्त खाइयो नै […]

April 5, 2020

उपेन्द्रमान सिंह – ‘फुटबल बाहेक केही जानिन’

कप्तान कथन उपेन्द्रमान सिंह, पूर्वकप्तान – राष्ट्रिय फुटबल टोली ‘जो खेल्छ, त्यो बिग्रिन्छ ।’ मेरो बाल्यकाल पनि यस्तै सामाजिक सोच बोक्नेहरु कै घेराबन्दीमा बित्यो । त्यसैले मलाई फुटबल खेल्न त्यति सजिलो पनि भएन । खेलप्रति यस्तो नकारात्मक सामाजिक चेत भएको समयमा समेत मैले सानैदेखि फुटबल खेल्न भने थालेँ । त्यसैले प्रहरी विद्यालयमा पढ्न पाएको दिनलाई […]

April 4, 2020

दीपक अमात्य – ‘जहाँ बसे पनि चिन्ता नेपाली फुटबलकै’

कप्तान कथन दीपक अमात्य, राष्ट्रिय फुटबल टोली (पूर्व कप्तान) अहिले म अमेरिकामा छु । हामी जस्ता मध्यमवर्गीय नेपालीको सपनाको देश । मेरो बाल्यका पनि फुटबल खेल्ने संघर्षमा बित्यो । हुन त हाम्रा समाकालीन प्रायः सबै खेलाडीको संघर्षको कथा व्यथा एउटै जस्तो छ । खेलेर बाँच्न नसक्ने युगका प्रतिनिधि पात्र हौं, हामी । हामीपछिका भाईहरुले फुटबल […]

April 3, 2020

राजुकाजी शाक्य – ‘रगत मै बगेको छ, फुटबल’

कप्तान कथन राजुकाजि शाक्य, पूर्वकप्तान – राष्ट्रिय फुटबल टोली धरानमा जन्मिएँ, ५८ वर्ष अघि । जहिलेदेखि केही बुझ्ने भइयो, सम्झनामा फुटबल खेलेका दिनहरु मात्रै छन् । अरु त सबै झिसमिसे देखिन्छन् । सुन–चाँदी व्यावसायीको छोरो भएपनि रहर फुटबल सिवाय अर्को केही भएन । बाले गहना बनाउन लगाउँदा राम्रो काम गर्न सकेको भए सम्भवतः आज फुटबलरको […]

April 2, 2020

गणेश थापा – ‘फुटबलप्रति कुनै गुनासो छैन’

कप्तान कथन गणेश थापा, पूर्वकप्तान – राष्ट्रिय फुटबल टोली मेरो जन्म २०१६ सालमा भएको हो । केही सिक्ने उमेर पुगेदेखि नै फुटबल खेलियो । खुट्टाले हानेर खेलियो, कहिले झुम्रो कोचेको डल्लोलाई कहिले भकुण्डो जस्तो देखिने रबर वा अन्य वस्तुलाई । हो हामीले सुरुवाती दिनमा खेल्ने फुटबल त्यस्तै थिए । अहिले जस्तो खेल्न मन लाग्यो कि […]

April 1, 2020

बाबुराम पुन – ‘मनबाट देशको माया कहिल्यै टाढा गएन’

कप्तान कथन बाबुराम पुन, पूर्व कप्तान (राष्ट्रिय फुटबल टोली) आफ्ना पुस्ता र अझ केहि कान्छा खेलाडीझै मैले फुटबल खेल्न संघर्ष गर्नुपरेन । मेरो जन्म २००५ सालमा म्याग्दीको सिख गाविसको फलाँटेमा भयो । बुबा भारतीय सेनामा अफिसर हुनुभएकाले मेरो विद्यालय जीवनको अधिकांश समय भारतको देहरादुनमा नै बित्यो । त्यहाँको गोरखा मिलिटरी सेकेन्डरी हाइस्कुलमा पढ्दा मेरो दौंतरी […]

March 31, 2020

अच्युतकृष्ण खरेल- ‘जति खेलियो कप्तानी नै गरियो’

कप्तान कथन अच्युतकृष्ण खरेल, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान जब हामीले सहज रुपमा खेल्ने वातावरणसमेत पाएका थिएनौं, तबदेखि मेरो मनमा खेलप्रतिको लगाव झाङ्गिँदै गएको थियो । ७१ वर्षअघि काभ्रेपलान्चोकको खरेलथोक गाविसमा जन्मिएको म जस्ताले खेल्ने खेल सिमित नै हुन्थे । डन्डिबियो, कपर्दी अनि उफ्रने, हामफाल्ने जस्ता खेल नै हामीलाई खुसी राख्न पर्याप्त थिए । त्यसबेला […]

Success

Thank you for your time.