default_image

6 years ago

April 6, 2020

बालगोपाल महर्जन – ‘खेलाडी जीवनभन्दा प्रशिक्षक बन्न कठिन’

384 views

0 Bookmark

कप्तान कथन

– बालगोपाल महर्जन, पूर्वकप्तान – नेपाली राष्ट्रिय फुटबल टोली

मेरो जन्मघर नै खिचापोखरीमा । सडकमै फुटबल खेल्दा–खेल्दै टुँडिखेल पनि धाउन थालियो । अनि त्यहीं दिनभरी खेल्यो । फुटबल खेल्नै त त्यस बेला कसैका परिवारले पनि अनुमति दिने कुरै थिएन । मेरो परिवार मात्र कहाँ अपवाद हुनसक्थ्यो र ? गाली पनि प्रसस्त खाइयो नै । त्यही पनि खेलिन्थ्यो, रहर मार्न नसकेर ।

धेरै दिदीहरुपछि जन्मिएको एक्लो छोरो म । परिवारमा पुल्पुलिएर हुर्किएकै कारण सबैले बिग्रियो भन्थ्यें । रमाइलोका लागि खेल्दा–खेल्दै खेलाडी नै बनियो । क्लबहरुबाट खेलेपछि पो खेलाडी बनेँ जस्तो लाग्न थाल्यो । त्यो बेला फुटबल प्रतियोगिताहरु खेलाडीको उचाइँका आधारमा आयोजना हुन्थ्ये । खेल्न पाउने खेलाडीको अधिकतम् उचाइँ नै किटान गरिन्थ्यो । यस्ता प्रतियोगिताहरुमा निकै खेलियो ।

पछि ‘ए’ डिभिजनको ब्वाइज स्पोर्टस् क्लबबाट खेल्न पाएँ । त्यो नै मेरो पहिलो क्लब प्रवेश थियो । त्यस बेला हामी सुपर सिक्ससम्म पुगेका थियौँ । यसरी पहिलो प्रयासमा नै खेलाडीका रुपमा राम्रै परिचय बनायौं । खेलाडी अनि प्रशिक्षकका रुपमा त्यस बेलादेखि अहिलेसम्म पछाडि फर्केर हेर्न परेको छैन । केही समय रेफ्री पनि बनियौ नै ।

त्यसपछि अन्नपूर्ण र आरसीटीबाट पनि खेलेँ । ति दुई क्लबबाट कुल ६ वर्ष जति खेलेँ । त्यस समयमा संस्थानहरुका पनि बलिया टोली थिए । शाहीऔषधि लिमिटेड, तत्कालिन शाही नेपाल वायु सेवा निगम, जनकपुर चुरोट कारखानाका टोली अति नै बलिया थिए । त्यस्ता संस्थानबाट पनि खेलेँ । त्यो पनि खेलाडीका लागि बाँच्नका लागि राम्रा आधार बनेका थिए । संस्थानले जस्तो क्लबले खचर्त गर्न सक्दैन थिए । अनि खेलाडी पनि त्यसैतर्फ आकर्षित थिए । क्लबहरुले न्युनतम आवश्यकता मात्र पूरा गरिदिन्थ्ये । जुत्ता फाट्यो भने किन्दिन्थे ।

त्यसपछि मनाङ मर्स्याङ्दी क्लबसँग आबद्ध भएँ । म धेरै पैसा पाउने खेलाडी मध्ये एक थिएँ । २० हजार रुपैयाँ पाएको थिएँ, पहिलो पटक खेल्दा । त्यसअघि हामीहरु खेल्ने आरसीटीको व्यवस्थापन राम्रो नभएकोले राम्रो क्लबमा जाने भनेर उमेश प्रधान, मणि शाहलगायत हामी ७÷८ जना नै मनाङमा गएका थियौँ । त्यहीवर्ष आरसीटी ‘बि’ डिभिजनमा झर्यो । मनाङमा ५ वर्षजति खेल्दा मलाई मुम्बईबाट खेल्ने अफर समेत आयो । सन् १९९७ मा महिन्द्रा एण्ड महिन्द्राले बोलाएको थियो । त्यहाँ एक वर्ष जति खेलेँ ।

राष्ट्रिय टोलीबाट भने पहिलो पटक सन् १९९३ मा पाकिस्तानविरुद्ध खेलेँ । त्यसको पाँच महिना जति पछि छैटौँ दक्षिण एसियाली खेलकुदमा खेलेको हो । त्यो साफमा कान्छा खेलाडीमा म र उपेन्द्रमान सिंह थियौँ । हामी ढाका जानुअघि राम्रो तयारी पनि भएको थिएन । यहाँ तीन हप्ता जति तयारी गरेर गएको हो । धनबहादुर (बस्नेत) सर हुनुहुन्थ्यो, त्यो बेला प्रशिक्षक ।

हामी ढाका पुग्दा अरु क्लबसँग खेलेका अभ्यास खेल समेत हारेका थियौँ । त्यहाँ सबैले जिस्काएका थिए, हामीलाई । बंगलादेशले त नेपाललाई ६ गोल हान्छ भनिरहेका थिए । त्यस्ता होच्याँइका कारण नेपाली रगत ताति पो हाल्यो । बंगलादेशले मलेसियामा अभ्यास गरेर आएको रहेछ । हामीले मनैदेखि खेल्यौँ । राष्ट्रका लागि खेल्यौं । त्यसैले सफलता सम्भव भयो ।

त्यो सफलतापछि हामीलाई २५ हजार रुपैयाँ दिने भनिएको थियो । पछि विशेष आग्रह गरेपछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रति खेलाडी ५० हजार रुपैयाँ दिने निर्णय गरिदिनु भयो । मैले खेल जीवनमा क्लब फुटबलको पहिलो खेलमा हानेको पहिलो गोल निकै याद आउँछ । ब्वाइज स्पोर्टस्बाट आरसीटीविरुद्ध गरेको त्यो गोल उत्कृष्ट लाग्छ, आफैंलाई । त्यस बेला नाम चलेका किपर गोपाल श्रेष्ठले आरसीटीको पोस्ट सम्हाल्थे । उनको बोलाउने नाम भने, ग्वाजा । त्यसबेला लङ रेन्जमा हानेको देब्रे सट उनलाई छक्याउँदै गोल भएको थियो ।

मेरै कप्तानीमा सन् २००३ मा कोरियामा खेल्न जाँदा घटेको घटना फुटबल इतिहासमै कलंक बन्यो । त्यो घटना म कहिल्यै बिर्सन सक्दिन । एसियाली खेलको छनोट चरणको दोस्रो खेलअघि प्लेइङ ११ कै तीन खेलाडी भागिदिए । उनीहरु भागेपछि त निकै अप्ठेरो पर्ने भयो नै । त्यसपछि जहाँ जाँदा पनि प्रहरीले घेरेको हुने । कैदीको जस्तो व्यवहार भयो । त्यहाँको मिडियाले प्रश्न तेर्साएर हैरान । दक्षिण कोरियासँगको खेलअघिको मानसिक तनावका कारण नराम्रोसँग हारियो । नेपाल फर्केपछि पनि खेलाडी भागेको विषयमा जवाफ दिनुपर्ने निकै नराम्रो महसुस भयो, त्यसबेला ।

मैले सन् २००१ देखि ३ वर्ष बंगलादेशी क्लब ब्रदर्स युनियनबाट खेलेँ । राष्ट्रिय टोलीबाट भने सन् २००५ सम्म खेलेँ । सन् २००६ मा एक वर्ष आराम गरेँ । अनि सन् २००७ देखि प्रशिक्षणमा लागेँ । एएफसी प्रोजेक्ट फ्युचर भनेर ‘सी’ लाइसेन्स तालिम लिएँ । त्यसपछि ‘बि’ लाइसेन्स पनि लिएँ । नेपालमै पहिलोपटक ‘ए’ लाइसेन्स लिनेमध्य म पनि हो । सन् २०१६ मा पहिलो पटक ‘ए’ लाइसेन्स लिएका थियौं ।

खेल्दा जति इमान्दार रहेँ । प्रशिक्षकको जिम्मेवारी पनि उस्तै इमान्दारिताका साथ निभाइरहेको छुँ । सन् २०१० देखि १०१६ सम्म एन्फामा प्रशिक्षक भएर बसेँ । विदेशी क्लब सम्हाल्ने मौका पनि पाएँ । भारतमा ‘बि’ डिभिजन लिगको क्लब सम्हाले । बंगलादेशमा पनि ब्रदर्स युनियनलाई प्रशिक्षण दिएँ । खेलाडी र प्रशिक्षक दुवै भूमिकामा निकै सन्तुष्ट छुँ । प्रशिक्षक भएर यु–१६ मा पनि राम्रो गरियो । पछि दक्षिण एसियाली खेलकुदमा पनि स्वर्ण पदक पनि जित्यौँ नै । बंगबन्धु कप जित्यौँ ।

रेफ्रीपनि गरेँ तर, छोटो समयका लागि । प्रशिक्षक र खेलाडी जीवनमा निकै फरकता छ । आफ्नो जिम्मेवारी खेलाडी हुँदा र प्रशिक्षक हुँदा फरक त हुने नै भयो । सबै खेलाडीको अभिभावक बन्न पनि सक्नुपर्छ ।

साभार– फुटबलर्स मिसन टुगेदर्सले प्रकाशित गरेको फुटबलरको समर्पण फुटबलरलाई नामक स्मारिकाबाट गरिएको हो । मिसनसँग हाम्रो खेलकुद डटकमले अनलाइन सहकार्य गरेकाले आउने दिनमा स्मारिकामा रहेका अन्य लेख क्रमश: प्रकाशित हुनेछ ।

समर्पण फुटबलरका अन्य लेखहरु :

गणेश थापा – ‘फुटबलप्रति कुनै गुनासो छैन’

बाबुराम पुन – ‘मनबाट देशको माया कहिल्यै टाढा गएन’

अच्युतकृष्ण खरेल- ‘जति खेलियो कप्तानी नै गरियो’

राजुकाजी शाक्य – ‘रगत मै बगेको छ, फुटबल’

दीपक अमात्य – ‘जहाँ बसे पनि चिन्ता नेपाली फुटबलकै’

उपेन्द्रमान सिंह – ‘फुटबल बाहेक केही जानिन’

November 15, 2025

क्रोएसियाको विश्वकपमा छनोट

एजेन्सी – क्रोएसियाले शुक्रवार फारो आइसल्यान्ड्सलाई ३–१ ले हराउँदै फिफा विश्वकप २०२६ का लागि स्थान पक्का गरेको छ। खेलमा पछि परेको क्रोएसियाले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो। रियेकामा भएको खेलको १६ औं मिनेटमा गेझा डेविड टुरीको गोलमा फारोले अग्रता लियो। तर २३ औं मिनेटमा जोस्को ग्भार्डिओलले गोल गर्दै खेल बराबरीमा ल्याए। ५७ औं […]

November 14, 2025

नव जागृती र कार्केविहार राष्ट्रिय लिगमा छनोट

रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]

November 14, 2025

फुटबल विजेताललाई नगद होइन, बोरा–बोरा अलैँची 

दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]

Success

Thank you for your time.